विराट गोल्डकप सुरु, पुलिसलाई हराउँदै भुटान क्वाटरफाइनलमा

 न्यूज विराट

विराटनगर । पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।

विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० गोलले हराउँदै विराटनगरमा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा आरटिएफसी क्वाटरफाइनलमा पुगेको हो ।

जितसँगै आरटिएफसीले पहिलो क्वाटर फाइनल खेल १७ चैतमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट भएकोे रात्रीकालिन गोल्डकपको उद्घाटन खेलमा जितको लागि आरटिएफसीका किन्ले ग्यालसेन, किन्जाङ तेन्जिङ र सिद्धर्थ गुरूङले समान १–१ गोल गरे ।
पहिलो हाफको ३६ औ मिनेटमा केल्जाङ जिग्मेंले गरेको कर्नर प्रहार किन्ले डिबक्स भित्र टच गर्दामा गोलमा परिणत भयो । आरटिएफसीले अग्रता लिएको चार मिनेट बित्न नपाउँदै पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै किन्लेले ४० औं मिनेटमा मध्यभागबाट निकालिदिएको पास किन्जाङले आकर्षक गोल गरी अग्रता दोब्बर बनाए । ६३ औं मिनेटमा सिद्धार्थ गुरुङले मैदानको मध्यभागबाट पुलिसका खेलाडीलाई छक्याउँदै डिबक्स भित्रबाट गरेको प्रहार गोलमा परिणत गर्दै टिमको जित सुनिश्चित गरे ।
पहिलो हाफमा दुई गोल खाएपछि दवाबमा परेको पुलिसले दोस्रो हाफदेखि आक्रमक खेल पस्कियो । पुलिसका खेलाडीले थुप्रै गोल गर्ने सुन्दर अवसर चुकाउँदा तीन पटकको विराट गोल्डकपको च्याम्पियन टिम पहिलो खेलबाट बाहिरन बाध्य भयो ।
खेलको ७ आँै मिनटेमा पुलिसका सन्जिव लामाको फ्रि किक प्रहार बाहिरयो । १७ औँ मिनेटमा उज्जल राईको डिबक्स भित्रबाट सेकेण्ड बार च्यापेर गरेको प्रहार बारमा लागेर फर्कियो । ३१ आंै मिनेटमा पुलिसका प्रविण थापाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बाहिरियो । ३७ औं मिनेटमा पुलिसको सिसिर चौधरीले गरेको हेडिङ प्रहार फ्रेममा पर्न सकेन ।
४० औ मिनेटमा भुटनाका किन्ले गेतसनको प्रहार पोस्ट माथिबाट गयो । ७० औं मिनेटमा पुलिसको अनुराग लामिछानेको कडा प्रहार बारमाथिबाट जाँदा पुलिसले सान्तवना गोल समेत फर्काउन सकेन् ।

पुलिसका प्रशिक्षक चेतन घिमिरेले नयाँ खेलाडीहरु भएकोले नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए । ‘केटाहरुले राम्रै प्रर्दशन गरेका थिए । तर, पनि नतिजा आफ्नो पक्षमा आउन सकेन् । त्यसमा माथि दुःखी छैनौं ।’ ए डिभिजन लिगको लागि नयाँ खेलाडीहरु तयारी रहेको उनले बताए । त्यसपछि सिमरा गोल्डकप र कपिलबस्तुको गोल्डपको तयारीमा लाग्ने उनले बताए ।

यता जितपछि भुटानका प्रशिक्षक उगेन दोर्जेलेले खेलाडीले राम्रो प्रर्दशन गरेको कारणले जित हासिल गरेको बताए । ‘पहिलो हाफमा दुई गोल गरेपछि दबाव कायम गर्न सफल भयौ,’ उनले भने, ‘दोस्रो हाफमा पनि खेलाडीहरुले राम्रो प्रर्दशन गरेपछि नतिजा आफ्नो पक्षमा आएको छ ।’

खेलको प्लेयर अफ द म्याच भुटानका किन्जाङ तेन्जिङ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए । शुक्रबारको खेल त्रिभूवन आर्मी फुटबल क्लब र न्यूरोड टिम एनआरटी काठमाण्डौंबीच हुनेछ ।

चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ ।
गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार पाउनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

सम्बन्धित समाचार

चाडपर्व लक्षित प्रहरीको सुरक्षा, सीमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी चेकिङ कडा

बिराटनगर । बिराटनगर रानी स्थित सिमा नाकामा तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीद्वारा कडाईका साथ चेकजाँच सुरु गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान २०८०“ अन्तरगत नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी...

भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काई वाक’ बन्दै

भेडेटारमा सिसाको 'स्काई वाक' बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको सो परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ  ।  वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो ...

तमु लोसारको पुर्वसन्ध्यामा विराटनगरमा दीप प्रज्वलन

विराटनगर । तमु लोसारको पुर्वसन्ध्यामा तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद महानगर इकाइले दीप प्रज्वलन गरेको छ । विराटनगरस्थित जनआन्दोलन चोकमा आइतबार साझमा दिप प्रज्जवलन गरेको हो ।गुरूङ सामुदायले मनाउने तमु लोसारको अवसरमा सोमबार...

जिवन विकास गोल्ड कप हुँदै, उद्घाटन खेलमा पशुपति र हातिबन्धा युवा क्लब भिड्ने 

विराटनगर । मोरङको जहदा गाउँपालिका – ३ मा जीवन विकास गोल्ड कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । लक्ष्मी युवा स्पोर्टीङ्ग क्लबको आयोजनामा असोज ८ देखि १५ गतेसम्म गोल्ड कप  हुने भएको हो । ...

रोटरी क्लबले मनायो बालबालिकासँग अन्तराष्ट्रिय अपाङ्गता दिवस

विराटनगर, १७ मंसिर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । क्लबले अपाङ्गता भएका बालबालिकाहरुसँग ३१ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको हो । पिटर प्यान प्ले पेन स्कूलको सहयोगमा क्लबले सीपी...

कोवास कलेजद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई

विराटनगर । विराटनगर–१० मा रहेको कोवास कलेजले कक्षा १२ का विद्यार्थीलाई विदाई गरेको छ । कलेजले आज सएिको परिक्षामा सामेल भएका कक्षा १२ का विज्ञान तथा व्यवस्थापन संकायका करिव ४५० विद्यार्थीलाई मायाको चिनो दिएर विदाई...

रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गरायो

विराटनगर । रोरटी क्लब अफ विराटनगर डाउनटाउनले छठ पूजापछि फोहर भएको नहर सफा गराएको छ । विराटनगर वडा नं ५ र ६ स्थित केसलिया क्षेत्रमा रहेको कोशी नहर पहल गरेर सरसफाई गराएको हो । नहर...

नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान 

बिराटनगर जेसीजले नयाँ बर्ष २०८० को सुखद अवसरमा शुभकामना आदानप्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।  बिराटनगर जेसीजको सभाहल मा सम्पन्न कार्यक्रम प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलको प्रमुख आतिथ्य तथा अध्यक्ष अभिनास थापाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्