अस्पतालबाट फरार कैदीलाई पाँच वर्षसम्म सजाय हुनसक्ने

 न्यूज विराट
अस्पतालबाट फरार कैदीलाई पाँच वर्षसम्म सजाय हुनसक्ने

विराटनगर । डियुटिमा खटिएको प्रहरीलाई लडाएर विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका विराटनगर–८ घर भएका २३ वर्षीय आर्यन महमद अहमद खान भनिने मोहमद अहमदलाई प्रहरीले कैदी भागेको कुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । फरार भएर पक्राउ परेका कैदीलाई मोरङ प्रहरीले कैदी भागेको कुरमा बिहीबार म्याद थप गरेर अनुसन्धान सुरु गरेको हो ।
कारगारा ऐन, २०७९ मा कैदी भागेको पुष्टि भए पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्म जरिवना हुने कानुनी व्यवस्था रहेको छ । अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएर तीन महिनादेखि मोरङ कारागारमा सजाय भुक्तान गरिरहेका कैदी हुन् । उनलाई जिल्ला अदालत मोरङले २०८१ वैशाख ७ गते १२ वर्ष कैद सजाय फैसला गरेको थियो । उनी इप्रका बेलबारीले २०७९ फागुन ४ गते पक्राउ परेका थिए ।
फरार भएका कैदीको हकमा थप सजाय हुने कारागार ऐन, २०७९ मा उल्लेख छ ।

सम्बन्धित समाचार

ग्रेडेड स्कुलमा विज्ञान र चित्रकला प्रर्दशनी

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा एक दिने विज्ञान तथा चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरभित्र शनिबार विज्ञान र चित्रकला प्रर्दशनी गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान...

बूढीगंगामा युवाहरुबिच ‘ग्याङ फाइट’, एक युवकको हत्या

विराटनगर, २९ कात्तिक । विराटनगरसँगै जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा युवाहरुबिच ‘ग्याङ फाइट’ हुँदा एक युवकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका–६ स्थित कोयलपुरमा गएराति युवाहरुबीच ग्याङ फाइट हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको मृत्यु भएको हो...

प्रचण्डबारे अभद्र टिप्पणी गरेकाे आरोपमा पत्रकार दीपक पाठक पक्राउ

काठमाडाैं, १८ वैशाख-पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेकाे छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बारे सामाजिक सञ्जाल फेसबुकमा अभद्र टिप्पणी गरेकाे भन्दै प्रहरीकाे साइबर ब्युराेकाे टाेलीले भक्तपुरकाे लाेकन्थलीबाट पाठकलाई पक्राउ गरेकाे हाे ।...

१ डाक्टरसहित ३ कर्मचारी संक्रमित, ३९ जनालाई पठाइयो क्वारेन्टाइनमा

एजेन्सी, बैशाख १- भारतको नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालका ३९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । सो अस्पतालले १ जना डाक्टर, एक नर्स र एक सहायक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो...

बाँकेका पहिलो कोरोना संक्रमितको दोस्रो परीक्षण पनि पोजिटिभ

बाँके, ३० वैशाख-बाँकेको पहिलो कोरोना संक्रमित ब्यक्तिको दोस्रो परीक्षण पोजिटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय कोरोना संक्रमित पुरुषको दोस्रो पटक गरिएको परीक्षणमा पनि पोजिटिभ भेटिएको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा....

कटहरीमा बन्ने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास, दुई महिनाभित्रमा संचालन गर्ने तयारी

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ । दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको...

विराट व्यापार संघद्वारा बर्जुका आगलागी पिडीतलाई राहत वितरण

विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जुका आगलागी पीडितलाई राहत वितरण गरेको छ । सुनसरी बर्जु–४ स्थित मुस्लिम टोलमा २ दिन अघि भएको आगलागी पीडितलाई राहत वितरण गरेको हो ।  आगलागीबाट बिस्थापित १६ घर परिवारलाई...

विराटनगरमा विराट एक्स्पो सुरू

विराटनगर । विराट एक्स्पो २०२५ सुरु भएको छ । उद्योग संगठन मोरङको आयोजनामा विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा शनिबारदेखि विराट एक्स्पो सुरू भएको हो ।माघ २० गतेसम्म चल्ने विराट एक्स्पोको संघीय सरकारका उपप्रधान तथा अर्थमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्