प्रेस यूनियन स्थापना दिवसः अग्रज पाँच सञ्चारकर्मी सम्मान

 न्यूज विराट
प्रेस यूनियन स्थापना दिवसः अग्रज पाँच सञ्चारकर्मी सम्मान

मोरङ,१० जेठ ।  नेपाल प्रेस यूनियनको ३३ औं स्थापना दिवसको उपलक्ष्यमा आज विराटनगरमा तीन दशकभन्दा वढी कार्य गर्ने पाँच जना संचारकर्मीहरुलाई सम्मान गरिएको छ।
युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा  सम्मानित हुने सञ्चारकर्मीहरु गोविन्द क्षेत्री, गिरिराज आचार्य, हर्ष सुव्वा , भारतीय उपाध्याय र कृष्ण आचार्यलाई दोसल्ला एवं प्रमाणपत्रद्वारा सम्मान गरिएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अग्रज पत्रकारहरुलाई सम्मान गर्दै सञ्चार क्षेत्रमाथि हुने आक्रमण कुनै किसिमले सह्य नहुने बताउर्दै नेकां प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहने  विचार व्यक्त्त गर्नु भयो ।
उहाँले सत्यको बाटो कठिन भएपनि अन्तिममा विजयी प्राप्त हुने छ भन्दै युनियनकर्मीहरुलाई स्वतन्त्र अभिव्यक्ति पक्षमा सदैव लाग्न आग्रह गर्नु भयो ।
केन्द्रीय सदस्य डा कोइरालाले चिया ,मकै वेच्ने गरीव नेपाली जनताले दुःख गरेर वचत गरेको रकम हिनामिना गर्ने सहकारी संचालकहरुलाई  अविलम्व कारवाही गरी वचत फिर्ता दिन मांग गर्दै कानून सत्तामा रहने र गरीवलाई समान रुपमा लागु हुनु पर्ने बताउनु भयो ।
यूनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सञ्चार क्षेत्रमाथि भएको आक्रमण स्वतन्त्र प्रेस माथि अंकुश भएकोले त्यसको निन्दा एवं भत्र्सना गर्नु भयो ।
उहाँले युनियन सञ्चारकर्मीहरुको हकअधिकार कुण्ठित हुन नदिनका लागि अग्र स्थानमा उभिन छ भन्दै युनियन पार्टी भाृत संस्था नभएर स्वतन्त्र प्रेसको पक्ष  र लोकतन्त्रको संरक्षणका प्रतिवद्धत रहेको विचार राख्नु भयो ।
युनियनका प्रदेश अध्यक्ष मिनकुमार नवोदित र सम्मानित सञ्चारकर्मी गोविन्द क्षेत्री लगायतले स्वतन्त्र प्रेस युनियनको मुल मन्त्र भएको विचार राख्नु भयो ।
सोही अवसरमा केन्द्रीय सदस्य डा कोइरालाले युनियन प्रदेश समितिद्वारा स्थापित रु एक करोड रकमको अक्षय कोषको कार्यविधि सार्वजनिक गर्नु भयो ।
उक्त कोषवाट सञ्चारकर्मीहरुको स्वास्थ्य वीमा, दुर्घटना उपचार खर्च, आवश्यकक्ता अनुसारको आर्थिक सहयोग लगायत उपलव्ध गराउने व्यवस्था रहेको छ।
यसअघि स्थापना दिवसको उपलक्ष्यमा आयोजित  विराटनगरको महेन्द्र चोकदेखि होटल मनास्लुसम्मको दुई हजार चार सय मिटर दौड प्रतियोतिामा पुरुषतर्फ  कपलेश्वर यादव, अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः प्रथम द्धितीय र तृतीय भएका थिए भने महिलातर्फ इन्दु साह, माला पालुङवा, जानुका नेपाल र सुशिला पाठक क्रमशः प्रथम, द्धितीय , तृतीय र चौथो हुनु भएको थियो ।
केन्द्रीय सदस्य डो काइरालाले विजयी खेलाडीहरुलाई नगद र प्रमाणपत्र प्रदान गर्नु भयो ।

सम्बन्धित समाचार

तेस्रो मिल्स क्रिकेट प्रतियोगिता सुरु : दिल्ली र एनबीएससीको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजय भएको छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार भएको उद्घाटनको पहिलो खेलमा दिल्लीले हरियाण थन्दर्स...

विराटनगर नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग

विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा...

आपूर्ति बढ्दासमेत तरकारीको मूल्य बढ्यो

काठमाडौं उपत्यकामा गएको एक महिनाको तुलनामा दैनिक उपभोग्य तरकारीको मूल्य बढेको छ । तरकारीको आपूर्ति बढे पनि माग अत्यधिक भएकाले मूल्य बढेको व्यापारी बताउँछन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार शनिबार मात्रै...

आज हरितालिका तीज, महादेवको पूजा गरी मनाइँदै

काठमाडौं, ५ भदौ-हिन्दु नारीहरूको महान पर्व हरितालिका (तीज) पर्व आज उमा महेश्वरको पूजाराधना गरी मनाइँदैछ । विगतमा धुमधामका साथ मनाइने तीज यो पटक भने कोरोना महामारीका कारण खल्लो भएको छ । सरकारले संक्रमण नियन्त्रणका लागि...

भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्दाे, एकैदिन ११८८ जनाकाे मृत्यु

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन् । यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार...

भारतका दुई खोपलाई कोरोनाविरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति

एजेन्सी, १९ पुस-भारतमा बनाइएका कोरोना भाइरसविरुद्धका दुईवटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । भारत बायोटेकको कोभ्याक्सिन र सिरम इन्स्टिच्युटको कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई) ले स्वीकृति दिएको हो ।...

सप्तरीमा स्रेस्तेदार र सीडीओका भान्सेसहित ५० जना संक्रमित 

सप्तरी, भदौ ३१-निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक...

भारतबाट घटेर आयो इन्धनको मूल्य

भारतले पछिल्लो पटक पठाएको इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमले खरिद गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा मूल्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्