ग्रामीण विकास लघुवित्तद्वारा भव्य वार्षिकोत्सव, उत्कृष्ट महिला सदस्यहरु सम्मानित
बिहिबार, ३१ साउन, २०८१,
न्यूज विराट
विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव विभिन्न प्रदेशहरुमा उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाएको हो ।
संस्थाको बिराटनगर स्थित संचालन तथा सुपरिवेक्षण कार्यालयले आफ्नो कार्यक्षेत्र अन्तर्गतका ४२ वटा शाखा कार्यालयहरुबाट छनोट गरिएका ४८ जना उत्कृष्ट महिला सदस्यहरुलाई जनही दश हजार रुपैयाँको दरले नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गर्यो। कार्यक्रममा सहभागी सदस्यहरुलाई दूरी अनुसार एक हजार देखि पाँच हजार सम्म यातायात तथा खाना खर्च पनि उपलब्ध गराइएको थियो।
झापा, मोरङ्ग, सुनसरी, सिराहा, सप्तरी र उदयपुरका विभिन्न स्थानबाट आएका सदस्य तथा अभिभावकहरुलाई बरगाछी स्थित कञ्चनजङ्घा ब्याङ्केटमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिइएको थियो। प्रशिक्षकद्वय मोतिराम अधिकारी र कुमार बहादुर सिंहले यस विषयमा विशेष कक्षा सञ्चालन गरेका थिए। वार्षिकोत्सवकै अवसरमा संस्थामा २५ वर्ष अनवरत सेवा पुर्याएका ६४ जना कर्मचारीहरुलाई दीर्घ सेवा पदक र कदरपत्रद्वारा सम्मानित गरिएको थियो। कार्यक्रमको अध्यक्षता संचालन तथा सुपरिवेक्षण कार्यालय प्रमुख कुमार बहादुर सिंहले गरेका थिए भने प्रमुख अतिथिको रूपमा विभागीय प्रमुख मोतिराम अधिकारी उपस्थित थिए। प्रबन्धक गोविन्द प्रसाद ढुङ्गेलले स्वागत मन्तव्य दिएका थिए र कार्यक्रम संचालन सहायक अधिकृत युवराज भट्टराईले गरेका थिए। यस कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै महिला सशक्तीकरणमा योगदान पुर्याउने संस्थाको प्रतिबद्धता झल्काएको छ।
काठमाडौं, २९ चैत-सरकारले ७ दिनयता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७ दिनयता कुनै पनि नयाँ संक्रमण...
काठमाडौं, २९ जेठ-नेपालमा २४ घण्टाको अवधिमा उपचारपछि निको भएर १ सय ८७ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न आइसोलेसन सेन्टरमा उपचार गराइ...
विराटनगर । पोखरामा हुन गइरहेको १५ वर्षमुनिको जुनियर ब्याटमिन्टन प्रतियोगिताका लागि कोशी प्रदेशबाट खेलाडी छनौट भएका छन् ।नेपाल ब्याटमिन्टन संघले विराटनगरमा आयोजना गरेको छनौट प्रतियोगिताबाट ८ जना खेलाडी छानिएका छन् । बिहीबार र शुक्रबार भएको...
जनकपुर, १९ जेठ-प्रदेश २ का विभिन्न जिल्लामा गरी आज ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएका सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुष छन् । काठमाडौँको जनस्वास्थ्य...
काठमाडौं, १६ वैशाख-प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डबीच भेटवार्ता भएको हो ।दुई...
काठमाडौं, २२ साउन-राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ । बिहान ११ बजेबाट...
[caption id="attachment_47347" align="alignnone" width="960"] वडा नं. ८ स्थित केर्खा खोलामा निर्माणाधिन अवस्थाको पुल ।[/caption] शनिश्चरे, ५ चैत । पथरीशनिश्चरे नगरपालिकाको वडा नं. ८ वडाको वजेट काार्यान्वयनमा अरु वडालाई उछिन्दै अग्रस्थानमा देखिएको छ । वडा नं....
काठमाडाैं, ११ वैशाख-भोजपुरमा पनि कोरोना भाइरस (कोविड–१९)का संक्रमित भेटिएका छन् ।हतुवागढी गाउँपालिकाका २६ वर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो । विदेशबाट आएका ती व्यक्तिको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । योसँगै नेपालमा...