शिक्षादीप कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण
बुधबार, ०९ साउन, २०८१,
न्यूज विराट
विराटनगर । विज्ञान संकायमा मात्रै होइन व्यवस्थापन र होटल म्यानिजमेन्टको क्षेत्रमा पनि अब्बल सावित भएको विराटनगरस्थित शिक्षादीप कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण गराएको छ ।
कलेजले बुधबार एक कार्यक्रम आयोजना गरी व्यवस्थापन र होटल म्यानिजमेन्टमा कक्षा ११ मा भर्ना भएका नयाँ तीन सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो ।
आउँदो साउन १४ गतेबाट कक्षा संचालन हुने भएपछि कलेजको नियम र पढाइप्रति विद्यार्थीहरुलाई जागरुप बनाउने उद्देश्यले अभिमुखिकरण गराएको कलेजका प्रिन्सिप ज्ञानबहादुर खड्काले जानकारी दिए । कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल खड्काले विद्यार्थीको भबिष्य उज्ज्वल बनाउन हामी कुनै पनि कसुर बाँकी नराख्ने बताए । ‘विद्यार्थीको कडा मेहनतका कारणले सफलता प्राप्त हुने हो । विद्यार्थीलाई सफतामा पुर्याउन कलेज लागि पर्नेछौं,’ प्रिन्सिपल खड्काले भने, ‘त्यसको लागि विद्यार्थीले मेहनत गर्नुपर्ने हुन्छ ।’ अध्यापनको क्रममा विद्यार्थीलाई बढीभन्दा बढी अन्तरक्रियात्मक बनाउने शिक्षण विधि कलेजले अपनाएको उनले बताए । ‘शिक्षादीपमा आएका विद्यार्थी व्यवहारिक रूपमै सक्षम हुन्छन् । त्यो शैक्षिक वातावरण हामीले स्थापित गरेका छौं’, उनले भने । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरु अभि सिवाकोटी, उज्जवल ओझा, निलु साह, बृज कुमार रोयले गुणस्तरीय शिक्षा शिक्षादीप कलेजले दिने भएपछि पहिलो रोजाइमा परेको बताए ।
कार्यक्रममा कलेजका निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप भविष्य निर्माण गर्ने कलेज भएको बताए । उनले सपना बोकेर शिक्षादिप कलेज रोजेका विद्यार्थीहरुको उज्ज्वल भबिष्यको शुभकामना दिए ।
कार्यक्रममा कलेजका निर्देशक डा. बिमल श्रीवास्तव, सिए तिर्थ राज यादव, व्यवस्थापन संकायका प्रमुख शंकर भट्टराई, सोल्टी होटलका डाइरेक्टर रुपेश श्रेष्ठलगायतले बोलेका थिए । यसअघि कक्षा ११ को विज्ञान संकायमा भर्ना भएका नयाँ ९४५ जना विद्यार्थीलाई शिक्षादीप कलेजले अभिमुखिकरण राइसकेको छ ।
काठमाडौं । पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पृथ्वी जयन्तीको अवसरमा आज सिंहदरबार पश्चिम मूलद्वारमा अवस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणको कार्यक्रम राखिएको छ । सर्वसाधारणका...
काठमाडौं, २ वैशाख-सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानिय र केन्द्र सरकारले राहतको...
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा जनावरमैत्री जंगलका लागि जामुनबारी सामुदायिक वनबाट सुरू गरेकाे वृक्षाराेपण अभियान सोमबार मोरङको बेलबारी नगरपालिकास्थित अमना सिसौलीया सामुदायीक वनमा आइपुगेकाे छ । वीपी कोइरालाको ४२ औं स्मृति दिवसको...
विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ । सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश...
मोरङ,११ असार-विदेशमा बसोवास गरेपनि मातृभूमि तथा जन्मभूमिप्रति समर्पित रहदै गीतमार्फत विराटनगरको महिमा वर्णन गर्दै आज एक यहाँ एक नेपाली गीतको विश्व लोकर्पण गरिएको छ। वेल्जियममा वसोबास गर्ने नेपाली चलचित्रका नायक धीरज सापकोटा र अनमोल मुरारी(पौडेल)द्वारा...
काठमाडौं, २८ साउन-बुधबार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै...
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक ९एसपी०हरू र १२० जना नायव प्रहरी उपरीक्षा ९डीएसपी०हरूको सरुवा भएको छ । प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा...
एजेन्सी, बैशाख १९-कोरोना भाइरसको उत्पत्तिका विषयलाई लिएर अमेरिका र चीनबीच आरोप प्रत्यारोप चलिरहेका बेला अमेरिकी गुप्तचर अधिकारीहरुले कोरोना भाइरस मानव निर्मित वा आनुवांशिक रुपमा परिवर्तन गरी बनाइएको भाइरस नरहेको पुष्टि भएको बताएका छन् । यूएस...