‘महाजात्रा’ चलचित्रको टिम विराटनगरमा, झापामा प्रिमियर शो हुने
मङ्गलबार, २९ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । आउँदो चैत्र ९ गते देश तथा विदेशमा एकैसाथ प्रदर्शन हुने चलचित्र ‘महाजात्रा’ को प्रिमियर शो झापाको बिर्तामोडमा हुने भएको छ । महाजात्रा टीमले मङ्गलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै चलचित्रको प्रिमियर शो बारे जानकारी दिएका हुन् ।
चलचित्र रिलिज हुनुअघि पोखरामा पनि बिशेष प्रर्दशनीको व्यवस्था मिलाईएको महाजात्रा टीमले जनाएको छ । टीमका अनुसार ‘जात्रा’ र ‘जात्रैजात्रा’ को अपार सफलतापछि चलचित्रको अर्को सिक्वेल महाजात्रा निमार्ण गरिएको हो । चलचित्रमा देशको वर्तमान राजनीतिक परिवेश, आर्थिक मन्दी र बेरोजगारीको समस्या लगायतका बिषयवस्तुलाई समेटन खोजिएको छ । चलचित्रले देशको समसामयिक मुद्दालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्नेे प्रयास गरेको हाँस्य कलाकार हरिवंश आचार्यले बताए ।
रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्र प्रदिप भट्टराईको निर्देशनमा निमार्ण भएको हो । चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र झा, वर्षा राउत र राजाराम पौडेल लगायतका कलाकारहरुले मुख्य भुमिका छ । चलचित्रमा विगतका दुई सिक्वेलमा गरिएका स–साना कमी कमजोरीलाई समेत सच्याएर लैजाने प्रयास गरिएको कलाकार विपिन कार्कीले बताए । यही चैत्र ९ गतेदेखि देश तथा विदेशमा एकैैसाथ प्रर्दशन हुन लागिरहेको चलचित्र महाजात्रा यसअघि प्रर्दशन भईसकेका ‘जात्रैजात्रा’ र ‘जात्रा’ कै तेश्रो सिक्वेल हो । यस सिक्वेलको पहिलो चलचित्र ‘जात्रा’ ७ वर्षअघि २०७३ कात्र्तिक २६ गते प्रर्दशन भएको थियो । चलचित्रको दोश्रो सिक्वेल ‘जात्रैजात्रा’ भने २०७६ जेठ ३ गते देशैभरि प्रर्दशनमा आएको थियो ।
काठमाडौं, ३२ साउन–आइतबार काठमाडौं उपत्यकामा थप १७२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण...
भारतको स्वास्थ्य मन्त्रालयले कोभिड-१९ संक्रमणको हिसाबमा अबको १०० देखि १२४ दिन निकै कष्टकर हुने बताएको छ । शुक्रबार आयोजित प्रेस ब्रिफिङमा भारतीय नीति आयोगका सदस्य डा. वीके पौलले यस्तो बताएका हुन् । स्वास्थ्य मन्त्रालयद्वारा आयोजित...
विराटनगर, ३२ जेठ । काेशी प्रदेश सरकारले चालू आर्थिक वर्षमा ८५ प्रतिशत बजेट खर्च हुने अनुमान गरेकाे छ । आगामी आर्थिक वर्ष २०८०-०८१ काे लागि बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यस्ताे अनुमान गरेका हुन्...
काठमाडौं, ३२ जेठ-कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट...
विराटनगर, २९ असार–२ सय ७ औं भानु जयन्तीका अवसरमा प्रदेश १ सरकारले एक दर्जनबढी श्रष्टाहरुलाई सम्मान गरेको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषा...
विराटनगर, १५ वैशाख । कोरोना भाइरसको संक्रमणका कारण विराटनगरमा दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मोरङ र झापा घर भएका संक्रमित पुरुषको बुधबार विहान मृत्यु भएको हो । मोरङको...
जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...
विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारतको हाइपर फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । विराटनगरको जुट मिल खेलमैदानमा सोमबार भएको खेलमा पटनाले झापा क्रिकेट क्लबलाई ७ विकेटले...