लत्ताकपडाको तस्करी गर्ने दुर्गा घिमिरे पक्राउ, तस्करले फसाएको भन्दै न्यायको लागि चालक राईको याचना

 न्यूज विराट
लत्ताकपडाको तस्करी गर्ने दुर्गा घिमिरे पक्राउ, तस्करले फसाएको भन्दै न्यायको लागि चालक राईको याचना

विराटनगर । भारतबाट तस्करीको क्यारिङ गर्ने एक जना महिला पक्राउ परेकी छिन् । मोरङको सुन्दरहरैचा नगरपालिका – ८ घर भएकी दुर्गा घिमिरे पक्राउ परेकी हुन् । उनी चोरी पैठारी मुद्दामा फरार रहेकी थिइन् ।

उनीबिरुद्ध ७ माघ २०८० मा विराटनगर भन्सार कार्यालयले पक्राउ पूर्जी जारी गरेको थियो । लामो समयसम्म पनि उनी पक्राउ नपरेपछि पीडित भएका सवारी चालक विराटनगर ७ का ४२ वर्षीय जय कुमार राईसहित उनका आफन्तले सोमबार सुन्दरहरैचा ८ स्थित घरबाट नियन्त्रणमा लिएर इलका प्रहरी कार्यालय बेलबारीमा जिम्मा लगाएको छ ।

९ कार्तिक २०८० मा भारतबाट तस्करीको सामान क्यारिङ गर्ने घिमिरेले दुई जना व्यक्ति परिचालन गरेर लगत बिलबिजक र गलत सामान देखाएर राईको प्रदेश १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपमा अवैध सामान लोड गरेका थिए । बिलबिजक पनि भएको र गुडियाको सामान भएको भनेपछि आफुले पनि नहेरि सुन्दरहैचना लैजाने सामान लोड गरिएको उनले बताए । गुद्रीबाट लोड गरेको सामान विराटनरको कन्चनबारी पुर्याएपछि सशस्त्र प्रहरीले नियन्त्रणमा लियो । त्यसपछि भन्सार लछी गरी ल्याएको सामान भएको भन्दै प्रहरीले भनेपछि मात्रै आफुले थाहाँ पाएको उनले सुनाए । बरामद गरेको सामान ७ लाख ५० हजार मुल्य बरावरको आठ सय ३४ थान कुर्तासलवार पिकअप गाडीबाट बरामद भएको थियो । सामान बरामद भएपछि लोड गर्ने दुई जना व्यक्ति फरार भए । सशस्त्र प्रहरीले पिकअप गाडीसहित राईलाई विराटनगर भन्सार कार्यालयमा बुझायो । नियन्त्रणमा परेको चारदिन पछि राईका परिवकारले ऋण खोजेर १३ कार्तिक २०८० मा ८ लाख ५० हजार ६ सय रुपैयाँ धरौटि बुझाएर रिहा भए । उनको गाडी अहिले पनि भन्सार कार्यालयै रहेको छ ।

भन्सारले कार्यालये पनि कपडा धनी क्यारिङ गर्नेलाई घिमिरेलाई नियन्त्रणमा लिएर उपस्थित गराए चालक राईलाई हेरिदिने भएपछि उनीहरु पक्राउ गर्न लागी परेका थिए । राई धरौटिमा रिहा भएको १० महिनापछि क्यारिङ गर्ने घिमिरेलाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएको छ । प्रहरीले घिमिरेलाई बुधबार विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।

चालक जय कुमारद्धारा न्यायको अपिल
क्यारिङ गर्ने महिलालाई पक्राउ गरि प्रहरीलाई जिम्मा लगाएपछि जय कुमार राईसहित उनका परिवारले न्यायोचित न्यायको लागि माग गरेका छन् । विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी उनीहरुले धरौटि रकम पाउनुपर्ने र भन्सारमा रहेको गरिखाने पिकअप भेन फिर्ता दिनुपर्ने माग राखेका हुन् ।
‘भएको यही गाडीले परिवार पाल्दै आएको थिए । गरिखाने यही पिकअप भेन चलाएर दैनिक गुजरा चलाउँदौ आएको थिए । बिलबिजकसहित सामान लिएर आएपछि लोड गरेर गन्तब्यसम्म जार्दै गर्दा मलाई फसाएर भन्सार छली गरेको सामान लोड गरेका रहेछन् । यसमा मेरो के गल्ती भयो र ? ऋण खोजेर भन्सारले भनेको धरौटि रकम बुझाए । त्यसपछि भन्सारले पनि कपडा धनीलाई नियन्त्रणमा लिएर बुझाए हेरी हेरिदिन भन्सार चिपसापले पनि भन्नुभएको थियो । हामीले नियन्त्रणमा लिएर पनि बुझाएका छौं,’ उनले भने, ‘मेरो अहिले एउटै मागर रहेको छ । मेरो धरौटि रकम र खरिखाने गाडी फिर्ता दिलाइदिनुर्यो ।’
क्यारिङ गर्ने महिला घिमिरले राईलाई थुप्रै आश्वसन पनि दिएकी थिइन् । ‘धरौटि रकम फिर्ता दिने र भन्सार बुझाएको गाडी पनि निकालिदिने वडा कार्यालयमा बसेर लिखित सहमति पनि गरेकी थिइन् । ‘हामी पनि सोझा मान्छे होला नि भनेको थियौं । तर, १० महिना भयो । हाम्रो गरिखाने गाडी नै निकालिदिए । क्यारिङ गर्ने घिमिरेले अत्यचार गरेपछि हामीले बाध्य भएर घरमा पुगेर पक्राउ गरि प्रहरीलाई बुझाउन पर्यो,’ राईले भने, ‘अहिले भन्सारमा बुझाएका छौं । हामी गरिव मान्छेलाई न्याय दिनुपर्यो । हाम्रो एउटै माग यही रहेको छ ।’

सम्बन्धित समाचार

थप ९ सय ८० जनामा कोरोना पुष्टि, नाै जनाकाे मृत्यु

काठमाडाैं, २१ भदौ-पछिल्लाे २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणअनुसार नेपालमा थप ९ सय ८० जनामा कोरोना भाइरस (काेभिड-१९) को संक्रमण पुष्टि भएकाे छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घन्टामा थपिएका...

मिस कोशिका प्रतियोगीले देखाए प्रतिभा

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा पुगेका  २६ जना प्रतियोगीहरूले आ–आफ्नो प्रतिभा देखाएका छन् । सुनसरीको इटहरीमा गरिएको मिस ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा देखाएका हुन् । उनीहरूले गीत,...

कोरोना परिक्षणका लागि कोशी अस्पतालमा राखिएको ल्याव मुख्यमन्त्री राईद्धारा निरिक्षण

विराटनगर, चैत २८–कोरोना भाईरसका शंकास्पद विरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले शुक्रबार निरिक्षण गरेका छन् । कोरोना भाईरसको कोशी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण...

सुदृढ एकताले राष्ट्रिय भावनालाई अझ बलियो बनाउँछ : राष्ट्रपति

अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले उक्त विश्वास व्यक्त गरेकी हुन् । उनले आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुशी, सद्भाव तथा शुभकामना आदान प्रदान गरी मनाइने यस्ता पर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको...

अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...

चीनबाट आइपुग्यो थप ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं, १ असोज । कोरोनाविरुद्धको थप ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार दिउँसो २ बजे खोप लिएर नेपाल एयरलाइन्सको जहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । सरकारले चीनबाट पछिल्लो समय ६०...

पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं, मंसिर २३ । बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना...

आरडीटी पोजिटिभ देखिएकी वीरगञ्जकी युवतीको मृत्यु

जनकपुर, १४ वैशाख-आरडीटीमा पोजिटिभ देखिएकी पर्साको वीरगञ्जकी १ युवतीको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–१० अशोकवाटिकाकी २३ वर्षीया युवतीको आज बिहान मृत्यु भएको हो । ब्लडक्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्