प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउछौं : मुख्यमन्त्री कार्की

 न्यूज विराट
प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउछौं : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकार क्रियाशिल रहेको बताएका छन् ।
नेपाल चिकित्सक संघ कोशी शाखाको बुधबार बेलुका बिराटनगरमा नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुको पदस्थापन समारोहमा बोल्दै उनले सरकार स्वास्थ क्षेत्र प्रति संवेधनशिल रहेको बताएका हुन् ।
उनले ग्रामीण तथा दुर्गम क्षेत्रका जनतालाई जनमुखी स्वास्थ्य सेवा सहजरुपमा प्रदान गर्ने उद्देश्यले यसपालिको नीति तथा कार्यक्रममा ब्यवस्था गरिएको मुख्य मन्त्री कार्कीले बताए । सरकारले जनताको घर–घरमा स्वास्थ्य सेवा पु¥याउनका लागि के कस्तो नीति आवश्यक पर्छ भन्ने उद्देश्यले चाँडै कार्यदल गठन गर्ने जानकारी उनले दिए । यसका लागि आवश्यक सुझाव दिन चिकित्सकलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे ।
सरकारी स्वास्थ्य संस्थाको जीर्ण रहेको भौतिक संरचनालाई वलियो बनाउने कार्य शुरु गरेको जानकारी दिँदै कार्कीले यसै क्रममा विराटनगरमा सुविधा सम्पन्न आधुनिक प्रविधियुक्त प्रदेशस्तरीय प्रयोगशाला निर्माण गरी सञ्चालनमा ल्याइएको उनलेब ताए । मुख्यमन्त्री कार्कीले सरकारले स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा लिने बताउँदै समयमा नै जानकारी प्राप्त भएमा दोषिलाई कारवाही गरी समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विचार राखे । चिकित्सकहरुले भौतिक र आर्थिक सुरक्षाको कुरा उठाएपछि उहाले स्रोत र साधन हेरेर सरकार अघि बढ्ने जानकारी दिदै भौतिक सुरक्षामा भने कुनै कसर नराखी काम गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले राखे ।
चिकित्सक सघ नेपालको पुरानो संस्था भएकाले यो संग सहकार्य गर्न प्रदेश सरकार तयार रहेकोे बताउदै उनले कोशी प्रदेशलाइ स्वास्थको हब बनाउन सकिने बताए । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले चिकित्सक विदेश पलायन रोक्न आवश्यक सेवा सुविधा स्वदेशमा उपलव्ध गराउनु पर्ने सुझाव दिए । सङ्घका केन्द्रीय अध्यक्ष अनिल विक्रम कार्कीले व्यवस्था परिवर्तन भएपनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो व्यक्त गरे ।

सम्बन्धित समाचार

ज्योती आधारभूत विद्यालयमा निःशुल्क दन्त शिविर

विराटनगर, २० भदौ । निरन्तर विभिन्न सामाजिक कार्यहरु रोटरी क्लब अफ विराटनगर डाउनटाउनले निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थीहरुका लागि क्लबले विराटनगर विराटनगर खार्जी स्थित ज्योती आधारभूत विद्यालयमा नौलखा डेन्टल केयरको सहकार्यमा निःशुल्क...

सत्तारुढ गठबन्धनले उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भए पनि साझा...

रंगेली नगरपालिकाले टेन्डर निकालेपछि विद्यालय व्यवस्थापन समितिको आपत्ती

विराटनगर, बैशाख १७–आफुहरुसँग समन्वय नगरि टेन्डर आब्हान गरिएको भन्दै मोरङको रंगेली नगरपालिका–८ दर्वेशा स्थित महालक्ष्मि माध्यमिक विद्यालय व्यवस्थापन समितिले आपत्ती जनाएको छ । प्रदेश सांसद लिलाबल्लव अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष मार्फत विद्यालयको मर्मतसम्हार...

जीवन विकास गोल्डकप सुरू, उद्घाटन खेलामा पशुपति युवा क्लबको विजयी सुरूवात

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्डकप नकआउट फुटबल प्रतियोगिता सुरू भएछ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरू भएको हो । उद्घाटन खेलमा पशुपति युवा क्लब दादरबैरियाले हातिबन्धा...

सरकारले नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लाग्यो : कृषि व्यवसायी

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउन कानुनी बाटो खोलेर नेपालको कृषि विदेशी व्यापारीलाई सुम्पिन लागेको कृषि व्यवसायीले बताएका छन् । कृषिमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका विभिन्न क्षेत्रका कृषि व्यवसायीले सरकारले नै नेपालको कृषि पहिचान विदेशी...

‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं, २१ वैशाख-प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । बैठकमा लकडाउनबारे समीक्षा र संसद अधिवेशन बोलाउनेबारे छलफल भइरहेको बताइएको छ । केही दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भवनको अवलोकन गरेका थिए...

ईपीएलः भैरहवा र काठमाडौंको खेल स्थगित

एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तरगत शनिबार बिहानका लागि तय भएको भैरहवा ग्लाडिएटर्स र काठमाडौं किङ्ग्स–११ बीचको खेल स्थागित भएको छ । मैदान चिसो भएकाले समयमा सुरु हुन नसेकेको खेल स्थगित भएको हो । वर्षाको कारण समयमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्