पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स

 न्यूज विराट
पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।
कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको चाप रहेको छ ।

विद्यालयले शनिबार कक्षा ११ मा लिएको प्रवेश परीक्षामा ४९६ जना विद्यार्थी सहभागि भएको विद्यालयका प्रधानध्यापक खेमराज भट्टराईले जानकारी दिए । विज्ञान विषयको प्रवेश परीक्षामा २१२ र व्यवस्थापनमा २८४ गरी प्रथम चरणको प्रवेश परीक्षामा ४९६ विद्यार्थी सहभागि भएको उनले बताए । गत वर्ष यस विद्यालयको कक्षा ११ को विज्ञान विषयमा १२५ र व्यवस्थापन विषयमा २६२ विद्यार्थीहरु सहभागि भएका थिए ।

गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले पोखरीयामा निजी छाडेर स्वतः स्फूर्त भर्ना हुन आएका विद्यार्थीर्को भीड लाग्ने गरेको छ । पोखरीयाले निजी बोर्डिङ स्कूललाई शैक्षिक गुणस्तरमा चुनौति दिएका छन् । निजी स्कुलमा छोराछोरीलाई पढाइरहेका थुप्रै अभिभावकले आधारभूत तहपछि यिनी सामुदायिक विद्यालय रोज्न थालेका छन् । तर, त्यस्ता सामुदायिक विद्यालयमा भर्ना पाउन ठूलै पापड बेल्नुपर्छ ।
विद्यार्थीको चाप बढेपछि विद्यालयले नयाँ भर्ना हुने विद्यार्थी संख्याको सीमा तोकेर प्रवेश परीक्षा लिने गरेको छ ।
सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती शिक्षक शिक्षिकाहरुका कारण यो विद्यालयमा छोराछोरी पढाउने धेरै अभिभावक लालायित हुने गरेका छन् ।
अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढी भएपछि प्रवेश परीक्षा लिएर नाम निकाल्ने विद्यार्थीको मात्र भर्ना गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक भट्टराईले बताए । अंग्रेजी माध्यमबाट पढाइ गर्दै उत्कृष्ट नतिजा दिँदै आएको छ ।

सम्बन्धित समाचार

विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो ’ हुने, १५ करोडको कारोबार हुने अपेक्षा

विराटनगर । विगतका वर्षहरु झैं यस वर्ष पनि मोरङ व्यापार संघले विराटनगरमा ट्रेड एक्स्पो आयोजना गर्ने भएको छ । पुस ६ गतेदेखि १६ गतेसम्म विराटनगर – २ शंकरपुरमा रहेको खाली मैदानमा ‘मोरङ व्यापार संघ ट्रेड...

श्रीमानसँगको रिसले दुई छोरीको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा पाँच दिन अगाडी मृत फेला परेका २ नाबालिकाको हत्या आफ्नै आमाले गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पतिको रिसका कारण आमा अस्मिता पौडेल (कार्कीले) १ वर्षीया छोरी आइङ्का र...

विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्युको महिना दिन, प्रहरीको कहाँ पुग्यो अनुसन्धान ?

विराटनगर । सप्तरीको तिरहुद गाउँपालिका –४ का ५१ वर्षीया विरेन्द्र प्रसाद यादवको रहस्मय मृत्यु भएको घटना एक महिना हुन लागेको छ । एक महिना पूरा हुन लाग्दा पनि प्रहरीले यादवको हत्या हो या आत्महत्या आधिकारीक...

गुद्रीमा घर, टहरा र सटर खाली गर्न महानगरले निकाल्यो सुचना

विराटनगर, १६ कात्तिक । ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा विराटनगर–९ स्थित गुद्रीमा निर्माण हुने व्यापारिक कमप्लेक्सका लागि महानगरपालिकाले सुचना निकालेको छ । विराटनगर–९ स्थित गुद्रीबजार क्षेत्रको १४ कट्ठा जग्गामा बन्ने सो व्यापारिक कमप्लेक्सका लागि...

एसबीएससी मोरङको अध्यक्षमा ढकाल निर्वाचित

विराटनगर । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङ (एसबीएससी) को अध्यक्षमा नगेन्द्र प्रसाद (बिवेक) ढकाल निर्वाचित भएका छन् ।विराटनगरमा आइतबार साझ भएको निर्वाचनमा ढकालले प्रतिस्पर्धी धनकुमार राईलाई ३४ मतले पराजित गर्दै अध्यक्षमा...

शक्ति बाँडफाँटका लागि ओली तयार

काठमाडाैं, १५ वैशाख-प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली पार्टीको आन्तरिक विवाद मिलाउन शक्ति बाँडफाँटका लागि तयार भएका छन् । वरिष्ठ नेता माधवकुमार नेपाललाई ओलीले यस्तो सन्देश पठाएका हुन् । अध्यादेश...

जो बाइडेन काश्मिरीको पक्षमा

एजेन्सी, असार १२-अमेरिकी राष्ट्रपतिका लागि आगामी ३ नोभेम्बरमा निर्वाचन हुँदैछ । सो निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दैछन् । ट्रम्प प्रशासन भारतसँग निकै नरम देखिदै आएको छ । तर यो...

तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी

काठमाडौं, २६ कात्तिक-सरकारले तिहार र छठपछि फेरि लकडाउन गर्ने तयारी गरेको छ । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित काठमाडौं उपत्यकाका महानगर र नगरपालिकाका प्रमुखहरूको संयुक्त बैठकले तिहार र छठपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्