संखुवासभाको चैनपुरमा भरुवा बन्दुकको छर्रा लागेर महिला घाइते, दुई जना पक्राउ

 न्यूज विराट
संखुवासभाको चैनपुरमा भरुवा बन्दुकको छर्रा लागेर महिला घाइते, दुई जना पक्राउ

संखुवासभा । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् ।

३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले मकै खाने हुदाँ मकैबारी रुङ्ने भनी बारीमा रहेको अस्थाई टहरामा सुतिरहेको अवस्थामा एक्कासी भरुवा वन्दुक पड्किएर खतिवडाको ढाडको दाहिने तर्फ भरुवा बन्दुकको छर्राले लागेको संखुवासभा प्रहरीले जनाएको छ ।

भ्रुवा बन्दुकको छर्रा लागेर खतिवडा घाइते भएपछि प्रहरी चौकी खराङ संखुवासभामा जानकारी प्राप्त हुदाँसाथ संखुवासभाबाट प्रहरी टोलि खटेको थियो । उक्त घटनामा इप्रका चैनपुरबाट, प्रहरी निरीक्षक बाबुराम कार्की तथा प्रहरी चौकी खराङ संखुवासभाबाट आवश्यक प्रहरी परिचालित भई अनुसन्धान गरेपछि घटनमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका ११ किङरिङ बस्ने वर्ष ३७ का लंक तामाङ भन्ने अनिल कुमार तामाङ तथा चैनपुर न.पा. ११ किङरिङ बस्ने वर्ष २६ का तुलसी जिमी लाई लोड भएको भरुवा बन्दुक १ थान सहित नियन्त्रणमा लिईएको संखुवासभा प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उक्त बन्दुक निजहरूले जिल्ला संखुवासभा चैनपुर ११ स्थित अम्लिसो बारिमा निलो रङगको प्लाष्टिकले बेरिएको अवस्थामा लुकाई राखेको अवस्थामा बरामद गरीएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको क्रममा तुलसी जिमीले भरुवा बन्दुकबाट गोलि प्रहार गरी खतिवडालाई घाईते बनाएको खुलेको प्रहरीले जनाएको छ ।

खतिवडा घाईते भएपछि फसिने डरले घटनाबारे कोही कसैलाई नभनी थाहा नपाए जसरी दुवैजना गाउँघरमा बसेको पाइएको छ । थप अनुसन्धान पछि जिमीले गोलि प्रहार गरेको भरुवा बन्दुक जंगलमा फालेको अवस्थामा बारुद जस्तो पदार्थ ४३२ ग्राम बरामद गरिएको छ ।
पक्राउ प्रतिवादी मध्ये तुलसी जिमी यसअघि पनि २०७२ भदौ ३१ गते जिल्ला संखुवासभा,चैनपुर नगरपालिका वडा नं.१० खराङ बजारमा एक व्यक्तिलाई कुटपिट गरी निज सवार मोटर साईकलमा क्षति पुयाएको आरोपमा केही सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता भएको थियो । २०७२ भदौ ३१ गते पक्राउ गरेकोमा २०७५ असोज २४ गते जिल्ला प्रशासन कार्यालय संखुवासभाको आदेशले १७ हजार पाँच सय रुपैयाँ धरौटीमा छाडेको अभिलेखबाट देखिन आएको छ । संखुवासभाराटनगर । संखुवासभा चैनपुर नगरपालिका–११ केराबारीमा भरुवा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छिन् । ४५ वर्षे मेनुका खतिवडा भरुवा बन्दुकको छर्रा लागेर घाइते भएकी हुन् ।
३०० मिटर उत्तरमा रहेको बारीमा दुम्सीले मकै खाने हुदाँ मकैबारी रुङ्ने भनी बारीमा रहेको अस्थाई टहरामा सुतिरहेको अवस्थामा एक्कासी भरुवा वन्दुक पड्किएर खतिवडाको ढाडको दाहिने तर्फ भरुवा बन्दुकको छर्राले लागेको संखुवासभा प्रहरीले जनाएको छ ।
भ्रुवा बन्दुकको छर्रा लागेर खतिवडा घाइते भएपछि प्रहरी चौकी खराङ संखुवासभामा जानकारी प्राप्त हुदाँसाथ संखुवासभाबाट प्रहरी टोलि खटेको थियो । उक्त घटनामा इप्रका चैनपुरबाट, प्रहरी निरीक्षक बाबुराम कार्की तथा प्रहरी चौकी खराङ संखुवासभाबाट आवश्यक प्रहरी परिचालित भई अनुसन्धान गरेपछि घटनमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चैनपुर नगरपालिका ११ किङरिङ बस्ने वर्ष ३७ का लंक तामाङ भन्ने अनिल कुमार तामाङ तथा चैनपुर न.पा. ११ किङरिङ बस्ने वर्ष २६ का तुलसी जिमी लाई लोड भएको भरुवा बन्दुक १ थान सहित नियन्त्रणमा लिईएको संखुवासभा प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उक्त बन्दुक निजहरूले जिल्ला संखुवासभा चैनपुर ११ स्थित अम्लिसो बारिमा निलो रङगको प्लाष्टिकले बेरिएको अवस्थामा लुकाई राखेको अवस्थामा बरामद गरीएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको क्रममा तुलसी जिमीले भरुवा बन्दुकबाट गोलि प्रहार गरी खतिवडालाई घाईते बनाएको खुलेको प्रहरीले जनाएको छ ।
खतिवडा घाईते भएपछि फसिने डरले घटनाबारे कोही कसैलाई नभनी थाहा नपाए जसरी दुवैजना गाउँघरमा बसेको पाइएको छ । थप अनुसन्धान पछि जिमीले गोलि प्रहार गरेको भरुवा बन्दुक जंगलमा फालेको अवस्थामा बारुद जस्तो पदार्थ ४३२ ग्राम बरामद गरिएको छ ।
पक्राउ प्रतिवादी मध्ये तुलसी जिमी यसअघि पनि २०७२ भदौ ३१ गते जिल्ला संखुवासभा,चैनपुर नगरपालिका वडा नं.१० खराङ बजारमा एक व्यक्तिलाई कुटपिट गरी निज सवार मोटर साईकलमा क्षति पुयाएको आरोपमा केही सार्वजनिक अपराध अन्तर्गत मुद्धा दर्ता भएको थियो । २०७२ भदौ ३१ गते पक्राउ गरेकोमा २०७५ असोज २४ गते जिल्ला प्रशासन कार्यालय संखुवासभाको आदेशले १७ हजार पाँच सय रुपैयाँ धरौटीमा छाडेको अभिलेखबाट देखिन आएको छ ।

सम्बन्धित समाचार

ओली-प्रचण्डबीचकाे छलफल सुरु

काठमाडौं, ९ भदौ-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच बालुवाटारमा छलफल सुरु भएको छ । दुबै अध्यक्षबीच नेकपा कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल सुरु भएकाे हाे । ३०...

धरानबाट उडेको प्याराग्लाडीङ दुर्घटना

विराटनगर, १ कात्तिक । रानबाट उढेको प्याराग्लाइडिङ सप्तकोशी नदीमा दुर्घटना भएको छ । धरान–४ स्थित बुद्ध बिहारबाट उडेको प्याराग्लाइडिङ उदयपुरको सप्तकोशी किनारास्थित लाहुरेखोँचमा दुर्घटना भएको हो । अचानक वर्षातसँगै आएको हावाहुरीले प्याराग्लाइडिङ उडाएर सप्तकोशीको लाहुरेखोँच...

कोरोना जितेर घर फर्किनेको संख्या १ हजार नाघ्यो, सोमबार ६७ जना डिस्चार्ज

काठमाडौं, १ असार-पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ६७ जना घर फर्किएका छन् । घर फर्किएका मध्ये ७ महिला र ६० पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

बागलुङकी एक महिलामा कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

पोखरा, ३० चैत-गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् । आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको...

नेकपा स्थायी कमिटी बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडाैं, २२ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पुनः स्थगित भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको नेकपाको पाँचौँ बैठक यही २४ असार (बुधबार)सम्मका लागि स्थगित भएकाे छ। नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाका अनुसार यसअघि यही...

इलाम बस दुर्घटनामा ३६ जना घाइते, १२ वर्षीय बालकको मृत्यु

विराटनगर । मेची राजमार्ग अन्तर्गत इलामाको रोङ गााउपालिकामा भएको बस दुर्घट्नामा परेका यात्रुको पहिचान खुलेको छ । धनुषदेखि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना ६ ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा...

टी –२० क्रिकेट प्रतियोगितामा आर्मी र कर्णाली फाइनलमा

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लव र कर्णाली प्रवेश गरेका छन् ।विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन्छ्याउँदै विभागिय टोली त्रिभुवन आर्मी क्लव फाइनलमा...

रूसले सुरु गर्‍यो कोरोनाविरुद्ध खोप अभियान

एजेन्सी, २० मंसिर-रूसले राजधानी मस्कोका क्लिनिकमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसलाई कोभिड-१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्