विराटनगरको कोवास कलेजमा एसीसीए कोर्ष सुरु हुने, विद्यार्थीलाई दिइयो अभिमुखिकरण

 न्यूज विराट
विराटनगरको कोवास कलेजमा एसीसीए कोर्ष सुरु हुने, विद्यार्थीलाई दिइयो अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित कोवास कलेजमा युकेको एसीसीए कोर्ष पढाई हुने भएको छ । यही नयाँ शैक्षिक शत्रबाट उक्त कोर्ष कोवासमा सुरु गर्ने भएको हो ।
नयाँ कोर्ष कलेजमा संचालन गर्ने भएपछि शनिबार विद्यार्थीहरुलाई जानकारी दिनको लागि अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको थियो । कोवासमा एसीसीए अध्ययनको लागि ५१ जना विद्यार्थी भर्ना भएको कलेजका प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले जानकारी दिए । अभिमुखिकरण कार्यक्रममा ३५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण चाटर एकाउनटेन्ड अश्विनी ठाकुर, कोवास कलेजका एसीसीए डाइरेक्टर रंजीत साह, रवि साहले विद्यार्थीहरुलाई एसीसीएको बारेमा जानकारी गराएका थिए ।


उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्वाञ्चल विश्व विद्यालयका प्रथम रजिष्ट्रार डा. भेषप्रसाद धमला रहेका थिए । विशिष्ट अतिथिमा नेपाल राष्ट्र बैंक कोशी प्रदेशका प्रमुख बुद्ध राज शर्मा रहेका थिए । त्यसैगरी प्रभु बैंक कोशी प्रदेशका प्रमुख बद्री कटुवाल, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरना, सिद्धार्थ बैंक कोशी प्रदेशका प्रमुख कमल बस्नेत, प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकी लगायतको उपस्थिती रहेको थियो ।
सो कार्यक्रमको अध्यक्षता कोवास कलेजका प्रिन्सिपल सुनिल कुमार श्रेष्ठले गरेका थिए ।

सम्बन्धित समाचार

महिला क्रिकेट प्रतियोगितामा मोरङ समुह विजेता

विराटनगर । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगितामा लगातार ३ खेलमा जित निकाल्दै मोरङ समुह विजेता भएको छ । विराटनगर–६ मा रहेको ज्वाला क्रिकेट मैदानमा भएको विहिबारको पहिलो खेलमा इलामलाई ८ विकेटले पराजित गर्दै...

‘लकडाउन’का बेला आलु र प्याजको कालोबजारी गर्ने ३ जना पक्राउ

‘लकडाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ बस्ने प्रदीप अग्रवाल, अंकित साह र विकाश कुमार साह रहेका छन् । बजार अनुगमनको क्रममा विभिन्न चोकमा...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

सांसद थापालाई कडा कानुनी कारवाही गर्न जातीभेद विरुद्ध विश्व मञ्चको माग

विराटनगर, बैशाख २७–गण्डकी प्रदेशका सांसद तथा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले कानुनको बर्खिलाप गर्दै दलित समुदायमाथि अपमान गरेकाले कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ । जातीभेद विरुद्ध विश्व मञ्चका अध्यक्ष तिर्थ विश्वकर्माले शुक्रबार...

मोरङ बुढीगंगामा एमाले छोड्नेको लर्को, ४० जना माओवादीमा प्रवेश

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकाको एमाले नेताहरु धमाधम माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केही समयअगाडि नेकपा एमालेका नेता बलभद्र सरदार थारु माओवादी केन्द्र प्रवेश गरेका थिए । सरदारको माओवादी प्रवेशसँगै एमालेबाट बुढीगंगा २ को...

खोप नलगाएकालाई भारत प्रवेशमा रोक

बैतडी, १९ मङ्सिर-भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि उसले आफ्नो देश प्रवेश गर्ने नाकामा कडाइ गर्न सुरुआत गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाकामा पनि भारतले खोप लगाएको कार्ड र परिचयपत्र अनिवार्य...

७ वटै प्रदेशमा कोरोना परीक्षण ल्याब चाहियोः मुख्य मन्त्रीहरू

काठमाडौं, चैत २–संघीय सरकार र ५ वटा प्रदेशका मुख्यमन्त्रीले ७ वटै प्रदेशमा कोरोना भाइरस परीक्षण गर्न ल्याब स्थापना गर्नुपर्ने माग गरेका छन् । प्रदेश सरकारलाई कोरोना भाइरससँग लड्न बजेटको आवश्यकता भएको र उक्त बजेट संघीय...

देउवाको गाउँपालिका गन्यापधुरामा कांग्रेसको जित

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मतदाता रहेको गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । अन्तिम मत परिणामअनुसार अध्यक्षमा ईन्द्र कार्की र उपाध्यक्षमा ज्ञानु सेठी विजयी भएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्