अपराध न्यूनिकरणको लागि कटहरीमा स्थानीय तह प्रहरी कार्यक्रम सुरू हुँदै, यसरी भयो त्रीपक्षीय समझदारी
मङ्गलबार, १३ चैत, २०८०,
न्यूज विराट
विराटनगर । अपराध रोकथाम र न्युनिकरण गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिका भित्रको विद्यालयहरूमा ‘स्थानीय तह प्रहरी विद्यालय सम्पर्क कार्यक्रम’ सुरू हुने भएको छ ।
आगमी नयाँ शैक्षिक शत्रदेखि कटहरी गाउँपालिका भित्रको सामुदायिक र निजी विद्यालयहरुमा उक्त कार्यक्रम सुरू गर्ने उद्देश्यले कटहरी गाउँपालिका, जिल्ला प्रहरी कार्यालय मोरङ र विद्यालयहरूबीच मंगलबार त्रीपक्षीय समझदारी भएको हो ।
समझदारी पत्रमा हस्ताक्षर कटहरी गाउँपालिकाको तर्फबाट अध्यक्ष देवराज चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङको तर्फबाट मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की र विद्यालयका प्रधानध्यापकहरुले गरेका छन् ।
कार्यक्रममा बोल्दै मोरङ प्रहरी प्रमुख एसपी कार्कीले स्थानीय तहको विद्यालयमा प्रहरी कार्यक्रमलले समाजमा हुने अपराधिक गतिविधी रोकथाम र नियन्त्रणको लागि यो अभियान मोरङमा सुरु गर्ने तयारी गरिएको बताए । यस्तो अभियानले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सामाजिक सुरक्षाका विविध पाटाहरूका बारेमा स–सूचित गराउनु मध्धत पुग्ने उनले बताए । ‘स्थानीय सरकार–प्रहरी– विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङबाट तयार पारिएको शान्ति सुरक्षाका विविध विषयहरू समेटिएको यो जनचेतनामुलक प्रशिक्षण सामग्री कटहरी गाँउपालिकासँगको साझेदारीमा उपलब्ध गराइनेछ । प्रधानाध्यापकको हैसियतले सामाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरू जिल्ला प्रहरी कार्यालयबाट उपलब्ध यस किताब वा अन्य स्रोतहरूबाट समेत खोजी गरी विद्यालयका शिक्षकहरू र अध्ययनरत छात्रछात्राहरूलाई सु–सूचित गर्दै प्रशिक्षण गराउने र त्यसका लागि आवश्यक सहयोग हुन जरुरी छ,’ एसपी कार्कीले भने । प्रहरी–समुदाय–स्थानीय तह–विद्यालय र सामाजिक संस्थाहरूबिच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्ने उनले बताए । कार्यक्रममा बोल्दै कटहरी गाउँपालिका अध्यक्ष चौधरीले अपराध रहित, सुरक्षित, सभ्य र सु–संस्कृत समाज निर्माणका लागि प्रहरी समुदाय स्थानीय तह विद्यालय कार्यक्रमलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए । ‘समाजका संवेदनशील वर्गका रूपमा रहेका बालबालिकाहरूमा समयमा नै सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र भविष्यका कर्णधार बालबालिकाहरूलाई राष्ट्र र समाज प्रति जिम्मेवार नागरिकको रूपमा विकास गरेर अगाडी बढनु पर्दछ । त्यसको लागि सामुदायसँग प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाएर आर्दश समाज निमार्णमा जोड दिनुपर्दछ,’ अध्यक्ष चौधरीले भने । स्थानीय तहमा सुरक्षाको प्रभावकारी समन्वयका लागि प्रहरी कार्यलाई विद्यालय स्तरमा विस्तार गरेर अगाडी बढनुपर्ने उनले बताए । कार्यक्रममा कटहरी गाउँपालिका भित्रको १९ वटा सामुदायिक विद्यालयका प्रअ र निजी विद्यालयका शिक्षकहरुको सहभागि रहेको थियो ।
विराटनगर,३ साउन । निषेधाज्ञा समाप्त भएपनि दैनिक रोजगारी उपलव्ध नभएका ज्यालादारी मजदूर, सुत्केरी, बालबालिका, अपाङ, वृद्ध एवं सुकुम्वासी परिवारका सदस्यहरुलाई भोको पेट वस्नु नपरोस भन्नका लागि यहाँका सामाजिक संस्थाले २२ हजार ५०० जनालाई पौष्टिक खाना...
विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औं स्थापना दिवसको अवसर पारेर आयोजना गर्ने सप्ताहव्यापी कार्यक्रम सुरू भएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङले विविद्य कार्यक्रम आयोजना गरी एक हप्ताभरी मनाउने कार्यक्रमको सुरूवात बुधबारबाट...
विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...
एजेन्सी, जेठ १७–स्पेसएक्सको अन्तरिक्ष यान द क्रु ड्रयागन नासाका दुई अन्तरिक्षयात्रीसहित प्रक्षेपण गरिएको छ । यो मिसन अमेरिककाको फ्लोरिडास्थित केनेडी एयर स्पेसबाट प्रक्षेपण गरिएको हो । अमेरिकाले ९ वर्षपछि अन्तरिक्ष मिसन पठाएको हो । निजी...
काठमाडाैं, १५ साउन-कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी विभागमा भइरहेका मनोनयनलगायत असहमतिका ५ वटा विषयलाई सभापति शेरबहादुर देउवाले बेवास्ता गरेको भन्दै पत्रकार सम्मेलनमार्फत् धारणा सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे सानेपास्थित पार्टी...
रौतहट, ५ वैशाख । राैतहटमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल आपसमा जुध्दा एक युवकको मृत्यु भएको हाे । बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र...
काठमाडौ, ९ जेठ । नेपालमा कोरोना संक्रमणको संख्या दैनिक रुपमा वृद्धि भएसँगै नेपाललाई बेलायतले २० लाख २० लाख डो’ज अस्ट्राजेनेका खोप पठाउने भएको छ । यसअघि नेपाल लगायत दक्षिण एसियका राष्ट्रलाई तत्काल सहयोगको खाँचो रहेको...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो । संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको...