विराटनगरमा सिटी चालकको प्रर्दशन

 न्यूज विराट
विराटनगरमा सिटी चालकको प्रर्दशन

विराटनगर । विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी निषेध गरेपछि सिटी सफारी चालकहरुले आन्दोलन सुरु गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिहीबारदेखि विराटनगरको मुख्य राजमार्गमा सिटी सफारी चलाउन निषेध गरेपछि उनीहरुले शुक्रबारदेखि आन्दोलन सुरु गरेका हुन् ।
उनीहरुले विराटनगरको बगरगाछी चोकमा भेला भएर केही बेर सडक अवरुद्ध गरेर विराटनगर महानगरपालिका घेराउ पनि गरेका छन् ।
कोशी राजमार्ग अन्तर्गत बरगाछी सडकखण्ड सिटी सफारी राखेर सडक अवरुद्ध गर्दै प्रदर्शनमा उत्रिएपछि केही बेर सडक आवगमन ठप्प भएको थियो । यसअघि सफारी चालकहरुले विराटनगर महानगरपालिका कार्यालय अगाडि समेत प्रदर्शन गरेका थिए ।
उनीहरुले मुख्य राजमार्गमा सिटीसफारी गुड्न पाउनुपर्ने माग राखेका छन् । सडकमा गुड्न प्रतिबन्ध लगाउनुभन्दा पनि व्यवस्थित बनाउनेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन् । सिटी सफारीलाई व्यवस्थित र सवारी आवागमनलाई चुस्त दुरुस्त राख्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र महानगरपालिकासँगको सहकार्यमा नयाँ नियम लागू गर्दै अब यो नियम अगाडि बढाउन लागेको छ । त्यसको विरोधमा सफारी चालक आन्दोलित भएका हुन् । विराटनगरमा अहिले ८ हजार भन्दा बढी सिटी सफारी चल्दै आएका छन् । तर विराटनगर महानगरपालिकामा भने करिब दुई हजार सिटी सफारी दर्ता भएको उल्लेख गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार भदौ १३ गतेदेखि विशेष योजनासहित सिटी सफारीमा नयाँ नियम लागू गरेको छ । कोशी राजमार्ग अन्तर्गत गुड्ने सिटी सफारी बिहीबारबाट पूर्ण रुपमा निषेध गरिएको न्यौपानेले जानकारी दिए । यसका लागि यस अघि नै विराटनगर महानगरपालिकाले माईकिङ्ग समेत गरिसकेको जनाइएको छ ।
सफारी संख्या दिनहुँ बढीरहेको र ट्राफिक व्यवस्थापनमा थप चुनौती थपिरहेकाले व्यवस्थित बनाउन यस्तो नियम लागू गरिएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ । सिटी सफारीको लागि अब राजमार्ग वारिपारी गर्न केही निश्चित स्थान तोकिन्छ ।
‘यसलाई प्रभावकारी कार्यान्वयन तर्फ हामी लाग्ने छौँ,’ ट्राफिक प्रमुख न्यौपाने भने । यसका साथै नयाँ नियम लागू भएपछि भने दर्ता नभएका सफारीलाई होल्डिङ सेन्टरमा राख्ने गरी तयारी महानगरपालिकाले गरेको छ ।

सम्बन्धित समाचार

अमेरिकामा बाइडेन जितनजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

एजेन्सी, २० कात्तिक-अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउँदै उनले निलो पर्खाल बनाएका छन् भने राष्ट्रपति भवन ह्वाइट हाउस प्रवेशको सुनिश्चितता बढाउँदै...

झापामा दुर्घटनाबाट अटो चालक सहित दुईको मृत्यु

विराटनगर, ५ माघ । झापा दमक(४ ताराबारी स्थित राजमार्गमा एम्बुलेन्स र अटो एक आपसमा ठक्कर खाई दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । आज विहान ०९ बजे मे १ च १२४६ नम्बरको एम्बुलेन्स र...

मौरीपालन व्यवसाय : दामसंगै नाम

तनहुँ, २८ असोज-व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत...

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

एजेन्सी, ३ मंसिर-सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजील र अर्जेन्टिना विजयी भएका छन् । बुधबार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २–० गोल अन्तरले पराजित गरेको हो। उरुग्वेको मैदानमा ब्राजिललाई जीत...

कोशीको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, भोली १ बजे शपथ लिने

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्कीले पद तथा गोपनियताको शपथ भने आइतबार दिउँसो १ बजे लिने छन्...

निजी विद्यालयमाथि विभेद भयो : नेसनल प्याब्सन

काठमाडौं, १६ जेठ-राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले सरकारले निजी विद्यालयलाई विभेद गरेको बताएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा निजी विद्यालयलाई उपेक्षा गरेकाे नेसनल प्याब्सनको ठहर छ ।...

टि–२० क्रिकेट प्रतियोगिता : मोरङलाई ६ रनले हराउँदै इलामको रोमाञ्चक जित

विराटनगर । विराटनगरमा सुरु भएको प्रदेश स्तरीय टि– २० क्रिकेट प्रतियोगितामा मोरङ जिल्लालाई हराउँदै इलामले रोमाञ्चक जित निकालेको छ ।विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा मोरङलाई ६ रनले स्तब्ध बनाउदै इलामले रोमाञ्चक जित...

त्रिभुवन विमानस्थलमा एकै दिन २० उडान

काठमाडौं, ९ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्