कटहरीमा बन्ने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास, दुई महिनाभित्रमा संचालन गर्ने तयारी
बुधबार, १९ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ स्थित कटहरी फलफूल तथा तरकारी थोक बजारमा निमार्ण हुने १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरको शिलन्यास भएको छ ।
दुई महिना भित्र निमार्ण सम्पन्न हुने गरि कोल्ड स्टोरको बुधबार शिलन्यास गरिएको हो । उक्त कोल्ड स्टोरको शिलन्यास कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गरे ।
प्रधानमन्त्री कृषी आधुनिकरण परियोजना कार्यान्वय एकाइ मोरङ र कटहरी गाउँपालिकाले भ्याटसहित २४ लाख ३२ हजार ४ सय ९ रुपैयाँ लागतमा उक्त कोल्ड स्टोर निमार्ण गर्न लागेको छ ।
कोल्ड स्टोर निमार्णको लागि परियोजनाले ८० प्रतिशत र गाउँपालिकाले २० प्रतिशत लागत व्यहर्ने सहमति भएको छ । जस अनुसार परियोजनाले १९ लाख ४७ हजार ५७ रुपैयाँ र गाउँपालिकाले ४ लाख ८५ हजार ३५२ रुपैयाँ व्यहोर्नुपर्ने सम्झौतामा उल्लेखछ । शिलन्यास कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकको उत्पादन खेर नजाउने बताए । ‘अब कृषकले आफ्नो उत्पादन खेर जाने समस्याबाट मुक्ति पाउँदैछन् । कोल्ड स्टोर निमार्ण भएर संचालनमा आएपछि कृषकले उत्पादन गरेको कृषी उपज खेर जाँदैन । भण्डारणको उचित व्यवस्थापन हुनेछ,’ अध्यक्ष चौधरीले भने, ‘निमार्ण सुरू भएको ढिलोमा दुई महिना भित्रमा पुरा भएर संचालनमा ल्याउन लागि पर्नेछौं ।’ परियोजनाले मोरङको कटहरी र जहदाको केही वडालाई समेटेर कृषी जोन क्षेत्र घोषणा गरेको छ ।
कटहरीको २, ३, ४ र ६, जहदाको ३ र ४ नम्बर वडालाई समेटेर ८ सय हेक्टर जग्गामा तरकारी जोन घोषणा गरेर व्यवसायीक रुपमा तरकारी खेती गर्दै आएको छ । उक्त जोनबाट उत्पादन भएको बस्तु विक्री वितरण गर्नको लागि कोल्ड स्टोर निमार्णको लागि परियोजनाले गत मंसिर १३ गते सूचना जारी गरेको थियो । त्यसपछि उपयुक्त स्थान कटहरीको फलफूल तथा तरकारी थोक बजार भित्र उपयुक्त भएपछि त्रिपक्षीय सम्झौता गरिएको इकाइ प्रमुख मनोज कुमार यादवले बताए । १५ मेक्ट्रिक टन क्षमताको कोल्ड स्टोरमा तीन वटा कोठा हुनेछ । ५ टन क्षमताको तीन वटा कोठा रहनेछ । प्रविधिमा आधरित निमार्ण हुने कोल्ड स्टोर कृषक र व्यवसायिक प्रयोजनको लागि भाडामा लइनेछ । ‘कृषकहरूले कृषीजन्य उत्पादन एक हप्तासम्म भण्डारण गरिएको शुल्क लाग्नेछैन । त्यसपछि उचित शुल्क लाग्नेछ । अन्य उत्पादक उद्यमी व्यवसायीहरुको सामाग्रीहरु भण्डारण गर्दा नियमानुसार शुल्क लिई सेवा दिइनेछ,’ इकाइ प्रमुख यादवले भने, ‘कोल्ड स्टोर निमार्ण भएपछि कार्यविधी बनाएर काम गरिनेछ ।’ कृषक र व्यवसायिक प्रयोजनको लागि कोल्ड स्टोरको माग बढदै गएमा थप विस्तार गरिने उनले बताए । ‘माग वृद्धि हुँदै गए आगमी आर्थिक वर्षहरूमा भण्डारण क्षमता वृद्धि गर्दै जाने योजना रहेको छ,’ उनले भने ।
विराटनगर । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरले एकै दिन विभिन्न अपराध गरी फरार १३ जना प्रतिवादीहरु पक्राउ गरेको छ । प्रहरीले ‘फरार पक्राउ’ अभियान सुरु गरि विभिन्न अपराध गरी फरार भएका प्रतिवादीहरु धमाधम पक्राउ...
काठमाडौं, १ जेठ-सरकारले उपत्यकामा लकडाउनलाई थप कडाइ गर्ने भएको छ । राजधानीसँगै देशभर कोरोना भाइरसका संक्रमित बढ्दै गएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्ने रणनीति तयार गरेको हो । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रमुख, डीआईजी विश्वराज...
विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...
विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका...
विराटनगर, बैशाख १७–बिराटनगर–१३ मा गाडीको टायर पड्कीँदा भारत समस्तिपुरका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर–१३ स्थित एक घरको सटर भाडामा लिई गाडिको टायरको पम्चर बनाउने काम गर्दै आएका हैदरको चक्कामा हावा हाल्ने...
विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल...
विराटनगर । मोरङ उद्योग व्यापार संघको अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष अनुपम राठी निर्विरोध निर्वाचित भएका छन् ।संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् ।संघमा...
नेकपाको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबारको स्थायी कमिटीको बैठकका लागि लामाको निधनको शोक प्रस्ताव मात्रै कार्यसूचीमा राखिएको थियो । स्थायी कमिटीको अर्को बैठक १ पुसमा...