नाबुन विराटनगरको सामाजिक काम : बहिरा बालवालिकासँग मनाए बाल दिवस
आइतबार, ३० भदौ, २०८१,
न्यूज विराट
विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) महानगर कमिटि विराटनगरले सामाजिक काम गरेर ६० औं राष्ट्रिय बाल दिवस मनाएको छ । विराटनगर – ५ कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयका शनिबार नावुनले ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ सामाजिक काम गरेर बाल दिवस मनाएको हो ।
विराट बहिरा माविमा अध्ययरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री, बालवालिकाहरुकोे हेयर कटिङ, नेल कटिङ, खाद्य सामाग्री वितरण र सचेतना मुलक कार्यक्रम आयोजना गरि ६० औं राष्ट्रिय बाल दिवस मनाएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनगरकी अध्यक्ष भली सुब्बाले जानकारी दिइन् । अध्यक्ष सुब्बाले सामाजिक काम गर्दै विराट बहिरा माविका बालवालिकाहरुसँग बाल दिवस मनाएको बताइन् । कार्यक्रममा बोल्दै उनले सिप सिक्ने इच्छुक विद्यार्थीहरुलाई राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगर कमिटि विराटनरले ब्यूटिसियन सम्बन्धी तालिम निःशुल्क दिने बताइन् । ‘सिप सिक्ने चाहने भए हामी निः शुल्क सिकाइदिनेछौं । सिपलाई आत्मसाथ गरेर अगाडी बढाउनु पर्दछ । लगनसिल भएर आफ्नो पेशाप्रति जिम्मेवार भएर लागे सफलता प्राप्त मिल्नेछ,’ उनले भनिन् । अहिले आवश्यकता पनि सिप र संस्कारसहितको शिक्षा भएको जानकारी गराउँदै अध्यक्ष सुब्बाले बालबालिकाहरु भविष्यको कर्णधार भएको बताइन् । शिक्षालाई प्राथामिता दिएर अगाडी बढाउन सके सफलता प्राप्त हुने अध्यक्ष सुब्बाको भनाई छ ।
नाबुन विराटनगरको महासचिब बसन्ती गुरूङले संचालन गरेको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय उपमहासचिब ममता प्रधान रहेकी थिइन् । त्यसैगरी कार्यक्रममा जफन्ट महिला कमिटिकी सचिब सायदा तवसुम, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, प्रदेश कोषाध्यक्ष अमिता पोखरेल, सदस्य चन्द्रा घिमिरे, गंगा तामाङ्गलगायतका ब्यूटिसियनहरुको कार्यक्रममा उपस्थिती रहेको थियो । नावुन विराटनगरले यसपनि विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
काठमाडौं, १८ कात्तिक-राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उड्डयन सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन आधुनिक प्रविधियुक्त नयाँ सफ्वेयर लागू गरेको छ । निगमले यसअघि सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयर परिवर्तन गरी...
डडेल्धुरा, १३ असार-बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन् । मृतक दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरूलाई...
विराटनगर । प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । विराटनगरमा बुधबार भएको तेस्रो महानगर अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएका श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन...
विराटनगर, ४ बैशाख-उद्योग सङ्गठन मोरङले लकडाउनको अवधिमा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति तथा बिक्रीवितरणमा कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यधिक मूल्य लिई कालो बजारी नगर्न आग्रह गरेको छ । मानव जातिको अस्तित्व नै सङ्कटमा परिरहेको...
काठमाडौं, १३ साउन-प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अवैध रूपमा भित्र्याइएको १५ किलो सुन बरामद गरेको हो । स्रोतका अनुसार बरामद सुन परीक्षणका लागि पठाइएको छ...
कैलाली, १४ जेठ-कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी...
काठमाडाैं, ३२ जेठ-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमिबाट भारतीय सुरक्षाकर्मी हटाउने प्रक्रिया थाल्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी अध्यक्ष पशुपति शमशेर राणाको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले भूमि फिर्ताका लागि बाँकी...
विराटनगर । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले आइतबार अदालतबाट अनुमति लिएर विराटनगर – २ स्थित आफ्नै निवासबाट पक्राउ गरी विराटनगर विमानस्थलबाट जहाजमार्फत्...