बाबुले गराइदिए छोराको चौरासी पूजा
परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...
विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्र कुमार योन्जन तामाङ्गको पुनर्बहाली भएका छन् ।
उच्च अदालत विराटनगरले तामाङलाई भदौ २० गते खेलकुद विकास समिति मोरङको अध्यक्षमा पुनर्बहाली गर्ने आदेश दिएको हो ।
प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव हशंराज वाग्ले भएको बेला २०८० चैत २३ गते तामाङलाई खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ति गरेको थियो । उच्च अदालतले सदस्य सचिवमा एमालेका नेता पर्शुराम बस्नेतलाई पुनर्बहाली गरेको चार महिनापछि भदौ ६ गते तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षबाट निलम्बन गरेका थिए । त्यसपछि तामाङ उच्च अदालतमा प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका थिए । भदौ २० गते उच्च अदालतका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई जिल्ला खेलकुद विकास समितिको अध्यक्षमो पुनर्बहाली गर्ने आदेश दिएको हो । ‘कोशी प्रदेशको प्रदेश खेलकुद ऐन, २०७६ मा निलम्बन गर्ने सम्बन्धमा स्पष्ट कानूनी व्यवस्था रहेको नदेखिएको स्थितिमा खेलकुद विकास समितिको अध्यक्ष पदमा निवेदकलाई नियुक्त गर्ने कार्य कानून सम्मत भए नभएको सम्बन्धमा साधिकार निकायबाट छानबिन भई निर्णय भईसकेको अवस्था नदेखिएको अवस्था समेतलाई विचार गर्दा यस अदालतबाट मिति २०८१÷५÷१२ मा जारी भएको अल्पकालिन अन्तरिम आदेशलाई प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागेसम्मको अवधिको लागि निरन्तरता प्रदान गरिएको छ । यो आदेशको जानकारी विपक्षीहरुलाई गराउनू,’ उच्च अदालतको आदेशमा उल्लेख छ ।
अध्यक्ष तामाङलाई कुनै स्पटिष्टकरण नसोधी राजनीतिक प्रतिसोधका आधारमा बस्नेतले निलम्वन गरेर पार्टीका कार्यकर्ता भर्ति गराउन खोजेको बताइएको छ । लामो समयदेखि कराँतेमा सक्रिय रहेका तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन रहेका थिए ।
खेलकुद विकास समितिको अध्यक्षमा पुनर्बहाली भएका तामाङले न्यायालयप्रति विश्वास बढेको बताए । ‘कुनैबेला राजनीतिक प्रतिशोधका आधारमा मलाई निलम्बन गरिएको थियो । तर, लोकतन्त्रमा न्याय मरेको छैन भन्ने उदाहरण अदालतले दिएको छ । कानुनी राज्यमा अदालतप्रति विश्वास बढेको छ । अदालतबाट न्याय हुन्छ भन्ने थियो, त्यसैअनुरुप आदेश आएको छ,’ उनले भने । तामाङले शुक्रबार जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पुगेर पद बहाली पनि गरेका छन् ।
परासी, १४ कात्तिक-यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न...
एजेन्सी, जेठ १-कोरोना भाइरसले सबैभन्दा बढी प्रभावित संयुक्त राज्य अमेरिकामा निको हुनेको संख्या ३ लाख १० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १४ हजार बढी व्यक्ति कोरोना जितेर घर फर्किएका छन् । अहिले...
काठमाडौँ — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न...
काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । जबराविरुद्ध आज संसद सचिवालयमा महाअभियोग माथि ९८ जना सांसदद्धारा हस्ताक्षतिर प्रस्तावदर्ता गरिएको हो । मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध...
काठमान्डौ २५ पुस-अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे कांग्रेस चुनावमा जाने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । संसद विघटनको विरोधमा काठमाडौं ५ मा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका छन् ।...
काठमाडौं, ८ जेठ-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग गरी ९१ हजार ५ सय ४ मेट्रिक टन चामल मौज्दात छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कम्पनीसँग १६ हजार...
विराटनगर, २२ पुस । प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना रहेका छन् । सक्रिय सक्रमित मध्ये ३९१ जना होमआईसोलेसनमा, नोवेल मेडिकल कलेजमा ७, विराट मेडिकल कलेजमा ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र...
विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् । सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.