मापदण्ड विपरीत काम गर्नेलाई कारवाही गर्दा कटहरीका अध्यक्ष विरुद्ध खनिए काँग्रेस
आइतबार, ११ चैत, २०८०,
न्यूज विराट
विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले गाउँपालिका भित्र मापदण्ड विपरीत काम गर्ने ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउँदा काँग्रेसका स्थानी पार्टीका कार्यकर्ता असन्तुष्ट भएर उनी विरुद्ध खनिएका छन् ।
कटहरी गाउँपालिका – ६ लोहन्द्रा खोलामा दुई वटा सिंगो बस्तीलाई असर पुग्ने गरी मापदण्ड विपरीत उत्खनन गरेको प्राविधिकसहित अनुगमन गर्दा १० फिट गहिरो खाडल खनेको पाइएपछि कारवाही गरेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकले फागुन ३० गते मापदण्ड विपरीत उत्खनन गर्ने विराटनगर – ६ स्थित श्री आर. सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई एक लाख रुपैयाँ जरिवना गरेको थियो । उक्त खोलामा ठेक्का लिने नेपाली काँग्रेस कटहरी गाउँपालिका २ का वडा सभापति संन्जय मण्डल रेहका थिए । पालिकाले बरामद गरेको ट्याक्टर नेपाली काँग्रेस प्रदेश प्रतिनिधी गणेश मुखियाको थियो ।
उक्त कम्पनीलाई जरिवना र अवैध उत्खनन गरेर खाडल खनेको खाडल पुर्नुपर्ने निर्णाय गरेपछि कटहरी गाउँपालिका केही काँग्रेसका नेता तथा कार्याकताहरु गाउँपालिका अध्यक्ष चौधरी विरुद्ध खनिएका हुन् ।
आईतवार पत्रकार सम्मेलन गरी चौधरीले आफ्नो पार्टी नेपाली काग्रेसका नेताहरुले लगाएको आरोपको खण्डन गरेका छन् । उनले नेताहरुले लगाएको सवै आरोप झुटा भएको दावी गर्दे आफ्नो होईन आरोप लगाउनेको नै कमजोरी भएको बताउदै पार्टीले तत्काल कारवाही गर्नु पर्ने बताएका छन् । केहि दिन अघि नेपाली काग्रेसका मोरङका काव सभापति भक्ति माझी, क्षेत्रिय सभापति बिनोद बस्नेत जिल्ला सदस्य गोपाल साह लगायतकाले नेपाली काग्रेसको उम्मेदवार भई कटहरी गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि चौधरीले पार्टीका नेताहरुलाई बेवास्ता गरेको र उनीहरुको कामलाई असहयोग गरेको भन्दै पार्टीलाई कारवाहीको माग गरेको थियो । उनले आफुमाथी लगाएको आरोपमा कुनै सत्यता नरहेको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४को दफा ८४को उपदफा २(छ) बमोजिम आफ्नो कार्यक्षेत्रको भित्र रही प्रशासनिक काम गर्दे आएको बताए । पछिल्लो पटक विकासको कामलाई कार्यपालितका वैठकवाट सर्वसम्मत गराई तिव्रता दिएका बेला काग्रेस पार्टीका स्थानीय तथा जिल्ला स्तरका नेताहरुले गर्ने गरेको राजनीति हस्क्षेप अस्वीकार गरे पछि अध्यक्ष चौधरीको कारवाहीको माग गरेको बताइएको छ । कटहरीका स्थानीय नेपाली काँग्रेस कटहरी २ का सभापति युवा नेता सन्जय मण्डलले दैनिक अवैध उत्खननले कटहरीको चतारी घाट र सतार बस्तीका दुई सय सय बढी घरिपरिवार उच्च जोखिममा परेको भन्दै अध्यक्ष चौधरीको नेतृत्वमा प्राविधिकसहित स्थलगत निरीक्षणको क्रममा ठेकेदार कम्पनीले कारवाहीको लागि उत्खन्नमा प्रयोग गरिएका उपकरणहरू ट्याक्टर र टिपरमा नियन्त्रणमा दिए पछि काग्रेसका नेताहरुले अध्यक्ष चौधरीलाई कारवाहीको माग गरेको थियो । चौधरीले कर्मचारी भर्नामा लगाएकोृ मिथ्या आरोपको सम्बन्धमा योग्यता प्रणालीमा आधारित खुला र समावेशी सिद्धान्तको अवलम्बन गरी प्रतिस्पर्धात्मक विधिवाट कर्मचारी धनौट हुदा प्रतिर्धात्मक परिक्षामा रहेका उम्मेदवार मध्ये अब्बल उम्मेदवारलाई धनौट तथा नियुक्ति गरिएको स्पष्ट पारे । उनले शिक्षक हटाएको सम्बन्धमा हटाएको शिक्षकहरुको हाल सम्म कुनै गुनासो नआएको दावी गरे । उनले नेपाली काग्रेसका कटहरी गाउँपालिका उपसभापति गोकुल भट्टटराई संग भ्रमणलाई लिएर आर्थिक सहयोग माग गरेको आरोप व्यक्तिगत चरित्र हया गर्ने प्रयास भएको बताउदै उनले भने ‘मैले उनको भाईको जागिर खाई दिने कुनै अभिव्यक्ति दिएको छैन् ।’
विराटनगर ३ साउन–प्रदेश १ मा आज १४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ९, ते¥हथुममा २, झापा, इलाम र उदयपुरमा १÷१ जना पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको...
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई नियुक्त गरेको हो । उनलाई आज नियुक्तिपत्र दिने तयारी रहेको बुझिएको छ । यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक...
देशका धेरै ठाउँको मौसम अहिले सफा भए पनि आइतबारदेखि बद्ली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आइतबारदेखि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको जानकारी गराएको हो । भारतको आन्ध्र प्रदेश तथा...
काठमाडौं, माघ २१–शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आजबाट दशौं चरणको अन्तिम खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो ३ बजे हुने खेलमा एनआरटी र फ्रेण्ड्सबीच प्रतिस्पर्धा हुनेछ । ९ खेलबाट १५ अंक जोडेको एनआरटी अंक तालिकामा...
विराटनगर । प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा उम्मेदवारको नाम दलहरूले सूचीकृत गर्दा अनिवार्य अपाङ्गता भएका व्यक्तिहरू पनि संसद्मा प्रतिनिधित्व हुने सुनिश्चित गरिदिनुपर्ने माग राखेका छन् । नेत्रहीन युवा सङ्घ नेपाल...
विराटनगर, असार ३०–प्रदेश १ मा बनाइएका अधिकाँश कानुन दराजमै थन्किएको सांसदहरूले गुनासो गरेका छन् । आजको प्रदेशसभा बैठकमा सांसदहरूले प्रदेशसभाले बनाएका अधिकांश कानुनहरू दराजमा थन्किएको गुनासो गरेका हुन । सांसद केदार कार्कीले लोकसेवा सम्बन्धमा कानुन...
काठमाडौं, ४ माघ-प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले चार पूर्वप्रधानन्यायाधीशले निकालेको विज्ञप्तिबारे आफू जानकार नभएको बताएका छन् । इजलासमा अधिवक्ता सुनिल पोखरेलले पूर्वप्रधानन्यायाधीशका विज्ञप्तिको प्रसंग उठाएपछि राणाले विज्ञप्ति आफ्नो दिल र दिमागमा नरहेको बताएका हुन् । ‘कसले...
हेटाैँडा, १७ वैशाख-कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवर्द्धक जडीबुटीको...