विराटनगरको अरनिको कलेजले गर्यो ११५१ जना विद्यार्थीलाई अभिमुखिकरण
बिहिबार, ०३ साउन, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको कलेज कक्षा ११ मा भर्ना भएको २६ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम गरेको छ । अभिमुखीकरण कार्यक्रममा कक्षा ११ मा भर्ना भएका ११५१ जना विद्यार्थीलाई आज कलेजमा अभिमुखीकरण कार्यक्रम गरेको हो । गुणस्तरिय शिक्षा र राम्रो व्यवस्थापनमा सञ्चालन भएको कलेज काठमाण्डौ बाहिरको उत्कृष्ट कलेज भएको कलेजले जनाएको छ । कार्यक्रममा कलेजले लिएको कक्षा ११ को तेस्रो त्रैमासिक परीक्षा, कक्षा ११ मा भर्ना हसालाई लिएको प्रवेश परीक्षामा उत्कृष्ट हसने विद्यार्थीलाई सम्मान गरिएको छ भने एसईई मा ४ जिपिए ल्याउने अन्वेशा बस्नेत, गृष्मा लुइटेल, प्रतिभा रौनियार, सुत्र्रत बराल, कृतज्ञ दाहाल र अजय लिम्बुलाई समेत सम्मान गरिएको छ ।
अभिमुखिकरण कार्यक्रममा मोटीभेशन रमन भट्टराई,कलेजका अध्यक्ष लक्ष्मि अधिकारी, कलेजका प्रिन्सिपल राजेश कार्की, एस्पायर कलेजका प्रिन्सिपल सिएम बस्नेत, कलेजका सञ्चालक उमेन्द्र विलास लुइटेल,कार्यक्रम संयोजक विकाश खनाल र सञ्चालक भरतराज दाहाललगायतले नयाँ भर्ना भएका विद्यार्थीलाई उज्वल भविष्य निर्माण गर्ने कलेज अरनिको रहेको बताउँदै शुभ कामना दिए ।
प्रिन्सिपल कार्कीले राम्रोसँग अध्ययन गर्न विद्यार्थीलाई आग्रह समेत गरे । अरनिकोले गुणस्तरमा सम्झौता नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कलेजमा भर्ना भएका विद्यार्थीले गौरव महसुस गर्ने वातावरण आफुहरुले तयार गर्ने उनले बताए । कलेजका विज्ञाज संकाय, होटेल मनेजमेन्ट र व्यवस्थाजन संकायमा अध्यापन भइरहेको कजेजले जनाएको छ ।
हेन्द्रनगर, ५ मङ्सिर-कञ्चनपुरको भीमदत्त नगरपालिकामा आइतबारदेखि विषादीको प्रभावकारिताबारे अध्ययन सुरु भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुर र सेभ द चिल्र्डन दातृ संस्थाले यहाँको औलो तथा कालाजार रोग निवारणका लागि प्रयोग भइरहेको विषादीको प्रभावकरिताका लागि अध्ययन...
विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुको लागि निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको...
विराटनगर, ३० भदौ । विराटनगरमा बुधबार ६३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ३ हजार ४३ जना पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १० हजार ९ सय ७६ जना...
विराटनगर, ११ असोज–विराटनगरस्थित न्युरो अस्पतालले कोरोना परिक्षणका लागि पिसिआर ल्याब सञ्चालनमा ल्याएको छ । न्यूरो कार्डियो एण्ड मल्टि स्पेश्यालिटि हस्पिटलले आइतबारदेखी निजिस्तरामा १ नं प्रदशकै पहिलो अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको हो । सरकारले न्यूरो...
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो । स्पोर्ट्स मिटको...
काठमाडौं, २० साउन-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीपूर्वक काममा लाग्न कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयलले सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधानको...
विराटनगर ३ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२, सुनसरीमा २२, झापामा चार र प्रदेश एक बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको...
विराटनगर । विराटनगरका अग्रज साहित्यकार ८८ बर्षिय भैरोदान सुरानालाई सम्मान गरिएको छ । एकै दिन दुई संस्थाले घरमा पुगेर सुरानालाई सम्मान गरिएको हो । सुरानाले नेपाली तथा मारवाडि भाषा साहित्य क्षेत्रमा गरेको योगदानको कदर गर्दै...