विराटनगरको सेन्टर मलमा महा उत्सव, ६० प्रतिशतसम्म छुट
बिहिबार, १७ असोज, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित सेन्टर मलले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर महा उत्सव योजना अन्तर्गत छुट योजना लिएर आएको छ । ‘अब जानु पर्देन पारी, जव विराटनगरमै छ छुट भारी’ नारा लिएर सेन्टर मलले ६० प्रतिशतसम्म छुट योजना लिएर आएको हो ।
महा उत्सव योजना अन्र्तगत सेन्ट मलले ल्याएको छुट योजना चाडपर्वभरी चल्ने सेन्टर मलका सिइओ बिसाल न्यौपानेले जानकारी दिए । उनका अनुसार सीमावर्ती बजार जोगवनीमा पाइने दर रेट अनुसार खाद्यान्य सामाग्री सेन्टर बजारमा पाइने उनले बताए । सेन्टर बजारमा चिनी प्रतिकेजी ७० रुपैयाँ रहेको छ । त्यसैगरी पाँच हजार भन्दा बढीको सामान खरिदमा चलचित्रको एउटा टिकट र विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।
त्यसैगरी श्रृंगार र कस्मेटिक सामानहरु पनि विशेष छुट योजना रहेको छ । अहिलेको चर्चित पेटीकिलिकको कस्मेटिक सामाग्रीहरुमा ५० प्रतिशतसम्म छुट रहेको छ । त्यस्तै श्रृंगारमा डेजिनेल आर्टमा २५ प्रतिशत, निलडेविटले ३० प्रतिशत, गोलस्टारको सुजको खरिदमा २० प्रतिशत, ब्लाक हर्स सुजले ५ प्रतिशत र गिफ्ट ह्याम्पर दिने घोषणा गरेको छ । फुट कोट र बालवालिकाहरुको खेल्ने सामाग्रीहरुमा पनि विभिन्न स्किम लिएर आएको छ । ‘अहिले सेन्टर मलले चाडपर्वलाई लक्षित गरेर महा उत्सव योजना लिएर आएको छ । यसमा ग्राहक महानुभवाहरुको लागि छुटै छुटैको योजना रहेको छ,’ उनले भने, ‘सेन्टर बजार भित्र अहिले जोगवनीमा भन्दा सस्तोमा खाद्यान्यको सामाग्रीहरु पाइने गरेको छ । चिनी, चामल, तेललगायतका खाद्यान्यको सामाग्रीहरु जोगवनीमा मुल्यमा विक्री भइरहेको छ ।’ चडपर्वलाई लक्षित गरेर सेन्टर मलले प्रत्येक वर्ष महा उत्सव योजनाहरु लिएर आउने गरेको छ ।
काठमाडौं, २ कात्तिक-नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ । स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले...
विराटनगर, चैत १९ – "मर्यादित सहकारीः समुन्नत समाज" नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न भएको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको...
काठमाडौं, १६ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमामा कोरोना भाइरसको संक्रमण र प्रभावका विषयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप...
काठमाडौं, १ असोज-सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतको बुधबारको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार...
विराटनगर । सुनसरीको गढी गाउँपालिका ६ घर भएका ५० वर्षीया ज्ञानसन ऋषिदेवको घाटी काटेर हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।आज विहान गढी गाउँपालिका २ थलाहामा ऋषिदेवको टाउको काटेर हत्या गरेको अवस्थामा शव भेटिएको...
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जिल्ला भित्र गुडिरहेका सवारी साधनहरूलाई चेकिङ गर्ने क्रममा नम्वर प्लेट स्पष्ट नभएका सवारी साधनहरूलाई अन द स्पोट नम्वर लेखाउने अभियान सुरु गरेको छ । ट्राफिक व्यवस्थापन तथा सवारी...
काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...
विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज भएको खेलमा न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंले सुरुवाती अग्रता कायम गरेको छ । विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट सुरु भएको रात्रीकालिन गोल्डकपको दोस्रो दिन विभागीय...