कोशी प्रदेश टी– १० क्रिकेट : फुलबारी क्रिकेट क्लबसँग एलिट पराजित
मङ्गलबार, १५ जेठ, २०८१,
न्यूज विराट
विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा विराटनगरको फुलबारी क्रिकेट क्लबसँग एलिट क्रिकेट क्लब पराजित भएको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा मंगलबारको दोस्रो खेलमा एलिट क्रिकेट क्बललाई १० विकेटले हराउँदै फुलबारी विजय भएको हो । जितसँगै फुलबारीले २ अंक जोडेको छ ।
एलिटले दिएको ९९ रनको लक्ष्य फुलबारीले ५.५ ओभरमा विना क्षति पूरा गर्यो । फुलबारीका ओपन आलोक मञ्जयले अविजित १५ बलमा ४८ रन बनाए । उनले ७ छक्का र १ चौका प्रहार गरे । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । खण्डक बोहराले २० बलमा ४८ रनको योगदान दिए । उनले ४ छक्का र ५ चौका हिर्काए ।
त्यसअघि पहिलो ब्याटिङ थालेको एलिटले निर्धातिर १० ओभरमा ३ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । अंकित गोस्वामीले १६ बलमा ३६ रन बनाए । सुशान्त मिश्रले १४ बलमा २४ रन पारी खेल्दा अभिषेक पलले १३ बलमा २० रन जोडे । फुलबारीका बलर भुवन कार्की, दिपक राज र एमडी कैफले समान १–१ विकेट लिए । बाँसको खम्बामा अस्थायी फलड्लाईटको माध्यमबाट सुरु भएको दिवा रात्रीकालीन प्रतियोगितामा अहिले दोस्रो खेल पूर्वाञ्चल क्रिकेट एकाडेमी र विराट स्पोर्टिङ क्लबबीच भइरहेको छ । लिक चरणको आधरमा हुने खेलमा आज चार वटा खेल हुनेछ ।
काठमाडौं, ७ असोज-चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेपाली यवाहरूले काठमाडौंस्थित चिनियाँ दूतावासअगाडि प्रदर्शन गरेका हुन् । युवाले ‘ब्याक अफ चाइना’ लेखिएका पम्पलेटसहित सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धिसम्झौता लागू हुनपर्ने...
विराटनगर । पाठेघरको मुखको क्यान्सर स्क्रिनिङको लागि तीन दिने भिआइए तालिम सुरू भएको छ । करुणा फाउन्डेसन नेपाल र पूर्वाञ्चल हेल्थ टे«निङ सेन्टरको आयोजनामा धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगबलारदेखि सुरु भएको छ ।तालिममा...
विराटनगर, १० असोज–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–३ का ६३ वर्षीय पुरुषको शनिबार बिहान १ः३० बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री कार्कीलाई एमाले, कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाले विश्वासको मत दिने भएका छन् ।...
नेकपाको ओली समूहले बुटवलमा मोटरसाइकल र्याली आयोजना गरेको छ । १ फागुनमा बुटवलमा आयोजना हुने सभालाई प्रचार गर्ने उद्देश्यले मोटरसाइकल र्याली आयोजना गरिएको नेकपा रूपन्देहीले जनाएको छ । बुटवलको चौराहबाट सुरु भएको र्याली मिलनचोक, बसपार्क,...
विराटनगर, ८ कात्तिक । मोरङको रतुवामाई नगरपालिकाबाट नेपाली कांग्रेसका स्थानीय नेतासहित एक दर्जन जुवाडे पक्राउ परेका छन् । गत कात्तिक ४ गते सत्ता र शक्तिको आडमा प्रहरी प्रशासनलाई चुनौती दिँदै जुवा खालमा जुवा खेलीरहेको अवस्थामा...
विराटनगर । विराटनगर – ९ मा रहेको शिक्षालय एजुकेशन फाउन्डेशनले विराटनगरमा नयाँ एसिसिएको कक्षा सुरु गरेको छ । शुक्रबार एक कार्यक्रम गरी एसिसिए कोर्ष संचालनमा आएको हो । यो कोर्ष अध्ययनपछि विद्यार्थी विश्वव्यापी रुपमा चार्टर्ड...