हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का निर्विरोध निर्वाचित

 न्यूज विराट
हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का निर्विरोध निर्वाचित

विराटनगर । हिसान कोशी प्रदेशको अध्यक्षमा पुनः ज्ञान बहादुर खड्का दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् ।
विराटनगरमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट खड्का अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । खड्का विराटनगरस्थित शिक्षादीपक कलेजका प्रिन्सिपल पनि हुन् । नवनिर्वाचित अध्यक्ष खड्काले निजी शैक्षिक संस्थाको हकहितमा लागि परेर काम गर्ने बताए ।


हसिानको बरिष्ठ उपाध्यक्ष गणेश दुलाल, राधेश्याम ढकाल, उपाध्यक्षमा निलम अधिकारी, सचिबमा दिपेश बास्तोला, सहसचिबमा लक्ष्मण ढकाल, कोषाध्यक्षमा भुपेन्द्र न्यौपाने र सहकोषाध्यक्षमा प्रकाश भण्डारी रहेका छन् ।
सदस्यहरुमा चन्द्र प्रसाद खनाल, राजेन्द्र अधिकारी, राम कालाखेती, खेमराज बास्तोला र मनिष भट्टराई रहेका छन् ।

सम्बन्धित समाचार

धनगढीकी कोरोना संक्रमितको छैठौँ रिपोर्ट पनि पोजिटिभ

डडेल्धुरा, १९ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको छैठौँ रिपोर्ट पनि पोजिटिभ देखिएको छ । २८ दिनदेखि उपचार गराइरहेकी धनगढी उपमहानगरपालिका–५ की ३४ बर्षीया महिलाको छैठौँ पटकको थ्रोट स्वाब परीक्षणमा पनि...

सेल्फ मेकअप तालिम सकियो

विराटनगर । १२ दिने सेल्फ मेकअप तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका ५ नम्बर वडाको सहयोग र मिनाज ब्यूटि केयर एण्ड पार्लरको आयोजनामा उक्त तालिम आइतबार सम्पन्न भएको हो ।विराटनगर ५ नम्बर वडा भित्रका...

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ...

लकडाउनका बीच त्रिभुवन विमानस्थलमा पूर्वाधार विस्तार गरिँदै

लकडाउनका कारण देशका अधिकांश आयोजनाका निर्माण कार्य ठप्प भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माणको काम भने रोकिएको छैन । कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउनमा सामाजिक दूरी कायम गर्दै निर्माणको काम भइरहेको...

नेपालमा थप १२८२ जनामा कोरोना पुष्टि, १२६२ जना डिस्चार्ज

काठमाडौं, ११ असोज । नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकाएर शीर्ष नेताले जवाफ दिने

काठमाडौं, १६ असोज । नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज समूहगत छलफल हुँदैछ । विभिन्न...

गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ:देउवा

काठमाडौं, ६ वैशाख ।नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, 'गठबन्धन टुटाउने षड्यन्त्र...

जलेको अवस्थामा वृद्धको शव फेला

तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडाका एक वृद्धजंगलमा जलेको अवस्थामा मृत फेला परेका छन् । मंगलबारदेखि हराइरहेका चुहानडाँडाका ८३ बर्षीय फौदराज पौठाक लामा चौतारी सामुदायिक वनमा जलेको अवस्थामा बुधवार फेला परेका हुन् । मंगलवार सो जंगलमा आगलागी समेत...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्