दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारदेखि, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै
बिहिबार, १५ चैत, २०८०,
न्यूज विराट
विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरू हुने भएको छ । विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । प्रतियोगितामा कोशी प्रदेश भित्रका १४ वटा भेट्रान्स फुटबल क्लबहरुको सहभागि रहेको मिल्स भेट्रान्सफ क्बलका अध्यक्ष इन्द्रराजा थापा (राजु) ले जानकारी दिए । प्रतियोगिताको बिजेता टिमले नगद ६१ हजार र उपबिजेताले नगद ३१ हजार रुपैयाँको साथै ट्रफि पाउने क्लबका सचिव सुमित डंगोलले बताए ।
प्रतियोगिताको प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १ हजार १ सय रुपैयाँ पाउँनेछन् । फाइनलमा बेस्ट स्कोर र म्यान अफ श्रीरिज हुने खेलाडीलाई जनही ३ हजार १ सय रुपैयाँ पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्दा करिब पाँच लाख खर्च हुने अनुमान आयोजकको छ । आयोजकले खेल तालिका पनि सार्वजानिक गरेको छ । समूह ‘क’ मा ग्रामथान, उर्लाबारी, जनता, मिल्स भेट्रान्स ‘ए’ र गछिया भेट्रान्स फुटबल क्बल रहेको छ । समूह ‘ख’ मा हाम्रो इटहरी, साविक बिजेत दमक लखनपुर भेट्रान्स क्लब, मिल्स भेट्रान्स ‘बी’, मर्निङ र हाम्रो धरान भेट्रान्स फुटबल क्लब रहेको छ । प्रथम संस्करणको मिल्स भेट्रान्सको झापा दमकको लखनपुर भेट्रान्स फुटबल क्बलले उपाधि जित्दा विराटनगरको हाटखोला भेट्रान्स क्लब उपबिजेता भएको थियो । प्रतियोगितामा दुई जना खेलाडी अनिवर्या ५० वर्ष पुरा भएको हुनेपर्ने र अन्य ९ जना खेलाडीहरु ४० वर्ष पुगेको हुनुपर्ने नियम आयोजकको रहेको छ । मिल्स भेट्रान्स फुटबल क्बलले नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले स्कुल अध्ययरत बालवालिकाहरुलाई प्रशिक्षण दिदै आएको छ । ‘यो प्रतियोगिताबाट मुनाफा भएको रकम नयाँ खेलाडी उत्पादन र खेलकुद क्षेत्रको विकासमा खर्चिनेछौं,’ अध्यक्ष थापाले भने । मिल्स भेट्रान्स प्रत्येक वर्ष नियमित तालिका अनुसार हुँदै आएको प्रतियोगिता हो ।
काठमाडौं, ६ भदौ-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार पूर्वप्रधानमन्त्री नेपालका सबै परिवार उनको सुरक्षामा...
जनकपुर, ७ बैशाख-जनकपुरधामको महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि महिला बस्ने एरियालाई बिहानैदेखि सेनिटाइज गर्ने कार्य सुरु गरिएको छ । जनकपुरधाम ७ का वडाध्यक्ष...
राष्ट्रिय परीक्षा बाेर्डले परीक्षार्थीलाई सहज हुने गरी केन्द्रहरू थपेर एसईईसहित कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्ने विकल्पमाथि छलफल गरिरहेकाे छ । यही बीचमा परीक्षा नियन्त्रण कार्यालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूसँग केही विवरण...
विराटनगर । विराटनगर ४ बरगाछीमा गौरव अटोसेन्टरले भेस्पा र अप्रिलिया स्कुटरको विक्री वितरण सुरु भएको छ । विराटनगरमा शुक्रबार एक कार्यक्रमको बीच भेस्पा र अप्रिलियाको आधिकारिक बिक्रेता गौरव अटोसेन्टरले विक्री वितरण सुरु गरेको हो ।भेस्पा...
विराटनगर, १० फागुन । सुनसरी र मोरङका दुई छुट्टाछुट्टै स्थानबाट चोरीमा संग्लग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बराहक्षेत्र-८ सुनसरीका २७ बर्षीय अटल राई, शिवसताक्षी नगरपालिका- ९ का २१ बर्षीय रोहित भण्डारी...
काठमाडौं, २७ कात्तिक-गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको...
काठमाडौं, ९ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन् । ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । बन्दाबन्दीपछि यो हालसम्मकै बढी उडान हो...
नेकपा एमालेका नेता रामबहादुर थापा बादल गृहमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बादललाई गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएसँगै बादल गृहमन्त्रीबाट पनि स्वत: पदमुक्त भएका थिए...