विराटनगर । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो ।
यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका थिए । कार्य ब्यस्तताको कारण बास्तोलाले राजीनामा दिएका हुन ।
गुणस्तरीय शिक्षा प्रदान गरि अब्बल कलेजको रुपमा अर्किडलाई अगाडी बढाउने नवनियुक्त प्राचार्य श्रेष्ठले बताए । विद्यार्थी किताबि ज्ञानमा मात्र अब्बल भएर हुदैन, बदलिँदो युग अनुसार प्रतिष्पर्धि बन्न सक्नुपर्छ भन्ने मान्यताका साथ अर्किडले विद्यार्थीको सर्वाङ्गिण विकासका निम्ति आवश्यक वातावरण तयार पार्ने उनले बताए । हरेक विद्यार्थीलाई खोज अनुसन्धान होस या इच्छाअनुसारको कम्तिमा दुई विधामा अतिरिक्त कृयाकलापमा भाग लिन उत्प्रेरित गर्दै अगाडी बढाउने उनले बताए । अर्किड कलेजका अध्यक्ष अमित ढकालले प्राचार्यमा सीएम श्रेष्ठको आगमनले शिक्षा क्षेत्र सुधारमा ठूलो टेवा पुग्ने बताए ।
कक्षा १२ सम्म पढाइ हुने अर्किडमा विज्ञान, व्यवस्थापन पढाइ हुने गरेको छ ।
विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...
विराटनगर । विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आयोजना गरेको व्यापार मेला सम्पन्न भएको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा आयोजना गरेको व्यापार मेला ‘रोटरी ट्रेड फेयर’ सम्पन्न भएको हो । ...
धादिङ, ८ जेठ-धादिङको गंगाजमुना गाउँपालिकाका १ वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकमा बेहोश भएर मृत्यु भएको छ । गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश...
काठमाडौं, पुस २५–मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या गर्ने ६ जनालाई सिन्धुपाल्चोक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । भारत बिहार पर्सा जिल्ला पोखरीया नगरपालिका–८ बस्ने ३७ वर्षका राजकुमार मुखियालाई आफ्नै साथीहरुले सामान्य...
विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको निधन भएको छ । नेकपा एमाले इलामका कार्यालय सचिव र एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य रहेका...
धनगढी, १४ जेठ-कैलाली र कञ्चनपुरका मृतक २ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार राति कञ्चनपुरको कृष्णपुर नगरपालिका–७, मा क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा वडाध्यक्षको मृत्यु भएको थियो । बुधबार बिहान सेती प्रादेशिक अस्पतालमा...
सरकारले मुलुकभर भएका ग्रामिण स्वास्थ्य स्वंयम सेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आईतबार साँझ बसेको बैठकले ग्रामिण स्वास्थ्य स्वयंम सेविकाहरुलाई उचित प्रोत्साहन भत्ता...