विराटनगरको एभरेष्ट स्कुलमा डान्स प्रतियोगिता

 न्यूज विराट
विराटनगरको एभरेष्ट स्कुलमा डान्स प्रतियोगिता

विराटनगर । तिजको अवसरमा विराटनगर– ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले डान्स प्रतियोगिताको आयोजना गरेको थियो ।

स्कुलमा अध्ययनरत नर्सरीदेखि कक्षा १ सम्मका विद्यार्थीले प्रतियोगितामा भाग लिएको मन्टेश्वरी इन्चार्ज मेलिना ओलीले जानकारी दिइन् । प्रतियोगितामा नर्सरीदेखि कक्षा १ सम्मका १ सय ६ जना विद्यार्थी सहभागि रहेको आलीले बताइन् ।

सवै कक्षागत अनुसार विजयी भएका थिए । नर्सरीको छात्रतर्फ सुभयान्स गौतम प्रथम भए भने छात्रातर्फ आराध्या कटवाल भइन् । दोस्रो छात्रतर्फ मयंक सिंह तथा तेस्रो इभान निरौला र आजाद अन्सरी भए । त्यस्तै छात्रातर्फ दोस्रो फतिमा तबरेज र तेस्रो आन्सी आचार्य भइन् ।

एलकेजीतर्फ छात्रतर्फ यूभानजंग कार्की प्रथम भए भने छात्रातर्फ यान्छेन तामाङ भइन् । दोस्रो छात्रतर्फ प्रियान्स सुवेदी तथा तेस्रो आयन भण्डारी भए । त्यस्तै छात्रातर्फ दोस्रो क्रिस्टिना थापा मगर र तेस्रो इमा राई भइन् ।
त्यसै गरि यूकेजी छात्रतर्फ दिप श्रेष्ठ प्रथम भए भने छात्रातर्फ काब्या वाग्ले भइन् । दोस्रो छात्रतर्फ दिभ्यान्स मानन्धर तथा तेस्रो प्रसिद्ध भट्टराई भए । त्यस्तै छात्रातर्फ दोस्रो अभ्नी चौैधरी तथा तेस्रो सहाना थापा र आरोशी यादव भइन् ।

त्येसैगरि कक्षा १ छात्रतर्फ क्रितेश कार्की नेउपाने प्रथम भए भने छात्रातर्फ नोसिका श्रेष्ठ भइन् । दोस्रो छात्रतर्फ आयुपजंग राउत तथा तेस्रो आयुस शर्मा पाण्डे भए । त्यस्तै छात्रातर्फ दोस्रो शालिन उप्रेती र तेस्रो अनाहिता साह भइन् ।

विजेता हुने विद्यार्थीलाई पछी स्कुलमा भब्य कार्यक्रमको आयोजना गरेर पुरस्कार तथा सम्मान गर्ने स्कुलले जनाएको छ ।

सम्बन्धित समाचार

पहिचान पक्षधरलाई बार्तामा आउन प्रदेश सरकारको आग्रह

विराटनगर । कोशी प्रदेश खारेजीको माग राख्दै आन्दनोलनमा उत्रिएका पहिचान पक्षधरहरुलाई बार्तामा आउन कोशी प्रदेश सरकारले आग्रहा गरेको छ । कोशी प्रदेश सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौलाले मंगलबार प्रेस विज्ञाप्ती जारी गर्दै कोशी प्रदेश सरकारले आन्दोलनरत...

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

विराटनगर । आइतबार बिहान सात बजेबाट सुरु हुने मतदानका लागि मतदाताहरू बिहानै मतदानस्थल आउन थालेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन...

एसइइ कप : मोरङ र सुनसरीका पाँच स्कुल विजय

विराटनगर । विराटनगरमा जारी एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा पाँच वटा स्कुल विजय भएका छन् ।विराटनगरको सहिद मैदानमा शनिबार भएको खेलमा वीरेन्द्र मावि, दिल्ली पब्लिक, सुनसरी किस्टल, जनता मावि र आर्दश...

विनायक स्काउट ट्रुपको दीक्षान्त

विराटनगर / विराटनगर १२ मा रहेको विनायक वोर्डिङ स्कुलले नेपाल स्काउट विनायक स्काउट ट्रुपको दीक्षान्त गरेको छ । शनिबार स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि स्काउट ट्रुपको दीक्षान्त गरिएको हो । उक्त कार्यक्रममा ३४ जना...

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा १० लाखको दाबी भुक्तानी

विराटनगर । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनिको विराटनर शाखामा बिमा गरेका कटहरी गाउपालिका ४ का नरेश कुमार कामतका आमा जिन्दा देबि कामतलाई १० लाख ४६ हजार रुपैया दाबी...

मोरङ र झापाबाट लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ

बिराटनगर, ५ माघ । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आईतवार साँझ पौने ६ बजे दमक...

विराटनगरमा छुरा प्रहार गरी हत्या आरोपमा १ जना पक्राउ

विराटनगर । विराटनगरमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर(४ का २४ वर्षीय गणेश भन्ने रमेश यादव छन् । उनलाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह...

प्याब्सन मोरङको साधरण सभा सम्पन्न, शिक्षक र विद्यार्थीलाई सम्मान

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको १६ औं वार्षिक साधरण सभाको अवसर पारेर शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विराटनगरमा शनिबार भएको वार्षिक साधरणसभामा उत्कृष्ट नतिजा ल्याउने ६ जना विद्यार्थी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्