विराटनगरमा चौथो नेवा महोत्सव सुरू, एकै ठाउँमा थरी–थरीका परिकार
शुक्रबार, १४ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित झीः पुचमा नेवा : त : मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घ (झी पुचः) को आयोजनामा शुक्रबारदेखि नेवा : त: मुँज्या र चौथो नेवा : महोत्सव सुरु भएको हो । विराटनगर १० स्थित बङ्गलामुखी मार्गमा रहको झी पुचः मार्गमा शनिबारासम्म संचालन हुने उक्त महोत्सवमा दुई दिने तमुज्याँ कार्यक्रम पनि गरिएको छ । महोत्सवको उद्घाटन उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीले गरे ।
दुई दिनसम्म संचालन हुने महोत्सवमा कोशी प्रदेश भित्रका प्राज्ञिक बुद्धिजीवी विज्ञ एवम् नेवाः सङ्घ संस्थाका प्रतिनिधिहरूको भेला गरी भाषा संस्कृतिको संरक्षण, प्रवर्द्धन र संवर्द्धनको लागि समसामयिक विषयमा छलफल अन्तरक्रिया गरिने झी : पुचका अध्यक्ष भविश श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा विभिन्न नेवाः तथा अन्य जातीय परिकारका फुड स्टल, स्वदेशी हस्तकलाका स्टल रहेको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ । नेपाल भाषा तथा सांस्कृतिक सङ्घले सामूहिक गाईजात्रा, व्रतबन्ध, बेल विवाह, शंख्वधन साख्वा स्मारक तथा मार्ग निर्माण, लाखे नाच, झी पुचः जातीय सङ्ग्रहालय स्थापना सहितको सांस्कृतिक कार्य गर्दै आएको सङ्घका महासचिव सुभाष अमात्यले जानकारी दिए । हरेक वर्ष नेवाः नेवा महोत्सव गर्दै आएकोमा यो वर्ष चौथो महोत्सव हो ।
विराटनगर । सर्वसाधरणले बचत गरेको अर्वो रुपैयाँ हिनामिना गरेको आरोपमा विराटनगर – ३ मा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना संचालक विरुद्ध मोरङ प्रहरीले ठगी मुद्दामा जाहेरी दर्ता गरेर...
विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत सोमबार विभिन्न स्पर्धाका सेमिफानल खेलहरु सम्पन्न भएका छन् । छात्र फुटबलमा कान्तिपुर र रेडस्टार कलेज विजयी भई फानलमा प्रवेश गरेको छ । पहिलो...
विराटनगर । कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले पदक जित्ने तेक्वान्दोका खेलाडीहरुलाई सम्मान गरेको छ ।भारतको हैदरावादमा सम्पन्न भएको ७ औं दीक्षण एशियाली आइटिएफ तेक्वान्दो प्रतियोगितामा कोशी प्रदेशबाट छनौट भएर पदक ल्याउने खेलाडीहरुलाई सम्मान गरेको हो...
इलाम, १७ साउन-इलाममा सशस्त्र प्रहरीका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही...
काठमाडौं, २१ साउन । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले पदबाट राजीनामा दिएका छन् । आफूलाई नियुक्त गर्ने केपी अोली नेतृत्वको सरकार अदालतका परमादेशबाट हटेपछि विष्टले राजीनामा दिएका हुन् । विष्टले सञ्चार मन्त्रालयमा राजीनामा...
काठमाडाैं, १६ भदौ-कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे । कक्षा ११ र १२ हेर्ने परीक्षा...
विराटनगर । मोरङमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ ।साउन २८ देखि ३२ गतेसम्म मोरङमा दादुरा – रुबेला खोप अभियान सुरु हुने भएको हो । स्वास्थ्य कार्यालय मोरङ...
विराटनगर, १ जेठ । कोरोना महामारीले आक्रान्त बनाएको भारतको नयाँ दिल्लीका अस्पतालहरुमा अक्सिजन सप्लाईमा समस्या आउँदा बिरामीले ज्यान गुमाए । महाराष्ट्रको एक अस्पतालमा अक्सिजन ट्याङ्कर आधा घण्टा लिक हुँदा २२ संक्रमितको मृत्यु भयो । विराटनगरमा...