मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा होराइजनको जित

 न्यूज विराट
मिल्स क्रिकेट प्रतियोगिता : दोस्रो खेलमा होराइजनको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगितामा विराटनगरको होराइजन क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ ।
विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा होराइजनले पटना क्रिकेट क्बललाई ४ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो ।

पटनाले दिएको १७६ रनको लक्ष्य होराइजनले १८.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो । होराइजनको जितमा सुजन थपलियाले २८ बलमा ४६ रन पारी खेल्दा ४ छक्का र ३ चौका र्हिकाए । मनिष थापाले ४२ रनको योगदान दिदा दिपकले अविजित २५ बलमा ३८ रन बनाए । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए । नगद तीन हजार पाए ।

पटनाका सहि आनन्दले २, रन्जित कुमार र आशिष कुमारले समान १–१ विकेट लिए ।

त्यसअघि विराटनगर जुटमिल मैदानमा टस जितेर पहिलो ब्याटिङ थालेको पटनाले १९.२ ओभरमा सबै विकेट गुमाइ १७६ रन बनाएको थियो । जसमा पटनाका अंकुस राजले अर्धसतक पुरा गरि २६ बलमा ७४ रन बनाए । उनले ६ छक्का र ९ चौका हिर्काए । नन्द किशोरले अविजित ४३ रन बनाए । गोपी कृष्णले २० रन बनाउँदा पटनाका अरु ब्याटमेनले दोहोरो अंक जोडन सकेनन ।
विराटनगरका श्रवण किस्कु र दिपेश केन्डलले समान ३–३ विकेट लिए । सन्तोष कार्कीले २ र प्रतिक पोखरेलले १ विकेट लिए ।
शुक्रबारको पहिलो खेल वाइआरससी क्रिकेट क्लब विराटनगर र सुनसरी क्रिकेट क्बल तथा सोही दिन दोस्रो खेल दिल्ली र कटियार क्रिकेट क्लब बिच हुने खेल तालिका छ ।

सम्बन्धित समाचार

कारबाही कार्यान्वयन नगर्न माग गर्दै माधव नेपालसहित १४ सांसद पुगे संसद सचिवालय

काठमाडौं, २ भदौ । नेकपा एमालेले गरेको कारबाही अवैधानिक रहेको भन्दै कार्यान्वयन नगर्न माग गर्दै माधवकुमार नेपालसहित १४ सांसद संसद सचिवालय पुगेका छन् । बुधबार संसद सचिवालय पुगेर सांसदद्वय जीवनराम श्रेष्ठ र विरोध खतिवडाले नेपालसहित १४ सांसदमाथि गरिएको...

निजी विद्यालयलाई शिक्षा मन्त्रालयले भन्यो : आफूखुसी शुल्क नलिनुहोस्   

काठमाडौं, ८ असार-निजी लगानीका विद्यालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल त्यस्तो कार्य नगर्नरनगराउन अनुरोध गरेको छ । निजी विद्यालय सञ्चालकका संस्थाले अभिभावकलाई सामाजिक दूरी...

विराटनगरमा तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू

विराटनगर । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू भएको छ । प्रदेश नं. १ आइटिएफ तेक्वान्दो संघको आयोजनामा विराटनगरमा बिहीबारदेखि ग्रेडिङ परीक्षा सुरु भएको हो । तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपटी तेस्रो...

रंगेली अस्पताल बन्यो देशभरमै नमूनाः ८० अंक प्राप्त, मेयर बगडीयाले भने–सवैको प्रयासले सम्भव भयो

विराटनगर । मोरङको रंगेली अस्पताल देशभरमै उत्कृष्ट र नमूना अस्पताल बन्न सफल भएको छ । न्यूतम सेवा मापदण्डको विभिन्न सूचक अनुसार गरिएको मुल्यांकनमा स्थानीयतह मातहत रहेका देशभरका अस्पतालहरु मध्ये नमूना अस्पताल बनेको हो । सुशासन...

आजदेखि विराटनगरमा मास्क अनिवार्य, स्वास्थ्य मापदण्ड पालना गर्न प्रशासनको आदेश

विराटनगर, २९ पुस । पछिल्लो समय विराटनगरसहित मोरङमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले कडाई गर्न थालेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले २२ बुँदे आदेश जारी गर्दै कडाई गर्न थालेको हो ।...

विराटनगरमा आज एकैदिन १९१ जना कोरोना संक्रमित थपिए

विराटनगर, ३ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६१७ जनामा कोरोना संक्रमण भएको छ । ८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा संक्रमण देखिएको सामाजिक विकास...

भिमबहादुर विश्वकर्माको हत्यारालाई कारबाही गर्न अनेरास्ववियुको माग

भरतपुरको दुर्गा मन्दिरमा पुजा गर्ने विषयमा भएको विवादमा मृत्यु भएका भीमबहादुर विश्वकर्मालाई न्याय दिन अनेरास्ववियुले माग गरेको छ । अनेरास्ववियु अध्यक्ष सुनिता बरालको हस्ताक्षरसहित जारी विज्ञप्तिमा सो घटनाका दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ...

विवाहमा प्रयोग हुने सवारी साधन पासबिना सञ्चालन हुन पाउने

कञ्चनपुर, ७ वैशाख=कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्