तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

 न्यूज विराट
तेस्रो प्याब्सन कप : विराटनगरका चार स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार स्कुल क्वाटरफाइनमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा बिहीबार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले ग्रिनल्याण्ड स्कुललाई ३–० गोलले हरायो । जितको लागि एभरेष्टका सक्षम श्रेष्ठ, समथक पाठक र रायन पोखरेलले गोल गरे । खेलको प्लेर अफ द म्याच सक्षम श्रेष्ठ घोषित भए ।
दोस्रो खेलमा सनसाइन स्कुलले पूर्वाञ्चललाई २–० गोलले पराजति गर्यो । जितका लागि सनसाइनका आकश पास्वानले दुई गोल गरे् । प्लेर अफ द म्याच पास्वान घोषित भए ।
तेस्रो खेलमा सगरमाथाले सिद्धार्थलाई ३–० गोलले निराश बनायो । जितका लागि सगरमाथाका समयूलाले ह्याट्रिक गरे । उनले एक्लै तीन गोल गर्दै खेलको प्लेर अफ द म्याच घोषित भए ।
चौथो खेलमा दिल्ली पब्लिक स्कुलले जेम्स स्कुललाई ३–० गोलले हरायो । जितको लागि दिल्ली पब्लिक इमान खवासले ह्याट्रिक गर्दै तीन गोल गरे । उनी प्लेर अफ द म्याच घोषित भए ।
शुक्रबारको पहिलो खेल गोदावरी र गौतम बुद्ध स्कुलबीच हुनेछ भने दोस्रो खेल स्टार र सेन्ट जोसेफ स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरमा २५ वर्षीया युवतिमाथि सामूहिक बलत्कार, ट्रक चालकसहित तीन जना पक्राउ

विराटनगर । विराटनगरमा २५ वर्षीया एक जना किशोरीलाई सामूहिक बलत्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र...

विराट भेट्रान्स प्रतियोगिता रात्रिकालिन हुने

विराटनगर । विराटनगरको सहिद मैदानमा शनिबारबाट सुरू हुने विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता रात्रीकालिन हुने भएको छ । विराट गोल्डकपको दुई संस्करण रात्रीकालिन भएसंगै विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिता पनि रात्रीकालिन हुन लागेको हो ।...

कोरोना संक्रमित थपिएपछि इनरुवामा पुनः लकडाउन

सुनसरी, १० साउन-सरकारले लकडाउनलाई खुला गर्ने निर्णय गरेपनि इनरुवा नगरपालिकामा पुनः लकडाउन गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरी, इनरुवा नगरपालिका र उद्योग वाणिज्य सङ्घ इनरुवा सुनसरीसहित सरोकारवालाको बैठकले इनरुवामा आजदेखि पुनः लकडाउन गर्ने निर्णय...

रानी मिनी महोत्सवमा चर्चित कलाकार अन्जु कुश्मी आउने, प्रणय– दिवसमा धमकेदार प्रस्तुती दिइने

विराटनगर । विराटनगर १५ गौतम बुद्ध स्कुल अगाडी सुरु भएको रानी मिनी महोत्सवमा चर्चित  चर्चित गायिका तथा मोडल अन्जु कुश्मीको प्रस्तुती रहने भएको छ । फागुन २ गते प्रणय – दिवसको दिन उनले उक्त महोत्सवमा...

प्रदेश १ मा मुख्यमन्त्री ड्यासबोर्ड सञ्चालनमा

विराटनगर, साउन ९–प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सिएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन् । मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष...

भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...

मानव सेवा आश्रममको भवन निमार्णमा समाजसेवी गोयलद्धारा ५ लाख ११ हजार सहयोग

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रमको भवन निमार्णको लागि समाजसेवी उद्योगी दिनाबन्धु गोयलले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । आश्रममा मंगलबार एक कार्यक्रम आयोजना गरि भवन निमार्णको लागि...

विराटनगरमा ३८ सहित प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

विराटनगर, १३ असोज । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २५३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्