कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

 न्यूज विराट
कैदी फरार प्रकरण : दुई जना प्रहरीलाई निलम्बन गरेर मुद्दा

विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन गरी प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएको विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद अहमद फरार भएकै दिन १७ साउनदेखि निलम्बन गरी कारागार ऐन २०७९ बिपरीतको कसुर मुद्दामा मोरङ अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी नवराज कार्कीले जानकारी दिए । कैदी भागे भगाएको मुद्दामा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म कैद साजय हुने व्यवस्था रहेको छ ।

कैदी फरार भएको घटनामा छानविन समिति पनि गठन भएको छ । मोरङ प्रहरीका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत नेतृत्वको छानविन समिति गठन भएर अहिले छानविन भइरहेको एसपी कार्कीले बताए । ‘छानविन समिति बनेर पनि छुट्टै अनुसन्धान भइरहेको छ । अनुसन्धान पुरा भएपछि प्रतिवेदन आएपछि मात्रै प्रहरीको कैदी फरार प्रकरणमा लापरवाही भए नभएको खुल्नेछ,’ उनले भने, ‘त्यस विषयमा प्रतिवेदन आएपछि मात्रै भन्न मिल्छ ।’

सम्बन्धित समाचार

गुडिरहेको बसमा एकाएक आगो दन्कियो

काठमाडौं, कार्तिक ७ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससी विराटनगरको पहिलो जित

विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी...

प्रदेश १ का चार पत्रकार पुरस्कृत

विराटनगर, १२ असार । प्रदेश नम्बर एक सरकारले प्रादेशिक पत्रकारिता पुुरस्कार–२०७८ वाट प्रदेश एकका चारजना पत्रकारलाई आज नगद सहित सम्मान एवं पुुरस्कृत गरेको छ । प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयसम्म क्रियाशिल पत्रकारलाई रु १...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं, कात्तिक २५ ।  पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । बिहीवार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौं प्रदर्शनीमार्गस्थित रत्न...

कोशीमा सुत्केरीको मृत्यु, विरामीको आफन्तद्धारा अस्पतालमा नाराबाजी

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । अस्पतालको आइसियुमा मोरङ धनपालथान गाउँपालिका ३ का १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।...

आज २२२५ संक्रमित थपिए, २८४६ जना डिस्चार्ज

काठमाडौं, ८ कात्तिक-नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि...

भोलिदेखि रेडियो र टेलिभिजनबाट पढाइ

काठमाडौं, ३२ जेठ-कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट...

जहदामा सुरुङ खनेर घरमा चोरी

विराटनगर / मोरङको जहदा गाउँपालिका–७ मा आइतबार राती ६ घरमा चोरी भएको छ । घरहरूमा सुरूङ खनेर चोरी गरेको जहदा गाउँपालिका ७ का वडाअध्यक्ष भगवान मरण्डीले जानकारी दिए । सिक्टी महतो, मुसहरु महतो, ताला सोरेन,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्