लैंगीक समानता तथा समावेशीकरण नीति बनाउने तालिम सम्पन्न, ९ स्थानीय तहको २५ जनाको सहभागि
बिहिबार, ०६ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति (जेसी पोलेसी) बनाउने एक दिने तालिम सम्पन्न भएको छ ।
दलित महिला केन्द्र नेपालले बिहीबार मोरङको सुन्दरहैचना नगरपालिकामा उक्त तालिम सम्पन्न भएको हो ।
उनीहरुले आउने नीति तथा कार्यक्रममा लैंगीक समानता तथा सामाजिक समावेशीकरण बनाएर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले आगमी आर्थिक वर्षमा बनाउने नीति लंैगीक समानता र समाजिक समावेशीकरण बनाएर कार्यन्वयन गर्ने बताए । महिला तथा वङ्ञ्चतीकरणमा परेको वर्गको आर्थिक, समाजिक र शैक्षिक विकासको लागि नीति बनाएर अगाडी बढने उपाध्यक्ष अधिकारीले बताए । यसैगरी लेटाङ नगरपालिकाका उपप्रमुख कृष्णकुमारी निरौला पोखरेलले सबै तह, क्षेत्र, संरचना र कार्यक्रममा लैंगीक तथा सामाजिक समावेशीकरण नीति सबै स्थानीय तहले बनाएर अगाडी बढनुपर्नेमा जोड दिइन् । यो नीति बनाउँदा स्तरउन्नती पनि बढने भएकाले कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताइन् ।
एक दिने तालिममा मोरङका ९ पालिकाका २५ जनाको सहभागि रहेको दलित महिला केन्द्र नेपालकी कार्यक्रम संयोजक निलम ढुंगेलले जानकारी दिइन् । उनका अनुसार लैंगीक समनता तथा सामाजिक समावेशी करण नीति बनाउने तालिम बुधबार सुनसरीमा पनि सम्पन्न भएको छ । शुक्रबार झापामा हुने उनले बताइन् । यो कार्यक्रम मोरङको कानेपोखरी, ग्रामथान, कटहरी, रंगेली, केराबारी, बेलबारी, सुन्दरहरैचा र लेटाङ नगरपालिका गरी ९ वटा स्थानीय तहमा कार्यक्रम रहेको उनले बताइन् । उक्त तालिमको सहजिकरण प्रदेश योजना आयोगका पूर्व सदस्य नारायण कोइरालाले गरेका थिए । यसअघि पनि उक्त तालिम मोरङका स्थानीय तहका जनप्रतिनिधीहरुलाई दिएको थियो ।
विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक उमा कुमारी गुरुङ र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी सहायक हवल्दार सुदर्शन कालाखेती पुस महिनाको सर्वोत्कृष्ट प्रहरी प्रहरी घोषित भएका छन् । १ नम्बर...
कथाकार शंकर खरेलको १७ औं कृति ‘टिलो’ कथासङ्ग्रह सिक्किममा सार्वजनिक भएको छ । सिक्किम राज्यमा २५ बर्ष मुख्यमन्त्री चलाएका सिक्किम प्रजातान्त्रि मोर्चाका अध्यक्ष पवन चामलिङले कथासङ्ग्रहको विमोचन गरे । सिक्किमको सुन्दरतम् नाम्जीमा आयोजित एक विशेष...
एजेन्सी, चैत १५-अमेरिकाको समृद्ध राज्य न्यूयोर्क यतिबेला इतिहासको सबैभन्दा खतरनाक महामारीसँग जुधिरहेको छ । कोरोना भाइरसबाट शुक्रबार मात्र ८५ न्यूयोर्कवासीले ज्यान गुमाएका छन् । अहिलेसम्म न्यूयोर्कमा ४० हजार मानिस कोरोना संक्रमित भएको पाइएको छ ।हालत...
काठमाडौं । नेपाल क्रिकेट संघले टि–२० विश्वकप छनोट प्रतियोगिताका लागि ३० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ । संघले कारवाही गरेका कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडी पनि प्रारम्भिक टिममा परेका छन् । ओमानमा हुने टि–२०...
काठमाडौं, २५ जेठ-लकडाउनले बन्द भएको सुनचाँदिको कारोबार खुलेको पहिलो दिन नै १० हजारले मुल्य बढेको छ । आइतबारबाट कारोबार खुलेका बजारमा छापावाला सुन प्रतितोला ८७ हजार ४ सय र तेजावी सुन प्रति तोला ८६ हजार...
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवाली कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गरेका छन् ।नेपाल सरकार गृह मन्त्रालयको यही पौष २९ गतेको निर्णयानुसार साईबर...
विराटनगर, १८ जेठ । जिल्ला सुनसरी कोशी गाऊपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पंचायत भिमनगर १३ लालपुर घर भई सुनसरी कोशी...
विराटनगर । कोशी प्रदेश स्तरीय सफ्ट टेनिस प्रतियोगिताको उपाधि श्रेया योञ्जन र आशिष बोहराले जितेका छन् । मोरङ जिल्ला सफ्ट टेनिस संघको आयोजनामा विराटनगरमा बिहीबार सम्पन्न फाइनलमा महिला सिंगल तर्फ श्रेयाले र पुरुष सिंगलमा आशिषले...