विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशाल्टी अस्पतालले ‘अनलाइन टिकटिङ्ग प्रणालीे’ सेवा संचालनमा ल्याएको छ । स्वास्थ्य प्रविधि सेवा प्रदायेक संस्था आईमर्क डिजीटल प्रालीको डाफें हेल्थ सेवा अन्तर्गत उक्त सेवा आइतबारदेखि संचालनमा ल्याएको हो ।
यस प्रणालीबाट, बिमारी तथा अस्पतालको सुविधा लिन चाहने जोसुकैले अब घरमै बसी–बसी चाहेको चिकित्सको टिकट सजिलै काट्न सक्ने अस्पतालले बताएको छ । अनलाइन टिकटिङ्ग प्रणाली भित्र ‘न्यूरो हस्पिटल’ मोवाइल एप र वहेपसाइट पनि रहेको छ । आफुले चाहेको चिकित्सको सेवा शुल्क पनि अनलाइन खल्ती र इसेवाबाटै सहज भुक्तानी गर्न सकिने व्यवस्था अस्पतालले बनाएको छ । समयको महत्वपूर्ण बचतका साथै चिकित्सकीय टिकटिङ्ग प्रक्रिया सम्पन्न हुने गरी बिमारीहरुले अनलाइन बाटै सहज आवेदन दिने व्यवस्था गरिएको छ । यो साझेदारीले न्युरो अस्पतालको सेवाहरूलाई अझ प्रभावकारी बनाउने उद्देश्यले रहेको अस्पतालका निर्देशक राजेश भट्टराईले बताए । ‘हाम्रो उद्देश्य स्वास्थ्य सेवा प्रदान गर्ने प्रक्रियाहरूलाई अझ सुविधाजनक बनाउनु हो । यो अनलाइन टिकटिङ्ग प्रणालीले बिरामीहरुको जीवनमा सहयोग प्रदान गर्नेछ । नेपाल मात्र नभई भारतबाट आउने बिरामीहरुका लागि पनि यो सेवा अझ फल्दाही हुने हामीले विश्वास ठानेका छौ,’ निर्देशक भट्टराईले भने ।
डाफें हेल्थका प्रमुख कार्यकारी अधिकृत युबराज पराजुलीले बिगत १६ वर्ष देखि संस्थाले हेल्थ टेकमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको र अझ परिस्कृत हेल्थ सोलुसन् प्रधान गर्ने उद्देश्यका साथ यस साझेदारी गरिएको बताए । यो अनलाइन प्रणाली सुरु भएपछि बिरामीहरूले सजिलै र तत्काल तथा सुविधाजनक रुपमा आफुले चाहेको चिकित्सकीय सेवा आफुले चाहेको मिति र समयमा बुकिङ गर्न अस्पतालले जनाएको छ । यसैगरी बिरामिको विवरण र नोटः न्युरो हस्पिटल एप मार्फत सिधै डाक्टरहरूले बिरामीको सम्पूर्ण विवरणहरू एकीकृत हस्पिटल व्यवस्थापन प्रणालीमा देख्न र नोट राख्न सक्नेछन् । विशेष सेवाहरूको अधिकार र पहुँचः बिरामीहरूले ल्याब रिपोर्ट सिदै न्युरो हस्पिटल एप बाट प्राप्त गर्न सक्ने बताइएको छ ।
विराटनगर । विराटनगर ९ स्थित फ्रेन्स कनर रेष्टुरेन्ट एण्ड लजमा मोरङ रतुवामाइ नगरपालिकाका एक जना ब्यापारी मृत भेटिएका छन् । रतुवामाइ नपा ५ लारिकट्टा घर भई रंगेली २ बेतौनामा होलसेलको किरना पसल गर्दै आएका वर्ष...
विराटनगर । विराटनगर(९ स्थीत हिमालय दर्शन कलेजले भर्ना भएका विद्यार्थीहरुलाई ‘इन्डक्सन सेसन’ सुरु गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरी चार दिने इन्डक्सन सेसन सुरु गरेको हो ।कार्यक्रममा कलेजको बारेमा अभिमुखिकरण पनि गराएको...
काठमाडौं, ५ साउन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सचिव र सदस्यलाई आज मनोनयन गरेका छन् । सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत १९ फागुनमा मनोनयन गरेका...
विराटनगर । एनबीएससी क्रिकेट क्लब विराटनगर प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आज विराटनगर जुट मिलमा भएको दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले हराउँदै एनएनबीएससी...
नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....
विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...
विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...
विराटनगर । मापदण्ड विपरीत खोला उत्खनन गर्ने ठेकेदार कम्पनीलाई कटहरी गाउँपालिकाले जरिवना गरेको छ ।गाउँपालिकाको बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख...