प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

 न्यूज विराट
प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझै बन्न नसकेको बताए । उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकार र प्रदेश खेलकुद वोर्डले प्रयास गरिरहेको दाबी गरे ।
कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘खेलाडीहरुलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ ।’

सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबारी खेल्दै १–१ अंक बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता रहेको छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् ।
त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डले विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरेर झापाको दमकस्थित हिमालय माविमा ३ दिने ‘महिला सेल्फ डिफेन्स’ आत्मरक्षा तालिम सम्पन्न गरेको छ । पछिल्लो समय महिलाहरु हिंसामा बढ्न थालेकोले खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो ।
विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १ सय ३५ जना छात्राले सहभागिता जनाएका थिए । यो अभियान अन्य जिल्लामा हुने खेलकुद बोर्डले जनाएको छ ।

सम्बन्धित समाचार

मोरङ ५ का एकसय परिवारलाई राहात

गोपाल पोखरेल,विराटनगर ३१ बैशाख , मोरङ क्षेत्र न. ५ का एकसय एक परिवारलाई पुग्ने राहात सामाग्री समाजसेवी मनिस गु?ङले कांग्रेसका लोकप्रीय केन्द्रिय सदस्य अमृृत अर्याल लाई हस्तान्त्रण गर्नुभएको छ । सो सामाग्री आज हस्तान्त्रण गरिएको...

भारतमा एकै दिन ८६ हजार ९ सय ६१ संक्रमित

एजेन्सी, ५ भदौ-भारतमा कोरोनाभाइरसबाट एकै दिनमा ८६ हजार ९ सय ६१ संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरूको कुल संख्या ५४ लाख ८७ हजार ५ सय ८१ जना पुगेको छ ।...

प्रदेश १ मा कसको सरकार ?

विराटनगर । निर्वाचन परिणाम आउने क्रम अन्तिम समयमा पुगेसँगै प्रदेश १ को सरकार कस्तो बन्ला भन्ने चर्चा सुरु भएको छ । कुनै पनि दलको स्पष्ट बहुमत नआएको अवस्थामा फेरि पनि मिलीजुली सरकार बन्ने अवस्था आएको...

नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गराउन धर्ना

काठमाडौं, ३० असार-नेपालमा उत्पादन हुने औषधि विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै नेपाल औषधि उत्पादन संघ आन्दोलनमा उत्रेको छ । २२ असारमा सेनिटाइजर दर्ताको म्याद ३ महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेका...

इटहरीमा यामाहाएक्चेन्ज मेला सुरु

विराटनगर, ७ चैत । मोटरसाइकलका ग्राहकहरुलाई लक्षित गरी सुनसरीको इटहरीमा रहेको यामाहा मोटरसाईकल तथा स्कुटरहरुको विक्रेता तिरुपति अटो सिटीले यामाहाएक्चेन्ज मेला सुरु गरेको छ । पुराना मोटरसाईकल तथा स्कुटरहरुको उचित मुल्याँकन सहित सट्टामा नयाँ मोटरसाईकल...

१०वटा कछुवासहित दुई जना पक्राउ

नेपाल प्रहरीले अवैध वन्यजन्तु कछुवासहित दुई जनालाई पक्राउ गरेका छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई आइतबार साँझ...

पत्रकार तथा उपन्यासकार कार्थकको ७७ वर्षको उमेरमा निधन

पत्रकार तथा उपन्यासकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगको आशंकामा ललितपुरको हरिसिद्धिस्थित नेपाल नेपाल क्यान्सर अस्पतालमा उपचार उपचाररत थिए । क्यान्सर भए नभएको पुष्टि नहुँदै पिटरको हृदयाघातका कारण बुधबार...

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा राहत वितरण

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले काठमाडौंको बागबजार लगायतका स्थानमा रहेका २१ घरपरिवार सिलाइकर्मी मजदुरलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ । कोरोना भाइरस (कोभिड-१९)को महामारीको कारण निरन्तर लकडाउन हुँदै आएपछि ज्यालादारी मजदुर तथा श्रमिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्