मिल्स भेट्रान्स गोल्डकप, गछिया र इटहरी भेट्रान्स क्बल विजयी

 न्यूज विराट
मिल्स भेट्रान्स गोल्डकप, गछिया र इटहरी भेट्रान्स क्बल विजयी

विराटनगर । विराटनगरमा जारी दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा गछिया भेट्रान्स क्लब र हाम्रो भेट्रान्स क्बल इटहरी विजयी भएको छ ।
विराटनगर जुट मिलको खेल मैदानमा आइतबार भएको पहिला खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लब रानीलाई ३ –१ गोलले हराउँदै गछिया विजयी भएको हो ।
जितको लागि गछियाको तर्पmबाट सन्देश श्रेष्ठ, होमनाथ बराल र सिताराम बास्तोलले गोल गरे । सान्तवना गोल मिल्सको तर्फबाट बिजय राईले फर्काए ।
म्यान अफ द म्याच गछियाको इन्द्र राइ घोषित भए । उनले नगद ११ सय पाए ।
सोही दिन भएको दोस्रो खेलमा हाम्रो भेटान्स क्बलले दमक लखनपुर भेटान्स क्बललाई १–० गोलले पराजित गर्यो । जितको लागि इटहरीका लिलाराम मगरले निर्णायक गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए ।
सोमबारका पहिलो खेल ग्रामथान र जनता इटहरी बीच हुनेछ भने सोही दिन दोस्रो खेल मनिङ विराटनगर र धरान भेट्रान्स क्बलबीच हुनेछ ।
मिल्स भेट्रान्स फुटबल क्बल रानीको आयोजना सुरुमा भएको प्रतियोगिता चैत २४ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्सफ क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।

सम्बन्धित समाचार

प्याब्सन स्पोर्टस मिटको उपाधि पूर्वाञ्चल ऐकेडेमी र कोशी मोडललाई

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका – ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमी र विराटनगरमा रहेको ग्यालेक्सी पब्लिक हाइस्कुल ( कोशी मोडल) स्कुलले जितेको छ । विराटनगरमा आइतबार सम्पन्न भएको...

एसइई परीक्षा दिने विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा शुभकामना दिएको छ । सोमबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण तथा...

असारभित्रै रेल सञ्चालनमा ल्याउने तयारी

धनुषा, फागुन १५–नेपाल सरकारले आउँदो असारबाट रेल चलाउने आन्तरिक तयारीमा जुटेका छन् । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म पहिलो चरणमा रेल चलाउने तयारी भएको रेल विभागका महानिर्देशक वलराम मिश्रले बताए । रेल विभागले रेल सञ्चालनका लागि...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

मोरङ व्यापार संघ ट्रेड एक्स्पो शुक्रबारबाट, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ –को आज शुक्रबारबाट सुरु हुने भएको छ । विराटनगर २ स्थित विराट नर्सिङ होम पूर्व शंकरपुर मार्गमा पुस ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पो मोरङ व्यापार...

विराटनगरमा ढाका महोत्सव सुरु, १४ जिल्लाका ३० स्टल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।...

विराटनगरमा द स्किन स्टुडियो संचालनमा

विराटनगर । विराटनगर – ७ हस्पिटल चोकमा ‘द स्किन स्टुडियो’ संचालनमा आएको छ ।वरिष्ठ छाला चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. ज्योती कार्कीले उक्त स्टुडियो बिहीबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएकी हुन् ।स्टुडियोको उद्घाटन...

मोरङको ६ ठाउँमा यात्रु साहयता कक्ष सञ्चालन

विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगर बसपार्कमा आइतबार बिहान एक कार्यक्रम आयोजना गरी यात्रु सहायता कक्षको उद्घाटन गरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्