विराटनगर । प्याब्सन मोरङ र न्यूरो हस्पिटलबीच समझदारी भएको छ । सझदारी अनुसार न्यूरो हस्पिटलले प्याब्सनमा आवद्ध सदस्यहरुको सौलियतमा उपचार गरिदिने भएको हो ।
सझमदारी पत्रमा प्याब्सन मोरङको तर्फबाट अध्यक्ष प्रेमलाल सिंह सुवाल र हस्पिटलको तर्फबाट अपरेशनल डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । न्यूरोले समझदारी अनुसार प्याब्सन आवद्ध सदस्य, संचालक, प्रिन्सिपल, शिक्षक, कर्मचारी र आश्रित परिवारको सौलियतमा उपचार गरिदिने भएको प्याब्सन विराटनगरका उपाध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए । सम्झौतापछि ओपीडि निःशुल्क, ल्याबमा विशेष छुट दिने गरेको छ ।
सम्झौता कार्यक्रममा प्याब्सन केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, वरिष्ठ सल्लाहकार सावित्रा कुमारी पराजुली,प्रमुख सल्लाहकार सीतला सुब्बा, कोषाध्यक्ष विष्णु डंगोल, विराटनगर प्याब्सन उपाध्यक्ष अर्जुन श्रेष्ठ, सचिब अशोक लामालगायतको उपस्थिती रहेको थियो ।
न्यूरो अस्पतालले यसअघि पनि विभिन्न सामाजिक संघसंस्थाको सौलियतमा उपचार गर्दै आएको छ । यस अस्पतालमा अत्याधिनक उपकरण र दक्ष चिकित्सकहरुबाट स्वास्थ्य उपचार भरपर्दो हुने गरेको छ ।