एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

 न्यूज विराट
एक लाखले अवलोकन गर्दै सकियो कृषि एक्स्पो , २०८२ मा फेरी भेट्ने बाचा

विराटनगर । एक लाख बढीले अवलोकन गर्दै मोरङको कटहरी गाउँपालिका १ कृषी तथा फलफूल थोक बजारमा लागेको कृषी एक्स्पो सकिएको छ । चार दिने कृषी एक्स्पो आइतबार समापन भएको हो ।

कोशी र मधेश प्रदेका कृषक, कृषि कलेज, विभिन्न स्कूल तथा कलेजका विद्यार्थी लगायत अन्य सर्वसाधारणले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ ।
कृषि ज्ञान केन्द्र, स्थानीय तह तथा उद्योग वाणिज्य संघहरुबाट सिफारिश भई आएका ८०० कृषक, विद्यार्थीलगायतलाई दैनिक निःशुल्क खाना तथा ३०० जनालाई निःशुल्क आवाससमेत व्यवस्था गराएर एक्स्पोमा सहभागी गराएको आयोजकले जनाएको छ । एक्स्पोमा कृषि बजार प्रणाली र मूल्य श्रृंखला, कस्टम हायरिङको परिचय तथा प्रयोग र पशुपंक्षी कृषि विज्ञानका विषयमा प्रस्तुति गरिएको थियो ।
एक्स्पोमा आर्थिक मामिला तथा योजनामन्त्री राम रानामगरसहित विज्ञहरुबीच प्यानल छलफल भएको थियो । छलफलमा भारतीय विज्ञ डा.कञ्चन भौमिक, कृसेन्दु सिन्हा र डा.सुभाषिश बलले कृषिमा एजोला तथा ब्लुग्रीन एल्गीको उत्पादन र प्रयोग एंव जैविक मल तथा विषादी बनाउने र यसको प्रयोगबारे जानकारी गराएका थिए ।
एक्स्पोमा पूर्वाञ्चल विश्वविद्यालय र काठमाण्डौं विश्वविद्यालयले कृषि सम्वन्धी विषयमा काउन्सिलिङ पनि गरेका थिए । एक्स्पोमा नेपाल र भारतका गरी १३० वटा स्टल रहेका थिए । आयोजक नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षमा थप परिमार्जनसहित एक्स्पो आयोजना गर्ने जनाएको छ ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, कृषि तथा सहकारी मन्त्री प्रतापसिं हाङ्गामले किसानहरुलाई आधुनिक कृषियन्त्र, उपकरण र औजारहरुको बारेमा जानकारी दिन, उन्नत मल बिउ तथा खेतीको आधुनिक तरिका बारेमा जानकारीका हिसाबले पनि एक्स्पो महत्वपूर्ण रहेको बताए । प्रदेश सरकारले आगामी दिनमा यस प्रकारको एक्स्पोलाई प्राथमिकतामा राख्ने र किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने मन्त्री हाङ्गामले बताए ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.लेखराज दाहालले मन्त्रालयको नाम अनुसारकै काम कृषि एक्स्पो मार्फत भएको भन्दै खुसी व्यक्त गरे । उनले कृषिलाई औद्योगीकरण नगरेसम्म कृषिको विकास नहुने भन्दै प्रदेश सरकारले कृषिको औद्योगीकरणका लागि सहयोग गर्ने बताए । मन्त्रालय र मन्त्रालयमा रहेको सहज परियोजनाले निरन्तर यसमा काम गरिरहेको र यो एक्स्पोमा पनि सहज मार्फत मन्त्रालयको निरन्तर सहभागिता रहेको बताए ।
एक्स्पो आयोजक नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कृषि एक्स्पो उद्देश्यमा सफल भएको बताए । किसान, व्यवसायी र उद्योगीहरुलाई एकै छातामुनि ल्याएर प्रत्यक्ष अन्तरक्रिया गराउँदा कृषि उत्पादन प्रवद्र्धन गर्न र कृषिमा लगानी गर्दा प्रतिफल लिन सम्भव छ भन्ने स्पष्ट गर्न एक्स्पो सफल भएको बताए । पछिल्लो समय कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर घट्दै गएकोले यस क्षेत्रमा लगानी गरी योगदान बढाउने नीति सरकारले लिनुपर्ने उनले बताए । अहिले पनि कृषि आकर्षक लगानीको क्षेत्र बन्न नसकेको भन्दै सरकारले अझ धेरै पहल बढाउन जरुरी रहेको उनले बताए । पहिलोपटक कृषि एक्स्पो आयोजना गर्दा अनुभवको अभावका कारण कतिपय कमी भएको र अनुभवका आधारमा आगामी दिनमा अझ राम्रो गर्दै जाने अध्यक्ष राउतले बताए । ‘हामीसँग कृषिको मात्र एक्स्पो गर्न धेरै अनुभव थिएन, निकै मिहेनतले र सहयोगी हातहरु र हामीलाई उत्साहित गर्ने सबैको साथबाट अत्यन्त राम्रोसँग कृषि एक्स्पो सफल भएको छ ।’ अध्यक्ष राउतले कृषि एक्स्पो २०८२ का साथमा फेरि भेट हुने बाचा पनि गरेका छन् ।
कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कृषि एक्स्पो भव्य र सभ्य ढंगबाट सफल भएको बताए । ‘यो एक्स्पो निकै ठूलो आँटले आयोजना गर्नुभयो, सजिलो थिएन तर पनि यति धेरै राम्रोसँग र प्रभावकारी ढंगबाट एफएनसिसिआई कोशी प्रदेशले सम्पन्न गरेकोमा बधाइ भन्न चाहन्छु ।’
भारतबाट उत्पादन प्रदर्शनका लागि आएका कृषि उत्पादक तथा उद्योगी सन्तोष नायकले कृषिमा प्रयोग हुने स–साना औजारहरुको प्रदर्शन गर्ने कार्यक्रमबाट आफू प्रभावित भएको बताए । उनले च्याउ उत्पादन गर्दा बिहारको पूर्णियामा बजार नपाएपछि नेपालमा निर्यात गरेर आफ्नो व्यापार चलाएको स्मरण गर्दै यस प्रकारको एक्स्पोले किसानको उत्पादनले बजार पाउन तथा नयाँ सिप र प्रविधि अवलम्बन गर्न सहयोग पुग्ने विस्वास व्यक्त गरे । उनले कृषि उत्पादन निर्यात गर्न तथा औजार उपकरण आयात निर्यातमा कागजी प्रक्रियालाई छोट्याएर सहज बनाउन सुझाव दिए ।
नेपाली कृषि व्यवसायी तथा पूर्वसांसद चुमनारायण तवदारले सरकारले सिंचाइ, कृषिमा प्रयोग हुने बिजुली तथा अन्य सुविधामा थप सहजीकरण गर्नुपर्ने बताए । कृषिमा प्रयोग हुने बिजुली प्रतियुनिट ३ रुपैयाँ पर्ने भनिएपनि साँझ ५ बजेपछि ५ रुपैयाँ लाग्ने र बिल तिर्न जाँदा थप ३ रुपैयाँ लिने गरेको गुनासो गरे ।
कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीलगायतले एक्स्पो र एक्स्पोका कारण कृषि थोक बजारलाई आगामी दिनमा फरक तरिकाले प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ भन्ने आधार बनाइदिएको बताए ।

सम्बन्धित समाचार

आजको मौसम : केही स्थानमा वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) मुलुकका केही स्थानमा वर्षा हुनसक्ने जनाएको छ । महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ...

कोरोना भाइरसबाट जोगिन ट्रम्पले खान थाले मलेरियाको औषधि

एजेन्सी, जेठ ६-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै कोरोना भाइरसबाट जोगिनका लागि भन्दै हाइड्रोक्लोरोक्विन औषधि सेवन गर्न थालेका छन् । हालसम्म वैज्ञानिकहरुले यो औषधि कोरोना भाइरसका लागि प्रभावकारी नहुने र गम्भीर साइड इफेक्ट हुनसक्ने बताइरहेका बेला...

विराटनगर ‘लक डाउन’ हुने भएपछी गुद्री बजारमा तरकारी किन्नेको भीड

विराटनगर, चैत १०–विराटनगर महानगरपालिकाले भोलिदेखि लकडाउनको घोषणा गरेपछि गुद्री बजारमा तरकारी किन्नेको भीड लागेको छ । कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले भोलिदेखि अनिश्चितकालका लागि लकडाउनको घोषणा गरेको छ । साँझपख मात्रै गुद्रीमा तरकारी किन्नेको...

राष्ट्रसेवक सहकारीको कुल आम्दानी ४ करोड ८१ लाख

विराटनगर । विराटनगर–९ मा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले एक वर्षमा ४ करोड ८१ लाख ५ हजार ९ रुपैयाँको कुल आम्दानी गरेको छ । विराटनगरमा सोमबार भएको २५ औं वार्षिक साधारणसभाको प्रतिवेदनमा आर्थिक...

मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिंदैन : आङ्बो

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिन नसकिने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्दै आङ्बोले संघीय सरकारको गठबन्धनमा...

आजदेखि मुलुकभर ‘स्मार्ट लकडाउन’ कार्यविधि लागू

काठमाडौं, १ भदौ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सर्कुलरको आधारमा आजेखि मुलुकभर स्मार्ट लकडाउनको कार्यविधि लागू भएको छ । यही कार्यविधिको आधारमा जिल्ला प्रशासन कार्यालयहरुले स्थानीय निकायहरुमा स्मार्ट लकडाउनको आदेश लागू गर्न सक्नेछन् ।...

माधव नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं, १० पुस-चिनियाँ राजदूत होउ यान्छीले नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी छिन् । कोटेश्वस्थित निवास पुगेर राजदूत यान्छीले भेट गरेको नेता विष्णु रिजालले बताए । भेटमा नेकपा विभाजनपछिको घटनाक्रमका...

२४ जना जम्मा भयौं, बैठक कसैले रोकेर रोकिदैन : झलनाथ खनाल

काठमाडौं, १३ साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आज बोलाईएको स्थायी कमिटी बैठक जसरी पनि सञ्चालन हुने दाबी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सल्लाह बिना नै अचानक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्