वैदेशिक रोजगारमा गएका मोरङका १५ जनाको विदेशमा मृत्यु

 न्यूज विराट
वैदेशिक रोजगारमा गएका मोरङका १५ जनाको विदेशमा मृत्यु

विराटनगर । चालु आर्थिक वर्षको सात महिनामा मोरङबाट १३ हजार भन्दा बढी वैदेशिक रोजगारमा गएका मध्ये १५ जनाको मृत्यु भएको पाइएको छ । मृत्यु भएको मध्ये ११ जना पुरुष र ४ जना महिला रहेका छन् ।

सुरक्षित आप्रवासन (सामी) ले बुधबार विराटनगरमा आयोजना गरेको पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा दिएको जानकारी अनुसार वैदेशिक रोजगारमा जाने क्रममा मृत्यु हुने सबैभन्दा बढी उर्लाबारीको रहेको छ । मोरङमा १५ जनाको मृत्यु भएको मध्ये ८ जना उर्लाबारीको रहेको कार्यक्रम अधिकृत डि.एन. चौधरीले जानकारी दिए । मोरङमा १ हजार ४ सय ७७ घर धुरिबाट १३ हजार ८ सय १३ जना महिला र पुरुष वैदेशिक रोजगारीमा गएको चौधरीले बताए ।

श्रीमान–श्रीमती वैदेशिक रोजगारमा गएपछि दोस्रो विवाह गर्ने क्रम पनि बढेको पाइएको छ । मोरङमा ८ हजार ४ सय ३६ जना पुरुष वैदेशिक रोजगारमा जाँदा ३२ जना महिलाले दोस्रो विवाह गरेका छन् । यसैगरी १ हजार ५ सय ४४ महिला वैदेशिक रोजगारमा जाँदा १७८ जना पुरुषले दोस्रो विवाह गरेको पाइएको हो ।

सुरक्षित आप्रवासन (सामी) का कार्यक्रमका अध्यक्ष केशर बस्नेतले रोजगारीको अभावमा घर जग्गा बिक्री गरेर मोरङबाट विदेश जानेको संख्या बढि रहेकोले राज्यको ध्यान जान जरुरी रहेको बताए । मोरङबाट विदेश गएकाहरूले बिचमा नेपाल फर्केर घर जग्गा बिक्री गर्दै पुनः विदेशमै गएर घर जग्गा खरीद गरेर बसोवास गर्ने क्रम बढि रहेको बताए । कार्यक्रममा विराटनगर महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक पौडलले देशमै रोजगारी उपलब्ध गराउने गरी विराटनगर महानगरपालिकाले सिम मूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
सुरक्षित आप्रवासन (सामी) ले मोरङको विराटनगर महानगरपालिका उर्लाबारी नगरपालिका, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिका गरी ४ स्थानीय तहमा वैदेशिक रोजगारमा गएका घरधुरीदेखि परिवारको संख्याको बारेमा जानकारी संकलन गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

भारतका पूर्वराष्ट्रपति मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक

एजेन्सी, २७-कोरोना संक्रमणपछि उपचारका लागि अस्पताल भर्ना भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको दिल्लीस्थित एक सैन्य अस्पतालमा उपचार भइरहेको छ । समाचार...

प्रचण्डसँग भेटेपछि माधवले निवासतिर बोलाए आफ्ना कार्यदल सदस्य

काठमाडौं, असार २६ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलमा रहेका आफ्ना पाँच नेतालाई निवासमा बोलाउनु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले निवासमै आएर अध्यष केपी ओलीसँग नमिल्न भन्दै धम्की दिएपछि नेता...

व्यवसायीले भने : यथास्थितमा सार्वजनिक यातायात चलाउँदैनौँ

काठमाडौं, २५ असार-व्यवसायीले यथास्थितिमा सार्वजनिक यातायात चलाउन नसकिने बताएका छन् । सरकारले सामाजिक दूरी कायम गरी एकै जिल्लामा सवारी साधन चल्न दिने निर्णय गरेलगत्तै व्यवसायीले यथास्थितिमा यातायात चलाउन नसकिने बताएका हुन् । यातायात व्यवसायीले साविक...

डडेल्धुराका युवकले जिते कोरोना

डडेल्धुरा, १९ जेठ-डडेल्धुराका कोरोना संक्रमित युवकले कोरोनालाई जितेका छन् । जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-१० का २८ वर्षीय युवकले कोरोना जितेका हुन् । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ पटक रिपोर्ट नेगेटिभ...

विराटनगरमा तीन वटा आकाशे पुल बन्ने, मेयर पराजुलीले गरे शिलान्यास

विराटनगर, २ चैत । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको वढ्दो चापलाई ध्यानमा राखि नागरिकलाई सडक आरपार गर्न सहजताका लागि आज विराटनगरमा तीन वटा आकाशे पुलको संयुक्त रुपमा शिलन्यास गरिएको छ । महानगरका प्रमुख भीम पराजुलीले...

मलेसियन प्रहरीद्वारा आप्रवासी पक्राउको बचाउ

एजेन्सी, बैशाख २१-मलेसियन प्रहरीले आप्रवासी पक्राउको बचाउ गरेको छ । शुक्रबार मलेसिया प्रहरीले अवैध आप्रवासी कामदारलाई पक्राउ गरेको थियो । मलेसिया प्रहरीले आफ्नो बचाउ गर्दै कोरोना भाइरस नफैलियोस भने पक्राउ गरिएको दाबी गरेको छ ।...

कोरोमा माहामारीमा पनि सामाजिक काममा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउनटाउन

विराटनगर, २३ असोज–विश्वव्यपी माहामारिका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का बिच पनि रोटरी क्लब अफ विराटनगर डाउन टाउन सामाजिक कार्यमा अग्रसर बन्दै आएको छ । नियमित विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर...

वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट

काठमाडौं, २४ वैशाख-महालेखा नियन्त्रक गोपिनाथ मैनालीले वित्तीय उत्तरदायित्व नियमावली नहुँदा संवैधानिक संकट आउन सक्ने बताएका छन् । राजश्व बाँडफाँड, वित्त हस्तान्तरण लगायत सार्वजनिक वित्त व्यवस्थापनसँग सम्बन्धित विषयमा छलफल गर्न आयोजित अर्थसमितिको बैठकमा महालेखा नियन्त्रका मैनालीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्