कटहरीको सडक कालोपत्रे गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित

 न्यूज विराट
कटहरीको सडक कालोपत्रे गर्ने प्रतिबद्धतापछि आन्दोलन स्थगित

विराटनगर । विराटनगरको हाटखोला– रंगेली हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्ड कालोपत्रे गर्ने सहमति भएपछि स्थानीयले आन्दोलन स्थगित गरेका छन् ।

तीन महिना भित्र उक्त सडक कालोपत्रे गर्ने ठेकेदार कम्पनीले सहमति गरेपछि यहाँका स्थानीयले एक हप्तादेखी गर्दै आएको आन्दोलन मंगलबारदेखि स्थगीति गरेका हुन् ।

उक्त निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै कटहरीका स्थानीय १५ चैतदेखि ख निरन्तर रुपमा आन्दोलनमा रहेका थिए ।
स्थानीयले मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीको उपस्थीतिमा आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । तीन महिनाभित्रमा हुलाकी सडक खण्ड अन्र्तगत कटहरी क्षेत्रको सडक कालोपत्रे नभए पुनः आन्दोलनमा उत्रिने कटहरीका स्थानीय संन्जय मण्डलले बताए । ‘स्थानीय प्रशासनको उपस्थितीमा ठेकेदार कम्पनीले कटहरीको खाल्टाखुल्टी सडक पुर्ने र विहान बेलुका पानी लगाएर धुलो नउठाउने सहमति भएको छ,’ उनले भने, ‘तीन महिनाभित्रमा यो सडक कलोपत्रे गर्ने सहमति भएको छ । नभए फेरी हामी स्थानीय आन्दोलनमा उत्रिनेछौं ।’

सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै यहाँका स्थानीयले १५ चैतदेखि दैनिक एक घण्टा सडक अवरुद्ध गरेर आन्दोलनमा होमिएका थिए ।

मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको सिंघिया खोलासम्मको ४४ किलोमिटर खण्डको भौतिक प्रगति सुस्त हुँदा सर्वसाधारणले सास्ती बेहोर्नु परेको हो । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ ।
२०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० सालसम्म पु¥याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।
सडक निर्माण पूरा नहुँदा सर्वसाधारण कष्ट भोग्नु परेको छ । बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्न समेत समस्या हुने गरेको छ ।
ठेकेदार कम्पनी गजुरमुखी र श्रेष्ठ कन्स्ट्रसन प्रालिले ठेक्का लिएको कर्सिया सडक खण्ड हुँदै विराटनगर केशलीया सडकको काम भने ३० प्रतिशत मात्र भएको छ । पूर्व–पश्चिम राजमार्गको वैकल्पिक हुलाकी सडक अन्तर्गत मोरङमा पाँचवटा निर्माण कम्पनीले काम गरिरहेका छन् ।

सम्बन्धित समाचार

करिब १ करोडको सुनसहित तीन जना पक्राउ

काठमाडौं, माघ २९–प्रहरीले करिब १ करोड रुपैयाँबराबरको सुनसहित तीन जना पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले उनीहरूलाई बुधबार थानकोट सतुंगलबाट पक्राउ गरेको हो । पक्राउ...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

१६ खर्ब ३० अर्बको बजेट ल्याउने तयारी

 काठमाडौं, २१ वैशाख-सरकारले आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब १ खर्ब रूपैयाँले बढाउने भएको छ । चालू वर्षको बजेटमा ६ प्रतिशतसम्मको बजेट वृद्धि गर्न सकिने र सोही सिलिङभित्र बसेर बजेट तयारीको काम...

लकडाउनका कारण स्थगित आयोजनाको सुरु गर्न पास वितरण

काठमाडौं, २४ वैशाख-लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् । लक डाउनले निर्माण सामग्री ढुवानीमा समस्या भएपछि बन्द भएका कतिपय आयोजनाहरुको निर्माण कार्य सुरु भएको छ । लक लकडाउनपछि रोकिएका...

संक्रमितको संख्यामा कमी आउन थाल्यो, अस्पतालमा चाप घट्योः ट्रम्प

एजेन्सी, बैशाख २-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस संक्रमितको संख्यामा कमी आउन थालेको दाबी गरेका छन् । अमेरिकामा कोरोना भाइरसबाट दैनिक २५ हजारदेखि ३० हजारसम्म संक्रमित भइरहेका बेला ट्रम्पले संक्रमितको संख्यामा कमी आउन थालेको दाबी...

कोरोना भाइरसबाट गर्भवती नर्सको मृत्यु, बच्चा जीवितै निकालियो

एजेन्सी, बैशाख ४-कोरोना भाइरसको संक्रमणबाट बेलायतमा एक गर्भवती नर्सको मृत्यु भएको छ । तर चिकित्सकहरुले उनको पेटमा रहेको बच्चा शल्यक्रियामार्फत जीवितै निकाल्न सफल भएका छन् । लुटन एन्ड डलस्टेबल युनिभर्सिटी अस्पतालमा २८ वर्षकी नर्स मेरी...

प्रधानमन्त्री देउवाले भने– नयाँ भेरियन्टको डर बढ्यो

काठमाडौं, ६ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा कोभिडको नयाँ भेरियन्टको डर बढेको बताएका छन् । नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोभिडको पुराना असरबाट उठ्ने प्रयत्न गरे पनि नयाँ...

ऋचा मेमोरियल टी–२० क्रिकेट : सुदुरपश्चिमलाई हराउँदै नेपाल पुलिसको लगातार दोस्रो जित

विराटनगर । नेपाल पुलिस प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । पुलिसले सुदुरपश्चिमको एनबी ग्रुपलाई ६ विकेटले निराश बनाउँदै सानदार जित हात पारेको हो । सुदुरपश्चिमको लगातार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्