खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

 न्यूज विराट
खानेपानी बितरणलाई सुलभ र सहज बनाउन जोड

विराटनगर । कोशी प्रदेशका खानेपानी सिचाइ तथा उर्जा मन्त्री नारयण बुर्जा मगरले स्वच्छ खानेपानी बितरणलाई सुलभ र सहज बनाएर अगाडी बढाउन प्रदेश सरकार लागि पर्ने बताएका छन् ।
मोरङको कटहरी गाउँपालिका – ३ मा रहेको कटहरी खानेपानी आयोजनाको शनिबार भएको तेस्रो वार्षिक साधरणसभाको उद्घाटन गर्दै मन्त्री मगरले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले खानेपानी आयोजना विस्तारको लागि प्रदेश सरकार लागि पर्ने बताए । ‘अहिले मोरङ, सुनसरी र झापामा थुप्रै खानेपानी आयोजनाहरू अधुरो रहेको पाइएको छ,’ उनले भने, ‘यी स्थानमा मैले प्रत्यक्ष रुपमा अनुगमन र पनि गरेको छ । अधुरो रहेको आयोजनाहरु निमार्ण सकेर उपभोक्तालाई स्वच्छ सफल खानेपानी पु¥याउन आयोजना गर्ने इकाइ कार्यालयहरूलाई मैले निर्देशन दिएको छु ।’ सरकारको एक घर एक धरा नीतिलाई आत्मसाथ गर्दै खानेपानी आयोजनाहरु अगाडी बढनुपर्ने उनले बताए ।


कार्यक्रममा कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी खानेपानी आयोजनाले उपभोक्ताको अपनोत्व हुने गरी खानेपानी वितरण गर्दै अगाडी बढेको बताए । आगमी दिनमा थप सेवा विस्तार गरेर अगाडी बढनुपर्ने उनले बताए । कटहरी खानेपानी आयोजनाका अध्यक्ष विद्यानन्द चौधरीले आयोजनामा हालसम्म १ हजार ३ सय ६० घरधुरीलाई पानी वितरण गर्दै आएको जानकारी दिए । अझै पनि धारा मागको संख्या अत्याधिक आइरहेको उनले बताए । कटहरीका उपभोक्तालाई सुलभ र सहज तरिकाले खानेपानी वितरण गरेको उनले बताए । २०५७ सालमा स्थापना भएको आयोजनामा कटहरी गाउँपालिका भरी पानी वितरण गरेको छ । यस संस्थाले पानी वितरण अहिले दैनिक १६ घण्टा हुँदै आएको छ । आयोजनामा ओभरहेड ट्याङकी तथा पाइपलाइन, बोरिङ कार्यको डिपीआर भइरहेको बताइएको छ ।
सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रममा टुम्नी देवी चौधरी, शान्तीदेवी राजवंशीलगायतलाई सम्मान गरियो । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर मन्त्री बुर्जामगरले सम्मान गरे ।

सम्बन्धित समाचार

प्रहरी निरीक्षकद्धय बबिन्द्र नेम्बाङ र अर्जुन अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

विराटनगर, ७ भदौ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा कार्यरत प्रहरी निरीक्षक अर्जुन कुमार अधिकारी श्रावण महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रहरी...

देउवाबिरुद्ध मैदानमै उत्रियो शेरख पक्ष

काठमाडौं, भदौं १ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीबिरुद्ध पार्टीकै नेता–कार्यकर्ताले खबरदारी सभा गरेका छन । सभापति देउवा एकलौटी रूपमा अघि बढेको र केन्द्रीय समितिले गरेका निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै विरोधमा कार्यकर्ताले आज काठमाडौंमा...

विराटनगरमा संक्रमितको संख्या ४४७ पुग्यो, ६ जनाकोे मृत्यु

विराटनगर, ३० साउन–प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये २० पुरुष र १३ महिला रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार थपिएका...

विराटनगर अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार

विराटनगर, २४ कात्तिक । विराटनगर हरिहर चोकमा बुधबार विहान एक जनामाथि खुकुरी प्रहार भएको छ । विराटनगर–८ अशोक चोकका अफाक आलममाथि खुकुरी प्रहार भएको हो । आज विहान साढे ८ बजेतिर काममा जाँदै गर्दा ८...

एसईईको नतिजा अर्को साता

काठमाडौं, २२ साउन-माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरेपनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले...

ब्युटी पार्लर तालिम  सकियो, आत्मनिर्भरतर्फ अगाडी बढदै गृहिणी महिला 

विराटनगर । विराटनगर महानगरपालिका ४ मा एक महिने ब्यूटि पार्लर तालिम सम्पन्न भएको छ ।  सिक्वीन ब्युटी पार्लरको आयोजना र विराटनगर महानगरपालिका ४ नं. वडाको आर्थिक सहयोगमा ब्युटी पार्लर सोमबार सम्पन्न भएको हो ।  एक...

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ६५ पुग्यो

काठमाडौं, २२ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मन्त्रालयका...

गठबन्धनविरुद्ध जानेमाथि कडा कारबाही हुन्छ: गृहमन्त्री खाँण

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको निर्णयविपरीत जाने नेता-कार्यकर्तालाई कारबाही गरिने बताएका छन् । गृहजिल्ला रुपन्देहीस्थित आफ्नै निवासमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ''कांग्रेस गठबन्धनको निर्णय कार्यान्वयनप्रति प्रतिबद्ध...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्