शिक्षादीपमा साइबर सेक्युरिटी सम्बन्धी तीन दिने कार्यशाला सुरु
आइतबार, २५ चैत, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा साइबर सेक्युरीटि दोस्रो कोड शिविर र एथिकल ह्याकिङ कार्यशाला सुरु भएको छ । कक्षा ११ मा अध्ययनरत विज्ञान र व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुको लागि तीन दिने उक्त कार्यशाल आइतबारदेखि सुरु भएको हो ।
तालिममा विज्ञान र व्यवस्थापक संकायका ४ सय बढी विद्यार्थीहरु सहभागि रहेको शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले जानकारी दिए । विद्यार्थीहरुलाई समय सुवाउँदो प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले दोस्रो पटक विज्ञ टोली ल्याएर कार्यशालामा सहभागि गराएको प्रिन्सिपल खड्काले बताए । ‘प्राविधिक शिक्षा अहिलेको जीवन उपमुखी शिक्षा हो । यसमा विद्यार्थीहरुलाई जोडेर स्वरोजगार बनाउने हाम्रो उद्देश्य हो । यस्तो खालको कार्यशाला शिक्षादीपले पहिलो पटक काठमाण्डौबाहिर विराटनगरमा गरेको छ,’ प्रिन्सिपल खड्काले भने, ‘जहिले पनि नयाँ कुरा हामी ल्याउँछौं । यसको नेतृत्व गरेर शिक्षादीपक अगाडी बढेको छ ।’ विद्यार्थीहरुलाई समय सुवाउँदो शिक्षाको लागि प्राविधिकमा बढी जोड दिएर अगाडी बढउने उनले बताए ।
आउँदो नयाँ शैक्षिक शत्रबाट आफ्नो आइटि ल्याब शिक्षादीपले स्थापना गर्ने पनि प्रिन्सिपल खड्काले बताए । ‘अहिले कलेजमा रहेको ५४ भन्दा बढी कम्प्युटरमा ल्याबमा विद्यार्थीहरुले एक साथ कम्प्युटर ल्याबमा काम गर्दै आएका छन्,’ उनले भने ।
तीन दिने कार्यशाला गोष्ठीको सहजिकरण कोड हिमालयका साइबर सेक्युरिटी डिभिजन प्रमुख भरत बस्यालले गरेका छन् । कार्यशालामा साइबर सुरक्षा सम्बन्धी अन्य विभिन्न विषयमा जानकारी विद्यार्थीहरुलाई गराइने उनले बताए ।
काठमाडौं, ३ वैशाख-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ७ वटै प्रदेशका सभामुखसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रणमा प्रदेश र स्थानीय तहमा देखिएका समस्याको समाधानका लागि गरिएका प्रयासका विषयमा बुधबार अध्यक्ष तिमिल्सिनाले ७...
काठमाडौं, १९ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १४ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...
विराटनगर । सार्वजनिक सवारीसाधनका कर्मचारी (चालक, सहचालक, परिचालक) लाई लक्षित गरेर मोरङ ट्राफिक प्रमुख प्रहरीले विराटनगरमा लापसे (लागू पदार्थ सेवन) सम्बन्धी चेकजाँच अभियान सुरु गरिएको छ ।नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोसँग समन्वय गरेर ट्राफिक प्रहरीले...
काठमाडौं, २२ वैशाख-नेपालमा सबैभन्दा बढी प्रदेश-१ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् ।कुल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश-१ मा मात्रै ३१ जनामा संक्रमण दखिएको प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
प्रदेश ५ को सरकारले २०७७ सालमा प्रदेशको तर्फबाट ६ दिनको बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो । प्रदेश सरकारले एक वर्षमा बकरइद, माघ १ र २...
विराटनगर । विराटनगरस्थित डिग्री क्याम्पस परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । अखिल क्रान्तिकारी डिग्री क्याम्पस इकाइले मंगलबार जनयुद्ध दिवसको अवसर पारेर क्याम्पस परिसरमा वृक्षारोपण र सरफाइ कार्यक्रम आयोजना गरेको हो ।नेकपा माओवादी...
विराटनगर, ५ वैशाख-कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरूले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने...
काठमाडौं, ३१ भदौ-नेपाल आयल निगमले पेट्रोलको मूल्य यथावत राख्दै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको छ । निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए...