विराटनगर । गएरातीदेखि परेको अबिरल बर्षाले विराटनगर डुवानमा परेको छ । पानीको निकास थुनिंदा विराटनगरको दक्षिण क्षेत्र डुवानमा परेको हो ।
सडकमा पानी जमेर आवतजावतसमेत समस्या उत्पन्न भएको छ । लगातारको वर्षाको कारण केसेलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका सयौं घर डुवानमा परेको १२ का वडा सदस्य कुशेश्वर राजवंशीले बताए । घर डुवानमा परि विस्थापित भएका परिवारका सदस्यहरु विराटनगर १२ मा रहेको सामुदायिक भवन र बखरी स्कूलमा बसेका छन् ।
कसेलिया खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका विभिन्न स्थानमा पसेको थियो । प्रहरीका अनुसार बाढीले विराटनगरको उत्तरी, दक्षिणी र पश्चिमी भेगमा बढी वितण्डा मच्चाइरहेको छ । खोलाको बाढी वस्तीमा पसेपछि विराटनगर १२ बखरीका सर्वसाधारणबीच भागदौड मच्चिएको थियो ।
लगातारको वर्षाका कारण खोलाहरुमा आएको बाढीले विराटनगरका ४, ५, ६, ८, १२, १५, १६, १७, १८ का केहि घर डुवानमा परेको मोरङ प्रहरीका प्रबक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए । प्रहरी बाढीपीडितको उद्धारमा व्यस्त रहेका कारण बाढीले कति क्षति पु¥यायो भन्ने कुराको यतिन विवरण प्राप्त हुन सकेको छैन ।
बाढीपीडितको उद्धारका लागि प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । विराटनगर स्थित शनिमन्दिर चोक, मुनाल पथ, आयल निगम पुर्व,पिचरालगायतका क्षेत्रको अधिकांश सडक पानीले भरिएका छन् ।
काठमाडौं, १३ वैशाख-नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ५१ पुगेको छ।आज थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नया २ संक्रमित पर्सा र बिरगंजका ५० वर्षिय पुरुष भएको मन्त्रलायले जनाएको...
काठमाडौं, १६ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजासर ६९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा...
जनकपुरधाम, ७ जेठ-नवलपरासी (पश्चिम सुस्ता पश्चिम) जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौं पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म वजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको छ। नवलपरासी (बर्दघाट–सुस्ता...
काठमाडौं, २८ साउन-कान्तिपुर दैनिकमा कार्यरत वरिष्ठ पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरमा फेला परेको जनाइएको छ । उनको शव मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा फेला परेको महानगरीय...
काठमाडौं, ७ भदौ । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनको प्रक्रिया अघि बढाउन स्थायी कमिटी बैठक बोलाएको छ । माधव नेपालको साथ छाडेका मध्यमार्गी धारका नेताहरूसँगको छलफलपछि मंगलबार स्थायी कमिटी बैठक बस्न लागेको हो । नेकपा...
काठमाडौं, १३ असार-त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चार्टड गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु नेपाल प्रवेश गरेका छन्।...
तत्कालीन समाजवादी पार्टी र तत्कालीन राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ । बुधबार मध्यरातमा राति दुवै पार्टी मिलेर जनता समाजवादी पार्टी बनाउने निर्णय भएअनुसार बिहीबार दिउँसो निर्वाचन आयोगमा दल दर्ता भएको छ । बिहीबार दिउँसो...
दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा...