रंग पत्रकार प्रेम देवान सम्मानित

 न्यूज विराट
रंग पत्रकार प्रेम देवान सम्मानित

विराटनगर । रंग पत्रकार प्रेम देवान सम्मानित भएका छन् । विराटनगरमा सम्पन्न भएको चलचित्र महोत्सवमा नेपाल चलचित्र पत्रकार महासंघ मोरङका अध्यक्ष समेत रहेका देवा सम्मानित भएका हुन् ।

चलचित्र क्षेत्रको विकासमा रंग पत्रकार देवानले उल्लेखिनय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । सम्मानित भएका देवानलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्भ अधिकारीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सम्मानित भएका देवान विराटनगरको लोकप्रिय अनलाइन आवर विराटनगर डटकमा निर्देशक पनि हुन् । उनी नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेशका कोषाध्यक्ष पनि रहेका छन् ।
शुक्रबार सम्पन्न भएको महोत्सवमा लामो समयदेखी सिने क्षेत्रमा योगदान पुर्याउने २ दर्जन बढी कलाकार, निर्मता , निर्देशकहरुलाई पनि सम्मान गरियो ।


दीर्घ साधना सम्मानबाट लक्ष्मी नाथ शर्मा, साथै कोशी प्रदेशलाई फिल्म क्षेत्रमा विशेष योगदान पुर्याउने शिव श्रेष्ठ , मोहन निरौला, रविन्द्र खड्का, नविन सुब्बा, छविराज ओझा, रमेश बुढाथोकी, सुचित्रा श्रेष्ठलाई विशेष सम्मान सहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी गायक सुमित खड्का, श्रीकृष्ण लुईटेल, विरेन्द्र झा, फिल्मी क्षेत्रमा आवद्ध केशव रायमाझी, कुबेर शर्मा, चिरन्जीवी बस्नेत, सबुरलाल चौधरी, लाखमान योन्जन, विपिन प्रसाई, सुवास मेचेलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने सबैेलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लव अधिकारीले सम्मान गरेका थिए । त्यसैगरी कार्यक्रममा चलचित्र अवार्ड समेत प्रदान गरिएको थियो । कोशी प्रदेशमा रहेर लघु, वृत्त तथा कथानक चलचित्र निर्माण गर्ने टिमहरुलाई अवार्ड प्रदान गरीएकोे थियो । साथै कार्यक्रममा विविध सास्कृति कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा फिल्म निर्देशक अरुण कुमार प्रधानले आफुले निर्माण गरेको १२ नेपाली एक चिहान फिल्म यसैबर्षको भदौ १४ अल नेपाल प्रदर्शनमा आउने घोषणा गरेका गरेका छन् ।

सम्बन्धित समाचार

एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्षको घरजग्गा रोक्का गर्न आग्रह

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घरजग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको...

मुख्यमन्त्री राउतलाई राजीनामा दिन निर्देशन दिएको छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई  पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् । उनले भने, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र...

विराटनगरको अत्रि बचत तथा ऋण सहकारीको १० करोड कारोबार

विराटनगर, २७ कात्तिक । अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ...

ओली समूहले गर्‍याे प्रचण्डमाथि कारबाही, चार प्रदेश हटाइए, नयाँ ताेकिए

काठमाडौं, ९ पुस-नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो । बैठकले प्रदेश १ का इन्चार्ज...

त्रिदेशीय टी–२० को फाइनलमा नेपालको विस्फोटक ब्याटिङ

काठमाडौं, २१ चैत । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशी टी–२० क्रिकेटको फाइनलमा नेपालले पावर प्ले (६ ओभर) मा दुई विकेट गुमाएको छ । पहिलो विकेटका रुपमा पाँचौ ओभरमा कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेट छैटौँ ओभरमा...

मलेसियाबाट आफ्नै खर्चमा स्वदेश फर्कन नसक्नेलाई निवेदन दिन दूतावासको आग्रह 

काठमाडाैं, २२ साउन-कोरोना भाइरसका कारण स्वदेश फर्किने खर्चको अभावमा मलेसियामा अलपत्र अवस्थामा रहेकाहरूलाई सरकारी खर्चमा उद्धारका लागि निवेदन दिन मलेसियास्थित नेपाली दूतावासले सूचनामार्फत जानकारी गराएको छ । रोजगारी गुमाएका र नेपाल फर्किन हवाई टिकटसमेत काट्न...

तालिबान सदस्यसँग आज पश्चिमा देशका प्रतिनिधिले विशेष वार्ता गर्दै

एजेन्सी, १० माघ । तालिबानकाे एक प्रतिनिधिमण्डलले नर्वेमा आज पश्चिमी देशका अधिकारीसँग बैठक गरिरहेका छन् । अफगानिस्तान कब्जा गरेपछि पश्चिमी देशका अधिकारीसँग तालिबान प्रतिनिधिमण्डलको यो पहिलो भेट हुनेछ । तीन दिवसीय बैठकमा मानवाधिकार र मानव...

भारत–चीनका सैनिकबीच झडपबारे अमेरिकाले दियो प्रतिक्रिया

एजेन्सी, असार ५-अमेरिकाले गलवान घाँटीमा भारत र चीनका सैनिकबीच सोमबारराति भएको हिंसात्मक झडपबारे पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले ट्विट गर्दै भारतीय सैनिक मारिएकोमा समवेदना प्रकट गरेका छन् । पोम्पेओले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्