मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने, उद्घाटनमा आयोजक र युनाइटेड भिड्दै
शनिबार, १२ असोज, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेताचोक टाईगर क्लव ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गते देखि ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा शुरू हुन लागेको हो । आयोजकले मोरङको नेताचोकमा शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गारएको छ । प्रतियोगितामा ४० वर्ष नाघेका भेट्रान खेलाडीहरुले भाग लिन पाउने क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । आयोजक नेता चोक टाईगर क्लव, रंगशाला भेट्रान , विराटनगर युनाइटेड, चर्च इसाई युनाइटेड इटहरी, वराह भेट्रान बराहक्षेत्र, बोराबाध भेट्रान बेलबारी, विराट भेट्रान क्लव विराटनगर चोक र जनता भेट्रान सुनसरी वीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल आयोजक नेताचोक टाईगर क्लव र विराटनगर युनाइटेडवीच हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा पशुपति बोर्डिङ र सहप्रायोजकमा थारू कल्याणकारी सभा मोरङ रहेको छ । प्रतियोगिताका विजेतालाई ३१ हजार, उपविजेतालाई २१ हजार र ट्रफि रहेको छ । फाइनल खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद ७ हजार, बेष्ट प्लेयर र बेष्ट किपरलाई ५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार नगद र ट्रफि प्रदान गरिनेछ । प्रतियोगितामा ५ लाख ५५ हजार खर्चको हुने अनुमान गरिएको क्लवका सचिव अविन गिरीले जानकारी दिए ।
विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने...
विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...
विराटनगर । थारु कल्याणकारीणि सभा मोरङको अध्यक्षमा प्रदिप कुमार विश्वास निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका २ मा रहेको भवनमा बुधबार भएको १० औं जिल्ला अधिवेशनबाट विश्वासले १५४ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्...
पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका प्रवक्ता बिनितमणि उपाध्ययका अनुसार पेट्रोलमा एक रुपैयाँ र डिजेल/मटितेलमा दुई रुपैयाँले मूल्य समायोजन...
विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...
काठमाडौं, १ वैशाख-नयाँ वर्ष २०७७ साल आजबाट सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले घरमै बसेर मनाउँदै छन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको ‘लकडाउन’का...
विराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी विराटनगरले अग्नी नियन्त्रक र चालकलाई सम्मान गरेको छ । विराटनगरमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरुमा अग्नी नियन्त्रक रमेश मेहता, प्रकाश कोइराला र...
विराटनगर, १५ वैशाख । विराटनगरसहित पूर्वी नाकामा आज विहान भूकम्पको धक्का महसुस भएकाृ छ । प्रदेश १ को राजधानी विराटनगरसहित पूर्वी नेपालमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको हो । भारतको आसामलाई केन्द्रविन्दु बनाएर गएको...