भारत तस्करी हुन लागेको दुई बोरा गाँजासहित कार बरामद

 न्यूज विराट
भारत तस्करी हुन लागेको दुई बोरा गाँजासहित कार बरामद

विराटनगर । भारत तस्करी हुन लागेको गाँजासहित प्रहरीले कार बरामद गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट (बिओपी) भुटहाले नेपाल भारत सीमा क्षेत्रदेखि तस्करीको ६५ केजी गाँजा बरामद गरेको हो ।

गाँजा लोड गरिएको बा १६ च ६०५४ नम्बरको रातो कार र एउटा मोटरसाइक पनि बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका एसपी विश्व बन्धु खड्काले जानकारी दिए । दुई वटा बोरामा लोड गरिएको अवस्थामा गाँजा बरामद गरेको हो । बिओपी भुटहाका सशस्त्र प्रहरी निरीक्षक दिपक दाहाल नेतृत्वको टोलीले सोमबार राती विराटनगर १८ दमादिगी बस्तीबाट गाँजा बरामद गरेको हो । प्रहरीले विशेष सुचनाको आधारमा गाँजा बरामद गरेको छ । ‘प्रहरीलाई देखेपछि गाँजा तस्करीमा संलग्न फरार भए । फरार भएकाहरुको खोजी कार्य तिव्र बनाएको छ,’ एसपी ख्डकाले भने ।
थप कारवाहीको लागि बरामद गरिएको गाँजा र सवारी साधान इलाका प्रहरी कार्यालय रानी विराटनगरमा राखिएको छ । यसअघि पनि बिओपी भुटाले तस्करीको ठूलो परिमाणको गाँजा बरामद गरेको थियो । केही दिन अगाडी भारत तस्करी हुन लागेको १७६ केजी गाँजा जहदा गाउँपालिका २ बाट बरामद गरेको थियो ।
तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटालगायत पहाडी जिल्लाहरुबाट झिकाएर गाँजा मोरङको दक्षिणी नाका प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । सीमावर्ती क्षेत्र नजिक भण्डारण गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नासाथ सीमानाका हुँदै भारत कटाउने गरिएको हो ।

सम्बन्धित समाचार

लखनऊमा थपिए ८ नयाँ संक्रमित, १४ जनाको मृत्यु

एजेन्सी, बैशाख ५-उत्तर प्रदेशको राजधानी लखनऊमा ८ नयाँ सक्रमित भेटिएका छन् । भेटिएका संक्रमितमध्ये ५ जना सदर, ३ जना नजिराबादका हुन् । उनीहरूको बुधबार परीक्षणका लागि स्याम्पल लिएइएको थियो । उत्तर प्रदेशमा संक्रमितको संख्या ८...

प्रदीप ज्ञवालीले गरे माधवको एकताबिरोधी षडयन्त्रको भण्डाफोर

काठमाडौं, असार १३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पूर्वप्रधानमन्त्रप् माधवकुमार नेपालको पछिल्लो ब्यवहारप्रति कठोर टिप्पणी गर्नुभएको छ । कसैको इसारामा नेता नेपाल एमालेबिरुद्ध अभियान छेडने काममा लागेपछि प्रवक्ता ज्ञवालीले उहाँको पछिल्लो क्रियाकलापप्रति कठोर जवाफ दिनुभएको हो...

कमेडी च्याम्पियनको फिजिकल अडिसन सुरु, ६ फेब्रुअरीदेखि प्रसारण हुने

'कमेडी च्याम्पियन सिजन २' को फिजिकल अडिसन सुरु भएको छ । बुधबारदेखि निर्माण टिमले फिजिकल अडिसनको छायांकन सुरु गरेको हो । फिजिकल अडिसनको छायांकन चार दिनसम्म गरिनेछ । कमेडी च्याम्पियनको दोस्रो सिजनका लागि निर्माण टिमले...

नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नदीलाई विनास होइन विकासका लागि अगाडि वढाउनु अपरिहार्य रहेको बताएका छन् । केशलिया– वुढिखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले यस क्षेत्र भएर वग्ने...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

भ्रष्टाचार सर्वेक्षणको प्रतिवेदन सार्बजनिक गर्न अध्यक्ष गोल्छाको माग

काठमाडौं, ११ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भ्रष्टाचार सम्बन्धी सर्वेक्षणको प्रतिवेदन छिटो सार्वजनिक गर्न भन्सार विभागसँग माग गरेका छन् । भन्सार विभागले गरेको सर्वेक्षण सराहनिय भएको तर प्रतिवेदन सार्वजनिक नभएको भन्दै...

प्रहरी कार्यालय नजिकै शंकास्पद वस्तु भेटियो

जनकपुरधाम, पुस ७–जनकपुरको शुक्रबारे बजार नजिकै फेरि आज एकाविहानै शंकास्पद बस्तु फेला परेको छ । शंकास्पद बस्तु कति बेला फेला परेको कुरा खुल्न सकेका छैन । तर अहिले प्रहरी घटनास्थलको चारैतीरबाट घेरा हालेर बसेका छन्...

साधनादेवी प्रहरी पराक्रम पुरस्कार किरण मगरलाई

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरीलाई नगदसहित पुरस्कृत गरेको छ । यस बर्षको १ लाख धनराशीको नवौ “साधनादेवी प्रहरी पराक्रम पुरस्कार” प्रहरी सहायक निरीक्षक किरण मगरलाई प्रदान गरिएको छ । प्रदेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्