बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

 न्यूज विराट
बिओपी भुटहाको सक्रियता, तस्करी हुन लागेको ६० केजी गाँजा बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित सशस्त्र प्रहरीले ६० केजी गाँजा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट बिओपी भुटहाका प्रहरी निरीक्षक दिपक दाहालको नेतृत्वमा खटिएको टोलीले विराटनगर १८ लावाघाटबाट गाँजा बरामद गरेको हो ।
बरामद गरेको गाँजा आवश्इक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानी विराटनगरमा बुझाएको छ । बिओपी भुटाले यसअघि पनि तस्करी हुन लागेको गाँजा बरामद गर्दै आएको छ ।
यसअघि नेपाल भारत सीमा क्षेत्रदेखि तस्करीको ६५ केजी गाँजा बरामद गरेको थियो । ६५ केजी गाँजा लोड गरिएको बा १६ च ६०५४ नम्बरको रातो कार र एउटा मोटरसाइक पनि बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका एसपी विश्व बन्धु खड्काले जानकारी दिए । दुई वटा बोरामा लोड गरिएको अवस्थामा गाँजा बरामद गरेको हो ।

सम्बन्धित समाचार

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

प्रदेश १ मा शनिबार सम्म ८ सय ९७ जनाको कोरोना परिक्षण, १२ जनामा पोजेटिभ

विराटनगर, बैशाख ६–प्रदेश १ मा शनिबारसम्म एक हजार ८ सय ९७ व्यक्तिको कोरोना परीक्षण भएको छ । दू्रत परीक्षण विधि(आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट उनीहरुको परीक्षण भएको हो । सबैभन्दा बढी आरडिटी विधिबाट एक...

विराटको सङ्कलन केन्द्र विराटनगरको भट्टिमोडमा स्थापना, अब घरमै बसेर बिरामीले रिपोट पाउने

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्र र सीमावर्ती भारतीय बिरामीहरूलाई स्थानीय स्थरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोस्टिक ल्याब प्रा.लि. ले रगत सङ्कलन केन्द्र स्थापना गरेको छ ।विराटले आइतबार विराटनगर...

कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई केन्द्रीय बैंकको विशेष राहत

काठमाडौं, १२ साउन-नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अतिप्रभावित क्षेत्रलाई विशेष राहतसहितको साँवा र व्याज तिर्ने अवधि थप गरेको छ । सरकारले गत चैत ११ गतेदेखि देशव्यापीरुपमा लकडाउन गरेको थियो । लकडाउनका कारण विशेष गरी अतिप्रभावित...

कांग्रेस महाधिवेशनः कुलबहादुरले हाले पहिलो भोट

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको । बिहान ८ बजेदेखि सुरु हुने भनिएपनि ३ घण्टा ढिलो मतदान सुरू भएको हो । पूर्वमहामन्त्री एवं पाका नेता कुलबहादुर गुरुङले सबैभन्दा पहिलो...

मोरङ ५(२) मा कांग्रेसका अमृत आर्याल निर्वाचित

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल मोरङ क्षेत्र नंं. ५ (२) बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन्। उनले प्रदेश १ का स्वास्थ्यमन्त्री तथा जसपाका नेता जयराम यादवलाई फराकिलो मत अन्तरले पराजित गर्दै प्रदेशसभा...

दशैँ सुरु, आज घटस्थापना, घरघरमा जमरा राखिँदै

काठमाडौं, १ कात्तिक-प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ ।  आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्