सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित मोरङ जिल्लाभरी गरियो द्वीप प्रज्वलन, मंगलबार जिल्लास्तरमा एकिकृत रुपमा मनाइदै

 न्यूज विराट
सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित मोरङ जिल्लाभरी गरियो द्वीप प्रज्वलन, मंगलबार जिल्लास्तरमा एकिकृत रुपमा मनाइदै

विराटनगर । ६७ औँ सहकारी दिवसको पूर्वसन्ध्यामा विराटनगरसहित जिल्लाभर द्वीप प्रज्वलन गरिएको छ । प्रदेश राजधानी विराटनगरसहित मोरङ सवै स्थानीयतहमा सोमबार साँझ द्वीप प्रज्वलन गरिएको हो । 

विराटनगरमा सयौँ सहकारी अभियान्ताहरुको सहभागीतामा विराटनगरस्थित जनआन्दोलन चोकमा द्वीप प्रज्वलन गरिएको हो । द्वीप प्रज्वलन कार्यक्रममा जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा. डिल्ली पोखरेल, प्रदेश सहकारी रजिस्टार हरी बहादुर खत्रीलगायत सयौँ सहकारी अभियान्ताहरुको सहभागीता रहेको थियो । 

मंगलबार विराटनगरमा जिल्ला व्यापी एकीकृतरुपमा भव्य तरिकाले यसपटकको ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । यसैको पूर्वसन्ध्यामा सोमबार साँझ विराटनगरमा द्वीप प्रज्वलन गरिएको जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डा. पोखरेलले बताए । 

यसपटक विराटनगरमा जिल्लस्तरीय बृहतरुपमा ६७ औँ सहकारी दिवस मनाउन लागिएको छ । ‘सहकारीमा सुशासन प्रविधि र एकीकरण’ भन्ने मुल नाराका साथ चैत २० गते मंगलबार सहकारी दिवस मनाउन लागिएको हो । 

राष्ट्रिय सहकारी दिवसलाई भव्य बनाउन मोरङका सवै सहकारी र अभियान्ताहरु लागि परेका छन् । जिल्ला सहकारी संघ मोरङको आयोजनामा हुने सो दिवस मनाउन कार्यक्रम भएका छन् । यसअघि जिल्ला व्यापीरुपमा मोटरसाइकल र्याली निकालिएको थियो । 

सो र्यालीमा हजारौँको संख्यामा सहकारी अभियान्ताहरुको सहभागीता रहेको थियो । मंगलबार दिवसको अवसरमा विराटनगरस्थित होटल मनास्लु इनमा बृहत कार्यक्रमा आयोजना गरिएको छ । विराटनगरमा तय गरिएको राष्ट्रिय सहकारी दिवस भव्य बनाउन सबै सहकारीका सञ्चालकहरु आ–आफ्नो क्षेत्रबाट लागि परेको प्रचारप्रसार उपसमितिका सह–संयोजक अविनाशकुमार निधीले जानकारी दिए । 

सम्बन्धित समाचार

अमेरिकी राष्ट्रपति बाइडेनले लगाए म्यानमारका सैनिक नेताहरूलाई प्रतिबन्ध

म्यानमारमा गत साता भएको सैन्य कूको विरोधमा दशौँ हजार मानिसले विरोध जारी राखिरहेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो कदम सैनिक...

लकडाउनको उल्लंघन गर्दै नाराबाजी गर्ने जसपाका १५ कार्यकर्ता पक्राउ

जनकपुर, ८ जेठ-लकडाउनको उल्लंघन गर्दै जनकपुरधाममा नाराबाजी गर्ने जनता समाजवादी पार्टी (जसपा)का १५ जना नेता/कार्यकर्तालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । जसपाका युवा नेता नवीन यादव र मुकेश झाको नेतृत्वमा प्रदर्शन गरिएको हो । केही...

रञ्जु दर्शनासहित १ सय ३ जना गिरफ्तार

काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन...

आइटिएफ तेक्वाण्डो विभाग गठन : संयोजकमा अन्जना, उपप्रमुखमा चतुरलाल

विराटनगर । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आइ. टि. एफ. तेक्वाण्डो विभाग गठन भएको छ । विराटनगरमा आइतबार एक कार्यक्रम आयोजना गरी विभाग गठन गरेको हो । आइटिएफ तेक्वाण्डो विभागको प्रमुखमा अन्जना शिवाकोटी, उपप्रमुखमा चुतरलाल चौधरी...

घरेलु तथा साना उद्योगका समस्या समाधान गर्न माग

विराटनगर, फागुन २२–घरेलु, लघु तथा साना उद्योगीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा उद्योगीहरुले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई...

राष्ट्र बैंकको नीतिको कारण अटो व्यवसायी सडकमा, गाडी बिक्रीको वातावरण बनाउन माग

विराटनगर । अटो मोबाइल्स व्यवसायीहरू सरकार विरुद्धका चर्का नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकेर सडकमा उत्रिएका छन् । खासगरी सरकार, राष्ट्र बैंकको पछिल्लो नीतिले अटो मोबाइल्स व्यवसाय नै धरासायी हुन पुगेको भन्दै व्यवसायीहरू आन्दोलित भएका...

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

काठमाडौं, ५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।

आज दशैँको पाचौँ दिनः नवरात्रमा पार्वतीबाट जन्म लिएकी स्कन्दमाताको पूजा आराधना

काठमाडौँ, २५ असोज-नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्