कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने

 न्यूज विराट
कोशी अस्पताललाई १ करोड बढीको स्वास्थ्य उपकरण हस्तान्तरण, अब आँखाको अल्ट्रासाउन्ड र जलबिन्दुको नशा जाँच हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पताललाई एक करोड ६ लाख बढीको अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण सहयोगमा आएपछि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँचलगायतका सेवाहरु सुचारू भएको छ ।
तीन महिना अगाडीदेखि मोतियाबिन्दु लागेका विरामीको फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दै कोशी अस्पतालमा अब आँखाको अल्ट्रासाउन्ड, पेसर नाप्ने, जलबिन्दुको नशा जाँच सुरु भएको हो ।
ओपीडि र ओटी कक्षहरुमा नेत्ररोग चिकित्सा उपकरण जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जीजीपी) को अनुदान सहयोग आएपछि कोशीबाट रेफर गरिनुपर्ने विरामीको संख्यामा कमी आउने कोशी अस्पतालको आँखा रोग विभागकी प्रमुख नेत्ररोग विशेषज्ञ डा.आस्मा केसीले बताइन् । कोशी अस्पतालमा फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया भएपनि आँखाको अल्ट्रासाउन्ड र जलबिन्दु भएका विरामीहरुको आँखाका नशा जाँच हुने गरेको थिएन ।
जीजीपिले अस्पताललाई ओपीडिमा प्रयोग हुने आँखाको प्रेसर नाप्ने उपकरण, आँखाको अटामेटिक रुपमा चस्मा जाँच गर्ने, आँखाको भिडियो एक्सरे गर्ने उपकरणहरु आएको हो । ‘मोतिया बिन्दु भएका विरामीको आँखा भित्र लेन्स हाल्ने गरिन्छ । आँखामा नाप लिन भिडियो एक्सरे गरिन्छ । आँखामा चोट भएको पनि हेर्न अल्ट्रासाउन्ड गरेर थाहा पाइन्छ । जलबिन्दु लागेका विरामीको आँखा जाँच पनि गरिन्छ । जसलाई मेडिकल भाषमा ‘पेरिम्याट्रि’ भन्ने गरिन्छ । पेरिम्याट्रिले जलबिन्धु भएको छ भने जाँच गर्न मिल्छ । आँखाको दृष्टी जाँच गर्ने उपकरणहरु आएको हो,’ डा. केसीले भनिन्, ‘आँखाको आधुनिक उपकरणहरु आएपछि उपचारमा सहज भएको छ ।’


कोशी अस्पताललाई जापान सरकारले शुक्रबार अत्याधुनिक नेत्ररोग चिकित्सा उपकरण हस्तान्तरण गरेको हो । नेपालस्थित जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन तामुरा ताकाहिरोको उपस्थितिमा सामान हस्तान्तरण गरिएको छ । कार्यक्रममा बोल्दै टमुराले परियोजनामा संलग्न सबैको प्रयासको लागि बधाई तथा प्रशंसा व्यक्त गरे । उनले यस परियोजनाले दृष्टिविहीन बिरामीको दैनिक जीवनमा आउने बाधा तथा मनोवैज्ञानिक चिन्ता तथा परिवारमा पर्ने आर्थिक बोझ कम गर्न सहयोग पुग्ने बताए । उनले अत्याधुनिक चिकित्सा उपकरण प्रयोग गरी आँखा रोगको समस्या समाधान गर्न अस्पतालले आफ्नो क्षमतामा उल्लेख्य सुधार गर्ने विश्वास पनि व्यक्त गरे । स्वास्थ्य उपकरण बुझदै कोशी अस्पतालका मेसु डा. रविराज सिंहले नेत्ररोग उपचारको लागि स्वास्थ्य उपकरणले विरामीको स्वास्थ्य जाँचमा ठूलो सहयोग पुग्ने बताए ।

कोशी अस्पतालमा मोतिया बिन्दुको फेको प्रविधिबाट शल्यक्रिया हुने गरेको छ । त्यसैगरी हातबाट गरिने शल्यक्रिया, आँखामा मासु पलाएको पनि शल्यक्रिया हुने गरेको छ ।
कोशीमा आँखा विभागमा ४० जनासम्म विरामी ओपीडिमा आउने गरेका छन् । हप्ताको तीन दिन सोमबार, मंगलबार र बिहीबार आँखाको अप्रेसन हुने गरेको छ । दैनिक ३ देखि ४ वटा अप्रेसन हुने गरेको छ । आँखा विभागमा डा. केसीसहित, नेत्ररोग विशेषज्ञ डा. निश्चल घिमिरे, डा. प्रविण कुमार यादब, सुष्मा सुब्बा, डा. प्राचि दुलाल र संजिवनी केसी रहेका छन् ।

सम्बन्धित समाचार

नेपाल एयरलाइन्सका विदेशी र करार पाइलटको तलबमा भारी कटौती

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) मा काम गर्ने पाइलटकोहरूको तलब फेरि कटौती गरिएको छ । निगम स्रोतका अनुसार गत आइतबार बसेको निगम सञ्चालक समितिको बैठकले तलव कटौती गर्ने निर्णय गरेको हो ।...

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

२४ घन्टामा २४६ संक्रमित थपिए, १११ जना डिस्चार्ज

काठमाडौं, १८ साउन-पछिल्लो २४ घन्टामा नेपालमा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४ घन्टामा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका...

विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए, ३० जना डिस्चार्ज

विराटनगर, ४ असोज–प्रदेश एक मा पछिल्लो २४ घण्टामा ७९ जना कोरोना संक्रमित थपिएका छन् । मोरमा ५७, सुनसरीमा ११, झापामा चार, पाँचथरमा एक र प्रदेश एक बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...

प्रदेश १ मा आज ९ सयको परिक्षण गर्दा २१९ जनामा कोरोना पुष्टि, ६०० जना डिस्चार्ज

विराटनगर, २३ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ३, सुनसरीमा ४८, झापामा ३३, तेहथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई, पाँचथर, भोजपुर...

बेलायतबाट आएका ३ जनामा कोरोना र्‍यापिड टेष्ट पाेजेटिभ, पाटन अस्पतालको आइसोलेनसमा उपचार हुँदै

काठमाडौं, १-बैशाख-काठमाडाैंकाे पेप्सिकोलास्थित एनसीटी अपार्टमेन्टमा रहेका ३ जनामा कोरोना भाइसर (कोभिड–१९) आशंका गरिएको छ । अपार्टमेन्टको १५ तल्लामा बस्दै अाएका जनामाथि कोरोनाको आशंका गरिएको र उनीहरुको थप टेस्टको लागि टेक अस्पताल पठाएकाे प्रहरीले जनाएकाे छ...

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक...

चोरी, तस्करी रोक्न मोरङ प्रहरी सक्रिय, हप्तादिनमा २८ लाखको सामान बरामद

विराटनगर । खुल्ला सीमाको फाइदा उठाउँदै भारतबाट हुने चोरी तस्करी रोकथाम र नियन्त्रण गर्दै अवैध सामान समात्न मोरङ प्रहरी सक्रिय रूपमा लागि परेको छ ।प्रहरीले पछिल्लो एक साता भित्र अवैध रूपमा चोरी तस्करी भएर आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्