कोशी अस्पतालमा पहिलो पटक ‘फेको’ प्रविधिबाट आँखाको शल्यक्रिया, एकै दिन दुई जना विरामीको सफल उपचार
मङ्गलबार, २५ असार, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया सुरु भएको हो ।
मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको छ । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले रेग्मीको सफल उपचार गरेका हुन् । लामो समयदेखि रेग्मी साझ परेपछि आँखा नदेख्ने समस्यामा परेका थिए । त्यसपछि उनी कोशी अस्पतालको ओपीडिमा आएका थिए । चिकित्सकको टिमले शल्यक्रिया गरिनुपर्ने सुझाब दिएपछि उनको सफल शल्यक्रिया भएको हो । कोशी अस्पतालका नेत्ररोग विशेषज्ञ डा. आस्मा केसी र डा.निश्चल घिमिरे सहितको ६ जनाकोे टिमले रेग्मीको फेको प्रविधिबाट सफल शल्यक्रिया गरिएको छ । ‘कोशीमा पहिलो पटक फेको प्रविधिबाट आँखाको शल्यक्रिया भएको छ,’ उपचरामा संलग्न चिकित्सक डा. प्रविकण कुमार यादवयादवले भने, ‘मंगलबार दुई जना विरामीको आँखाको सफल शल्यक्रिया भएको छ ।’
कोशी अस्पतालमा आँखा रोगसम्बन्धी सम्पूर्ण उपचार हुने मेसु डा. रविराज सिंहले बताए । अत्याधुनिक उपकरणहरुबाट विशेषज्ञ चिकित्सकको टिमले कोशी अस्पतालमा आँखा सम्बन्धी रोगको सफल उपचार सुरु भएको उनले बताए । कोशीमा अहिले मोतियाबिन्दु, आँखामा मासु पलाएकोलागयतका रोगको शल्यक्रिया हुने गरेको छ । कोशी अस्पतालको आँखा विभागको ओपीडिमा दैनिक २५ देखि ३० जना विरामी आउने गरेका छन् ।
सिरहा, १९ भदौ-आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका ७ स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ । सङ्घीय सरकारले प्रत्येक स्थानीय तहलाई पत्राचार गरी १० असाभित्रै बजेट ल्याइसक्न...
काठमाडौं, ७ असार-पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको त्रिदेशिय सीमा नाका १ नम्बर पिलर पुगेको छ । केही दिन अघि सशस्त्र प्रहरीले स्थापना गरेको छाङ्गुर बोर्डर आउट पोस्ट (बीओपी) को टोली १ नम्बर पिलर...
विराटनगर । कोशी प्रदेशसभाको अधिवेशन आव्हान भएलगत्तै विपक्षी चार दलीय गठबन्धनले नयाँ सरकार गठनको कसरत सुरु गरेका छन् ।नयाँ सरकार गठनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीको बैठक काठमाडौंमा बसेको छ...
काठमाडौं, २९ वैशाख-परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा क्षेत्रमा नेपालको उपस्थिति कमजोर भएको स्वीकार गरेका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा भारतसँग सीमा जोडिएका पश्चिमी नाकामा केही दिनमै बीओपी थप गर्ने प्रतिबद्धता जनाएका छन् । सीमा...
काठमाठौं, १३ फागुन । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादमा तत्काल कुनै निर्णय नदिने भएको छ । नेकपा कानुनी रूपमा एउटै दल भएकाले आधिकारिकताबारे तत्काल कुनै निर्णय नगर्ने आयोगले जनाएको हो ।...
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङ शाखाले जनचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । संघको भवनमा शुक्रबार अर्गानिक वस्तुको स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरेको हो । स्थानीय स्तरमा उत्पादन भएको अर्गानिक...
एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन...
विराटनगर, असार २८–केहिदिनयता परेको लगातारको बर्षापछि विराटनगरको दक्षिणीक्षेत्र जलमग्न भएको छ । केशलिया खोलाले धार परिर्वतनगरि बस्ती प्रवेश गरेपछि सो क्षेत्र जलमग्न भएको हो । लगाताको बर्षापछि केशलिया खोलाको जलस्तर बढ्दै गएर बस्ती प्रवेश गरेपछि...