एचआईभी रोकथाम र नियन्त्रणमा जोड

 न्यूज विराट
एचआईभी रोकथाम र नियन्त्रणमा जोड

विराटनगर । एचआईभीरएड्स सङ्क्रमण रोकथाम र नियन्त्रणको लागि सचेतना सँगै बजेट पनि प्रयाप्त बिनायोजन गरिनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् ।
स्वास्थ्य निर्देशनालय कोशी प्रदेश धनकुटा र ए।एच।एफ नेपालको आयोजनामा विराटनगरमा बुधबार भएको विकेन्द्रीकृत बजेट विनियोजन तथा एचआईभीरएड्स कार्यक्रम र वस्तुहरूको लागि खरिद संयन्त्र सम्बन्धी कार्यशालामा सहभागिहरुले यस्तो बताएका हुन् ।

उनीहरुले एचआईभीरएड्स न्यून गर्ने नीतिका साथ कार्यक्रम लक्षित गरेर अगाडी बढनुपर्नेमा जोड दिए ।
एचआइभीरएड्सलाई प्राणघातक रोगबाट दीर्घरोगको रुपमा परिभाषित गरी यसको नियन्त्रण तथा उपचारमा जोड दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा।राधिका थपलियाले एचआइभी रोकथाम र नियन्त्रणको लागि पाँच वटा विषयलाई किलियर गरेर अगाडी बढनुपर्ने बताइन् । उनले डुमेन्टमा काम गर्नेको क्षमतामा अभिवृद्धी गरिनुपर्ने र मोनिटरलाई प्रभावकारी बनाएर अगाडी बढाउनुपर्ने बताइन् । एचआइभीको कार्यक्रम थुप्रै हुँदा पनि सचेतालाई प्रभावकारी बनाएर अगाडी बढाए यसको रोकथाम र नियन्त्रण हुने उनको भनाई छ ।
नेशनल एसोसिएसन अफ पिपुल लिभिङ विइथ एचआईभी महासंघ ९ एनएपि प्लस एन० कोशी प्रदेशका सुपरभाइजर रोमन कुमार राइले प्रदेशमा ४ हजार बढी एचआइभि संक्रित रहेको जानकारी दिदै २ हजार ४ सय ७ जनाले नियमित औषधी सेवन गर्दै आएको बताए । जसमध्ये ८७ जना एचआइभी संक्रिमत बालवालिका रहेको उनले बताए । एचआइभी संक्रिमतको शल्यक्रियामा सरकारी अस्पताबाट नहुँदा उपचारबाट बन्चित हुनुपरेको बताए । ‘अहिले पनि एचआइभी संक्रिमतको शल्यक्रिया सरकारी अस्पतालहरुमा हुदैन । यसरी संक्रितहरुको शल्यक्रिया नहुँदा रोग पालेर बस्नुपर्ने अवस्था रहेको छ,’ उनले भने, ‘शल्यक्रिया गरिनुपर्ने संक्रिमतहरु धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा जनुपर्ने अवस्था रहेको छ ।’ कोशी अस्पतालमा संक्रमितको शल्यक्रिया बाहेकको मात्रै स्वास्थ्य उपचार हुने गरेको छ । राज्यले सबै सरकारी अस्पतालहरुमा संक्रमितहरुको शल्यक्रिया हुने व्यवस्था गरिनुपर्ने उनले माग राखे ।
एनसीएसीका निर्देशक सर्वेस शर्माले एआरटिमामा पठाएको उपकरणहरु गुणस्तरीय भए उपचारमा सहज हुने बताए । उनले एआरटिममा पठाएको उपकरण तेही हुनुपर्ने बताए । ‘अहिले एआरटिमा पठा एको उपकरणहरु हाकिमको कोठामा राखिएको पाइएको छ,’ उनले भने, ‘यो बिकृती हो । यस्तो कार्य कसैले पनि गरिनु हुदैन ।’
एचएफ नेपाल का कन्ट्री प्रोग्राम म्यानेजर दिब्यराज जोशीले आफुहरु नेपाल सरकार सँग मिलेर एचआइभि एड्स रोकथाम र नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको बताए । उनले आगामी दिनमा एआर्टी सेन्टरलाई अझ प्रभाबकारी बनाउदै अघि बढ्न आफुहरु सदैव तयार रहेको बताए । अहिले कोशी प्रदेशमा ,कोशी अस्पताल र भद्रपुर अस्पतालबाट एचएफ नेपालको सेवा सुरु भएको उनले जानकारी गराए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका दिर्नेशक ज्ञानबहादुर बस्नेत, स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा। सुरेश मेहतालगायतले बोलेका थिए ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

विराटनगर महानगरद्वारा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल

विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको हो । बैठकले...

नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जनाउने, ७८२ जनाको सहभागीता

विराटनगर,२६ साउन । लनमा गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेश १ ले ३४ वटा खेलमा सहभागीता जानाउने भएको छ । बिहिबार १ प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा पत्रकार सम्मेलन गर्दै सो बारे...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३१५ संक्रमित थपिए, ३५० डिस्चार्ज

विराटनगर, २१ कात्तिक–प्रदेश १ मा ३१५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २३, सुनसरीमा ८९, झापामा ७६, तेह्रथुममा छ, इलाम, धनकुटा र भोजपुरमा तीन÷तीन, उदयपुरमा दुई, ताप्लेजुङ, ओखलढुङ्गा र संखुवासभामा एक÷एक र...

बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ति तथा स्वत बढुवा नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक सञ्जय...

दुवै अध्यादेश खारेज गर्न राष्ट्रपतिलाई सिफारिस

बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले विवादित दुवै अध्यादेश फिर्ता लिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।८ वैशाखमा जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश ल्याउने निर्णय मन्त्रिपरिषदले गरेको थियो ।...

ओलीको कदमविरुद्ध सवै एक जुट हुनुपर्छ:बाबुराम भटटराई

विराटनगर, २४ माघ । प्रधानमन्त्री केपी शर्माओलीले अहिलेको परिवर्तन पहिला देखि नै नचाहेकाले संसद विघटन गरेर यो व्यावस्था लाई तहसनहस बनाएको जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भटटराईले बताएका छन्...

बजेटबारे निजी क्षेत्रसँग कांग्रेसको छलफल : ‘सर्भाइभ’ र ‘रिभाइभ’मा सरकारको सहयोग आवश्यक

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । कांग्रेसले बुधबार पार्टी कार्याल सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरूको नेतृत्वसँग छलफल गरेको हो । छलफलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्