विराटनगर । विराटनगर – ७ हस्पिटल चोकमा ‘द स्किन स्टुडियो’ संचालनमा आएको छ । वरिष्ठ छाला चर्म, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. ज्योती कार्कीले उक्त स्टुडियो बिहीबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएकी हुन् । स्टुडियोको उद्घाटन विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले गरिन् । कोशी अस्पतालमा समेत कार्यरत डा.कार्कीले विराटनगरमा पहिलो पटक अत्याधुनिक उपककरणहरु जडान गरि द स्किन स्टुडियो संचालनमा ल्याएकी छिन् । स्टुडियोमा डर्मा फिलर, माइक्रोनेडलिंग, कपालको पीआरपी, रासायनिक पिलिङ्ग, हाइड्रोफेसियल, कानको लोबको शल्यक्रिया, तिल, मुसा, मिलिया, दाग हटाउनेलगायतकासबै प्रकारका छाला रोगहरूको उपचार हुने उनले बताइन् । ओपीडि सेवा, इलेक्ट्रोकटरी, माइनजर ओटी, एक्सिजनलगायतका सेवाहरु संचालनमा रहेको छ ।
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, विराटनगर ७ का वडाअध्यक्ष मधुबावु तिवारी, कोशी अस्पताल विकास समिति अध्यक्ष डा. फरर्वड सिलवाल, छालारोग विशेषज्ञ डा. अभिनारयण घिमिरे, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
आज प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै भू-भागमा पानी पर्नेछ । आज राति प्रदेश १,...
विराटनगर, २१ वैशाख । कोरोना संक्रमणबाट चार दिनको फरकमा विराटनगर महानगरपालिकामा कार्यरत दुईजना कर्मचारीको मृत्यु भएको छ । नगर प्रहरी हवल्दार सूर्यबहादुर घिमिरेको मृत्यु भएको चार दिन नबित्दै संक्रमणबाट अर्का कर्मचारीको पनि मृत्यु भएको हो...
बुटवल, २३ जेठ-बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोनाका लक्ष्ण नदेखिएपछि उनीहरूलाई आज डिस्चार्ज गरिएको हो । संक्रमित भएर १४ दिन आइसोलेसनमा बसेका उनीहरूमा कोरोनाको कुनै पनि...
प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार हटाउन दबाब दिनुका साथै हटाउन नमानेपछि अनलाइनको सेवा प्रदायक कम्पनीलाई दबाब दिएर उक्त समाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रमेश...
सरकारले १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारतलाई बेच्न थालेकाे छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत् गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।...
काठमाडौं, २० साउन-पार्टीभित्र देखिएको विवादका विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...
काठमाडौं, २ भदौ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । लगातार २ दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो । सोमबार ९८ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला १ लाख ४...
विराटनगर । विराटनगरस्थित सेन्ट्रल मलको पहिलो तलामा जुम्बा डान्स संचालनमा आउने भएको छ । दक्ष प्रशिक्षकबाट सिकाइने जुम्मा डान्स सेन्ट्रल मलमा चाँडै संचालनमा आउने सेन्ट्रल मलका प्रबन्धक निर्देशक बिकास चौधरीले जानकारी दिए । सेन्ट्रल मलमा...