मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

 न्यूज विराट
मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट विद्यार्थीलाई शिक्षादीप कलेजकोे सम्मान

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने र निबन्ध प्रतियोगिताको उत्कृष्ट २० जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको हो ।

निवन्द प्रतियोगितामा प्रथम, द्धितीय र तृतीयसहित उत्कृष्ट २० जना र मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । केही समय अगाडी गरेको इन्जियिरङितर्फको कक्षा १२ को पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने आयूष रिजाल, रुषन दाहाल, गौरव भट्टराईलाई पुरस्कृत गरिएको हो । त्यसैगरी कक्षा १२ मा अध्ययरत मेडिकलतर्फ लिएको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने गौरव सिंह, महोमद सादिक अमिन, पुष्पराज तिम्सिना, जयन्ती मण्डल र अमन साहलाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी कक्षा ११ मा मेडिकलको पुर्व अभ्यास परीक्षामा उत्कृष्ट हुने निहारीका ढकाल, सिरिन भट्टराई र इन्जिनियरिङ अन्नत भट्टराइलाई कलेजले नगदसहित सम्मान गरेको छ ।

शिक्षादीप कलेजले कक्षा ११ र १२ मा मेडिकल र इन्जिनियरिङको पुर्व अभ्यास परीक्षा गर्दै आएको छ । यसरी पुर्व अभ्यास परीक्षामा गरेको कारण संघिय राजधानी बाहिर मेडिकल र इन्जिनियरिङ अध्ययनको लागि सबैभन्दा धेरै विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाल्ने कलेजको रुपमा शिक्षादीप अगाडी रहेको छ । यस वर्षको प्रवेश परीक्षामा एमबीबीएसमा शिक्षादीप कलेजका पाँच जना विद्यार्थीहरुले पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएको छ । इन्जिनियरिङ्गमा शिक्षादीपका चार जना विद्यार्थीले टप १०० भित्र नाम निकाल्न सफल भएका छन् । इन्जिनियरङमा संघीय राजधानी बाहिर विराटनगरबाट टप १०० भित्र नाम निकाल्न सफल हुने शिक्षादीप एक मात्र कलेज भएको दाबी गरिएको छ ।


त्यसैगरी कलेजले ओजोन दिवसको अवसर पारेर ‘ओजोन तह विनास र संरक्षणका उपायहरु’ शीर्षकमा निवन्ध प्रतियोगिता आयोजना गरेको थियो । कक्षा ११ र १२ का गरी विज्ञान संकायका १५० जना विद्यार्थीहरु सहभागि भएको उक्त प्रतियोगिताको प्रथम साम्राघी बस्नेत र सिरिन भट्टराई, द्धितीय शकिल अहमद हक र मोनालिसा यादव तथा र तृतीय सदिक्षा राई भएका थिए । उनीहरुसहित उत्कृष्ट २० जनालाई कलेजले सम्मान गरेको थियो । सम्मानित भएका विद्यार्थीहरुलाई कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्का, निर्देशक भुपेन्द्र दाहाल र विज्ञान संकायका संयोजक नवीन रोयले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

२४ घण्टामा देशभर ४१८ जनामा कोरोना पुष्टि

काठमाडौं, १९ साउन-सोमबार देशभर ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि...

मोर्डन एराको भव्य भयो अभिभावक दिवस, दुई दिनसम्म विविद्य कार्यक्रम

विराटनगर । विराटनगर ३ आयल निगम पूर्व रहेको मोर्डन एरा स्कुलमा दुइदिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी २४ औं अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार...

बुद्ध जयन्तीमा पनि सुनसान लुम्बिनी

बुटवल, २५ वैैशाख-कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन जारी छ । लकडाउनका कारण सबै क्षेत्र ठप्प छन् । यसबाट पर्यटकीय क्षेत्र पनि अछुतो छैन । बसन्त ऋतुमा फूलहरु फुलेर ढकमक्क र पालुवा पलाएर...

गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन

विराटनगर, ६ माघ । राष्ट्रिय गायक सुमित खड्काको राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय गीतको एल्बम ‘देशको आवाज’ विमोचन गरिएको हो । न्यू सृष्टि दैनिकको...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

कोरोना संक्रमित १३ जनाले खुला चौरमा रात बिताए

सुर्खेत, १९ जेठ-सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कोरोना संक्रमित खुला चौरमा रात बिताएका छन् । नगरपालिका भित्रका २५ जना संक्रमितमध्ये १३ जनाले खुल्ला चौरमा त्रिपाल टागेर रात बिताएका हुन् । २५ जनामध्ये १२ सल्यानलाई अस्पताल लगिए...

कांग्रेसमा फेरि विवाद, पौडेल पक्षद्वारा बैठक बहिष्कार

काठमाडौं, फागुन २२–महाधिवेशन मिति सार्वजनिक गर्नुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मंसिर २६ देखि पुस ११ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बहिष्कार र्गयो। सभापति शेरबहादुर देउवाले बहुमतबाट महाधिवेशन मितिलगायतका महत्त्वपूर्ण निर्णय गरे। पार्टी सभापति...

पूर्व प्रधानन्यायाधीस सिंहको शोकमा आज सबै अदालत बिदा

काठमाडौं,  १ असोज-सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा आज एक दिन देशभरका अदालतमा बिदा दिने निर्णय गरेको छ ।  सर्वोच्च अदालतको बुधबारको आकस्मिक पूर्ण बैठकले सिंहको निधनप्रति  दुःख व्यक्त गर्दै सर्वोच्च अदालतसहित देशभरका अदालतमा बिहीबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्