युवा दिवसमा बुद्धिचाल प्रतियोगिता, बुढानिलकण्ठका आयुषले जिते उपाधि
सोमबार, २८ साउन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर महानगर विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि विराटनगरस्थित बुढानिलकण्ठ माध्यमिक अंग्रेजी विद्यालयका आयुष शर्माले जितेका छन् ।
विराट बुद्ध स्पोर्टिङ्ग क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सगरमाथा स्कुलमा सोमबार आयोजना गरेको प्रतिोगितामा २६ जना प्रतियोगिहरुलाई पछि पार्दै आयुषले उपाधि जितेको हो ।
प्रतियोगिताको द्धितीय पोखरिया माध्यमिक विद्यालयका आर्यन श्रेष्ठ, तृतीय सगरमाथा स्कुलका भानु गौतम र चौथो एजेलिया स्कुलका प्रज्ञान गुरागाईं घोषित भए ।
प्रतियोगितामा प्रथम हुनेले पाँच हजार एक सय, द्धितीयले ३ हजार ६ सय, तृतीयले २ हजार १ सय र चौथो हुनेले १ हजार १ सय रुपैयाँसहित मेडल तथा प्रमाणपत्र जिते । उक्त प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका ११ विद्यालयका २७ जना विद्यार्थीले भाग लिएको प्रतियोगिताका संयोजक तथा स्पोर्टिङ्ग क्लबका कार्यसमिति सदस्य ग्याल्जेन डुक्पा लामाले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण ( पर्शुराम ) बस्नेतले खेलकुदले युवाहरुमा राष्ट्रिय एकता तथा भावनाको विकास गरेर अगाडी बढनुपर्ने बताए । उनले खेलले युवाहरुमा सकरात्मक भावनाको तथा अनुशासनको विकासमा मुख्य भूमिका खेल्ने बताए । प्रदेश खेलकुद विकास बोर्डले छिट्टै प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता संचालन गर्ने उनको भनाई छ । स्पोर्टिङ्ग क्लबका अध्यक्ष रोहित कोइरालाले विद्यार्थीहरुको क्षमता अभिवृद्धीको लागि विद्यालयस्तरीय प्रतियोगितासँगै क्लबले अझ व्यापक ढंगले विभिन्न खेलको प्रतियोगिता गरेर अगाडी बढने बताए । सो प्रतियोगितामा प्राविधिक सहयोग नेपाल चेस फेडेरेशन पथरी शनिश्चरे र मुख्य प्रवर्द्धक कोशी प्रदेश खेलकुद विकास बोर्डले गरेको थियो ।
तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू...
विराटनगर । विराटनगरमा जारी दोस्रो ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगितामा मोरङ र सिरहा फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा...
विराटनगर । आकर्षक तलब र सेवा सुविधा दिने भन्दै दलालको फन्दामा परी भारत लैजान लागेको तीन जना किशोरीको उद्धार गरिएको छ । प्रहरी र साना हात नामक संस्थाले नेपाल –भारत सीमा क्षेत्रबाट तीन जना किशोरीको...
काठमाडौं, ७ फागुन । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाइएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य...
सिराहा, ६ भदौ-मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३ दिनअघि गत ३ भदौमा मृत्यु भएका मिर्चैया नगरपालिका४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...
विराटनगर । कोशी प्रदेश सरकार गठन असंवैधानिक भएकोले त्यसलाई खारेज गरि आफूलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दिएको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको...
एजेन्सी, बैशाख १४-सरकारसँग शान्ति सम्झौता भंग भएलगत्तै यमनको पृथकतावादी १ समूहले देशको दक्षिणी राज्यमा स्वशासन घोषणा गरेको छ ।देशको अधिकांश उत्तरी भूभागमा नियन्त्रण कायम राखेका हुथी विद्रोहीहरूसँग जारी लामो द्वन्द्वलाई यो घोषणाले अझ जटिल बनाएको...
अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...